सन् १९२३ देखि अन्तराष्ट्रिय सहकारी संगठनमार्फत हरेक वर्षको जुलाई महिनामा विश्वभर सहकारी दिवस मनाउने चलन छ । सन् १९९५ बाट संयूक्त राष्ट्रसँघले पनि यस दिवसलाई अगिंकार गरेको छ ।
नेपालमा पनि गएका दुई दशकहरुमा सहकारी या लघुवित्त अनि बिनाधितो कर्जा प्रवाह लगायत किस्तामा ऋण लिने, समुदायस्तरमा समुह गठन गर्ने अनि व्यवसाय गर्ने चलहरु बढ्दो छ । ससाना व्यवसाही देखि ठूला उधोगपतिसम्म वचत अनि लगानीको जोखिम न्यून पार्न निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूला रकम सापट लिने कुराहरुमा संलग्न छन् । सहकारी भन्नाले आर्थिक रुपमा सिमान्तकृत, थोरै आय भएका र अन्य वित्तिय सेवामा पहुँच नभएका व्यक्ति या सामुदायिक समुहलाई प्रदान गरिने वित्तिय सेवा या सहायतालाई बुझाँउदछ है । सहारीको उदेश्य वचत, सापट र जोखिम न्यूनिकरणकालागि बिमा हो ।
अन्य वित्तिय कारोवारका तुलनामा सहकारीको सापट तुलात्मक रुपमा महँगो हुन सक्दछ किनभने समुदायस्तरमा र विनाधितो सम्म पनि कर्जा प्रवाह गर्नुपर्ने हुन्छ । यसका बावजुद पनि सरल, सहज अनि समुदायस्तरमै सेवा प्रदान गरिने भएकाले धेरै साना किसान या साना व्यापारीहरुको सहयात्री सहकारी भएको छ ।
नेपालमा सहकारी या भनौ लघुवित्तको शरुवाती श्रेय भने पूर्वी नेपालको ग्रामीण बिकास बैंकलाई जादँछ, यस बैंकले सन् ९० को दशकको मध्यवाटै पूर्वी नेपालमा सहकारी सुविधा प्रदान गरेको हो । बंगदादेशमा यस सरंचनाको वित्तिय सेवाले समुदाय उत्थानमा व्यापक सहयोग गरेपछि नेपालमा शुरुवात गरिएको हो । दक्षिण एसियाली मुलुकहरु नेपाल, बंगलादेश, भारत र पाकिस्तानसम्ममा यस प्रकारका सहकारी सेवाहरु धेरै छन् । सहकारीको सहज कर्जामार्फत महिलाहरुले सापट पाउने हुँदा महिला उत्थान अनि सशक्तिकरणकालागि पनि सहकारी एउटा अदभुत अस्त्र सावित भएको छ ।
नेपालका शुरुवाती सहकारी सेवाका दिनमा धेरै वटा सहकारी सञ्चालकहरु सहकारी सेवाका रुपमा जनसाधरणलाई ठगि गर्दे हिँडेका अनि बचतको दुरुपयोग गरेको सम्म पाइएको हो । अहिले आएर कानुनतः सहकारीलाई बलियो र सहकारी खोल्न राख्नपर्ने धरौटी रकम को कडा पालनासँगै नेपाली सहकारीहरु सुदृढ र पारदर्शी बन्दै गएका छन् ।
महिला समुहहरु, स्थानीय क्लबहरु अनि अन्य सामुदायिक समुहहरु पनि सहकारीका रुपमा बिकास भएका, स्थानीय बिकासका आधार भएका अनि साना उधमीहरुको सहयात्री भएका उदहारण प्रशंसनिय छ है ।
नेपाल गाँउहरुको देश हो र शहरमा दौडने चिल्ला कारहरु भन्दा गाँउमा धुलो उडाउदै हिँड्ने गोरुगाडा, ट्याक्टर र साईकलहरुको लस्करले बिकासको प्रत्याभुती गर्दछन् । गाँउको विकास नै देशको विकास हो, स्थानीय निकायका नवनिर्वाचीत प्रतिनीधीहरुले पनि सहकारीको यो संरचनालाई स्थानीयस्तरमै प्रर्वधन गर्दै पारदर्शीता र सुशासन कायम गर्न मद्धत गरुन् । सहकारी दिवसको शुभकामना ।
सुयोग ढकाल
Liked by: