नरसिंह जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नरसिंह जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस




एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलार्इ दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु अाधा शरीर पुरूष तथा अाधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलार्इ दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलार्इ बोकेर अाफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो ।


नरसिंह जयन्ती | काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस बिशेष अडियो सामाग्री

भगवान नरसिंहलाई विष्णु भगवानको सबैभन्दा उग्र अवतार मानिन्छ । नृसिंह अथवा नरसिंह नर अर्थात् मान्छे अनि सिंहका एकात्मक रुप हो नरसिंह अवतार । मानव शरीरमा सिंहको टाउको भएका भयंकर आकार अनि सिंह झै क्रोध भएका मानिन्छ । भक्त प्रह्लादका कथाहरुमा नरसिंह अवतारको व्यापक वर्णन पाइन्छ । हामीले होलीमा होलीका दहनको खुशीयाली मनाँउदा जो होलीकाको कुरा गर्दछौं उनै होलीकाको दाईको छोरा नै भक्त प्रह्लाद हुन् ।

नरसिंह अवतार बारे पाैराणिक मान्यताः
राजा कश्यपका हिरण्याक्ष र हिरण्यकशिपु नाम गरेका दुर्इ छोराहरू थिए । राजा कश्यपको मृत्यु पश्चात् ठूलो छोरा हिरण्याक्ष हिरण्याक्ष राजा बन्यो, तर उनी अत्यन्त क्रूर राजा थिए । उनको पापको र क्रूरताको श्रृंखलाले सीमा नाघेपछि वाराह भगवानले उनको सर्वनाश गरी मारीदिनुभयो । जसको बदला लिन हिरण्याक्षका भार्इ हिरण्यकशिपुले अाराध्यदेव भगवान महादेवलार्इ प्रशन्न पारी वरदान लिनकालागि कठोर तपस्य गर्यो । कठोर तपस्याबाट प्रभावित भएर दर्शन दिनुभयो र वरदान के माग्छाै भनेर अाज्ञा भयो । हिरण्यकशिपुले भगवान महादेवसंग अमर हुने वरदान माग्यो जुन अाग्रहलार्इ भगवान महादेवले अस्वीकार गर्नुभयो । यो हेरेर हिरण्यकशिपुले एउटा जुक्ति लगायो र अर्को वरदान माग्यो, र भन्योः

न म भित्र मरूँ, न बाहिर ।
न भूमीमा, न अाकाशमा, न जलमा मरूँ ।।

न अस्त्रले मरूँ, न शस्त्रले ।
न मनुष्यको हाथले मरूँ, न पशुद्वारा मरूँ ।।

हिरण्यकशिपुको यो अाग्रहलार्इ भगवान महादेवले तथास्तुः भनेर अन्तरध्यान हुनुभयो । यो वरदान पाएर अब उ अाफूलार्इ अजर अमर ठान्न थाल्यो र उसले अाफूलार्इ नै भगवान घोषणा गरीदियो ।

त्यसपछि उसको अत्याचार, अन्याय र पापका श्रृंखला यति बढ्न थाल्यो की चारैतिर त्राहिमाम-त्राहिमाम मच्चिन थाल्यो । केहि समयपश्चात् हिरण्यकशिपुको दरबारमा एउटा बालकको जन्मभयो जसको नाम प्रह्लाद राखियो । प्रह्लाद बुझ्ने हुनथाले र विस्तारै उनको पिताले अाफूलार्इ भगवान ठानेको भ्रमलार्इ अस्विकार गर्नथाले । भगवान र भगवानप्रतिको उनको विश्वासमा कुम्हालेको अाभामा अागलागी पश्चात् पनि बाँचेको बिरालो ठूलो बन्न गयो, त्यस घटनाले प्रह्लादको मनमा भगवानप्रति थप निष्ठा बढाउन ठूलो भूमीका खेल्यो ।

राजा हिरण्यकशिपुले अाफ्नो छोरालार्इ अाफू नै भगवान हूँ, यो जगमा अरू कुनै भगवान छैन भन्ने कुरा सम्झाउन अनेक प्रयास गरे तर प्रह्लाद अाफ्ना पिताको यो कुरा स्विकार्न कदापी तयार भएनन । कुनै उपाय नलागेपछि राक्षसी स्वभावका राजा हिरण्यकशिपुले छोरा प्रह्लादको भगवानप्रतिको अास्था अनि भक्तिबाट क्रोधित भएर प्रह्लादलाई अनेक दुःख, यातना दिएर उनको ध्यान, भक्तिमा अनेक बाधा उत्पन्न गर्दै मार्नका लागि प्रयास गर्ने गर्दथे ।

एकदिन हिरण्यकशिपुले छोरा प्रह्लादलार्इ दरबारको एउटा खम्बामा बाँधिदिए र तलवारले प्रहार गरे, तत्पश्चात् खम्बा बिष्फोट हुँदै ठूलो गर्जनकासाथ भगवान विष्णु अाधा शरीर पुरूष तथा अाधा शरीर संहको धारण गरी नरसिंह अवतार लिएर प्रकट भए । हिरण्यकशिपुले भक्त प्रह्लादलार्इ दिएको यातनाले चरम यातनाबाट अत्यन्त क्रोधित बनेका भगवान नरसिंहले हिरण्यकशिपुलार्इ बोकेर अाफनो काखमा उत्तानो पारेर राख्नुभो र गोधूली साँझको बेला सिंहका तिखा तिखा नङ्ग्राले पेट चिरीदिनुभयो । यिनै विचित्र भगवानलार्इ हामी वैदिक सनातन धर्मका अनूयायीहरू शुभ मङ्गलका लागि यो दिन व्रत गर्ने परम्परा रहिअाएको छ । भगवान विष्णुले अाजैको दिन नरसिंहको अवतार लिनुभएको हुँदा अाजको दिनलार्इ नरसिंह जयन्तीको रूपमा मनाइँदै अाइएको छ ।

नरसिंहको पूजा, आराधना, यश, सुख, समृद्धि, पराक्रम, कीर्ति, सफलता र निर्बाध उन्नति दिने विश्वास गरिन्छ । नरसिंह मन्त्रले तंत्र मंत्र बाधा, भूत पिशाच भय, अकाल मृत्यु र असाध्य रोगबाट छुटकाराका साथै जीवनमा शान्ति मिल्ने विश्वास गरिन्छ । आफ्ना भक्तहरुलाई विपत परेको बखत आएर रक्षा गर्ने यिनै नरसिंहलाई नरहरि, उग्र विर महा विष्णु अनि हिरण्यकश्यपू अरि नामले पनि पुकारा गरिन्छ । 

भगवान नरसिंह को बीज मंत्र - श्रौं'/ क्ष्रौं (नरसिंह बीज)।
यस बीज मन्त्रमा क्ष्. नरसिंह, र् . ब्रह्म, औ . दिव्यतेजस्वी, एवं बिंदु . दुखहरण हो। यस बीज मंत्र को अर्थ हो ‘दिव्यतेजस्वी ब्रह्मस्वरूप श्री नृसिंह मेरो दुःख दूर गर्नुहोस्।'

बैशाख चर्तुदशीमा नरसिंह जयन्ती मनाउने चलन भएपनि अहिले आएर अप्रील महिनाको २८ तारिखमा नरसिंह जयन्ती तोकिएको छ । शक्ति अनि पराक्रमका देव नरसिंहले धर्म रक्षार्थ अनि सत्यको संरक्षणका पाठ दिएका हुन्छन्, सही कार्यका लागि आँट अनि पराक्रम यी देवता बाहेक अन्य कहिँपनि पर्याप्त पाउन सकिन्न । आजका दिन विशेष व्रत अनि आराधना स्त्री, पुरूष जो कोहीले गर्न सक्छन् । वैष्णव समूदायका लागि त आज झनै विशेष उत्सव हो । भगवान नरसिंह अनि छेउमा माता लक्ष्मीको प्रतिमा स्थापीत गरी वेदमन्त्रले प्राणप्रतिष्ठा गर्ने चलन छ । 

फूल, फल, केसर, नरिवल, अक्षता, पिताम्बर लगायतका कुराहरु नरसिंहका प्रिय बस्तु मानिन्छ। सत्यकर्ममा लाग्ने उर्जा, लक्ष्यप्राप्तीको साहस अनि कर्तव्य प्रतिको निष्ठा सबैलाई प्राप्त होस् । ॐ नृम नृम नृम नर सिंहाय नमः । 

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस मनाइन्छ, आउनुहोस् त्यस विषयतर्फ लागौं । मान्छेले आफ्नो अधिकांश समय कार्यवातावरणमा विताउने गर्दछ र वदलिँदो विश्वमा मान्छे आफ्नो काममै झनै व्यस्त अनि सहभागी हुँदै गएको छ । सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घन्टाको एक तिहाई समय हो । अति सामान्य अवस्थामा पनि कामकाजी मान्छेले आफ्नो दिनको एक तिहाई समय काममा व्यतित गर्दछ भने ओभरटाईम या अन्य डेडलाईनमा त झन यसभन्दा धेरै समय कार्यलय या काममा व्यतित हुनेगर्दछ । अझ वैदेशिक रोजगारमा जानेहरु त झनै वर्षौवर्ष विदेशमा बस्दछन्, उनीहरुले सर्वाधिक समयनै कार्यवातावरणमा विताउने गर्दछन् । 

यस्तो मान्छेले सबैभन्दा धेरै समय व्यतितगर्ने कार्य अथवा काममा सुरक्षा र स्वास्थ्यको अवस्था भने राम्रो र गुणस्तरिय हुन जरुरी छ । अहिलेपनि विश्वभरि हजारौं कामदारहरु हानीकारक वातावरणमा अनि जोखिमपूर्ण कार्य गर्न बाध्य छन् । विभिन्न हवाइजहाज कम्पनीले सुरक्षामा लापरवाह गर्दै पुराना र जीर्ण जहाजमा आफ्ना कर्मचारीहरुलाई दैनिक उडाइरहेका छन् भने अर्कोतर्फ जोखिमपूर्ण तवरमा बिभिन्न हानीकारक विकीरणहरुबिचमा कार्य गर्न स्वास्थकर्मीहरु बाध्य छन् । सामान्य कामदार देखि विशिष्ट सीप भएका पेशाकर्मीसम्म काममा असुरक्षा र स्वास्थ्यलाई हानीकारक तवरमा कार्य गर्न वाध्य छन् । नेपालमा पनि दैनिक धेरै वैदेशिक कामदारका शवहरु बाकसमा फर्किन्छ र अधिकांशको मृत्यू काममा असुरक्षा र अस्वास्थ्य वातावरण नै हो । 

धुलोमा मास्क लगाएर सिठी बजाइरहेका ट्राफीक देखि गाडीको ढोकामा झुण्डिएर जाँउ जाँउ भनिरहेका खलासीहरु सम्म जोखिममा कार्य गर्न बाध्य छन् । आजको दिनमा यस्ता धेरै मुद्धाहरुमा छलफल अनि पैरवी गरिन्छ । विभिन्न ट्रेड यूनियन अनि पेशागग अधिकार संघहरु आज सडकमा र्याली अनि सभाका साथ उपस्थित हुन्छन् र यस विषयमा जनजागरण फैलाँउछन् । विश्वभरिमा अन्तराष्ट्रिय श्रम संगठन आइएलओ यस दिन निकै सक्रिय रहन्छ र विभिन्न विश्वस्तरिय कार्यक्रम र सञ्चार साम्रगी सम्प्रेषण गर्दछ । १० मा ८ दशमलव ८ अकं ल्याउने गरि विश्वभरिका कामदारको कार्यवातावरणमा सुधारगर्ने सन् २०३० सम्मको सहश्राव्दी लक्ष्य रहेको छ । 

नेपालमा पनि स्वदेश अनि विदेशमा कार्यरत नेपालीहरुको कार्य सुरक्षा अनि स्वास्थ्य रक्षार्थ विभिन्न पहल अनि कदमहरु चाल्न शुरु गर्नु पर्ने देखिन्छ भने चालिएका कदमहरुको उचित पैरवी र कार्यान्वयनमा ध्यान दिइन जरुरी छ । मान्छेको ज्यानमा खेलवाड गरेर दिइएका सेवा या बनाइएका उत्पादनभन्दा समतामुलक कार्यवातारवरण र सुरक्षा र स्वास्थ्यको जोखिन न्यूनिकरण नै आजको आवश्यक्ता हो । यसपालाको काममा सुरक्षा र स्वास्थ्य दिवसको नारा पनि “OSH vulnerability of young workers”. अर्थात यूवा कामदारको पेशागत स्वास्थ्य र सुरक्षामा जोखिम जोड भन्ने रहेको छ।

विभिन्न सर्वैक्षणले बोलेअनुसार विश्वमा प्रतिदिन ६३०० श्रमिकको मृत्यू कार्यसम्बन्धीत जोखिमले हुने गर्दछ । यस हिसाबमा कार्यमा सुरक्षा र स्वास्थ्यको अवस्थाको कमीले वर्षभरिमा २३ लाख मान्छे मर्दछन्, जुन तथ्याकं भयानक हो । वर्षभरिमा ३ अरब १७ करोड कार्य सम्बन्धीत दुर्घटना हुने गर्दछन् र यस्ता कार्यमा स्वास्थ्य र सुरक्षाको सम्झौताका कारणले विश्वभरिकै कूल ग्राहस्थ उत्पादनमा ४ प्रतिशतले अवरोध गर्ने गर्दछ । विश्वभरिका देशहरुले कार्यवातारवरणमा थप मजबुत सुरक्षा र स्वास्थ्यका सयंन्त्रहरु अवलम्बन गर्न जरुरी छ । ढुक्क भएर काममा जाने, काम गर्ने अनि फर्कन सक्ने वातावरण होस्, कामदारको स्वास्थ्य र सुरक्षामा कुनै कमी नहोस् । जोखिमपूर्ण कार्यमा भएका कामदारहरुको अनि वैदेशिक कामदारहरुको अनिवार्य स्वास्थ्य अनि जीवन बिमा हुनैपर्दछ, कार्यमा पसिना र मेहनत बगोस् जीवन हैन् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.