विश्व पृथ्वी दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व पृथ्वी दिवस




विश्व पृथ्वी दिवस बिशेष अडियो सामाग्री

बिसं २०७५ साल बैशाख ९ गते

सनातन धर्म र प्राचीन विज्ञानले पञ्च तत्वको वरिपरि मानवीय चेतनाको ब्याख्या गर्दछ, पृथ्वी, जल, अग्नी, वायू अनि आकाश । यि ५ तत्वको कारण भएको मानिसको उपस्थितीलाई सर्वमान्य रुपमा आजको विज्ञान र प्राचीन खोजहरुले धार्मीक र सास्कृतीक रुपमा मानेको छ । 


पृथ्वी हाम्रो आधार हो, सनातन धर्मले आमाको रुपमा मानेको यस सर्वब्यापी धरातलको महत्वलाई विश्वभरिनै महत्वकासाथ हरेक वर्षको एप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाईन्छ । यस दिन आधुनिक वातावरणीय कार्यक्रम र चेतनाको सन् १९७० मा भएको शुरुवातका रुपमा मनाउन थालिएको हो । सन् २००९ मा राष्ट्रसंघको ६३औं महासभा बैठकले अप्रिल २२ को दिनलाई विश्व पृथ्वी दिवसका रुपमा मनाउने निर्णय गरेको थियो । सन् १९७० को अप्रिल २२ तारिखमा अमेरिका एक्लैले पहिलो पटक यो दिवस मनाएको थियो । अमेरिकी सिनेटर जेराल्ड नेल्सनको अगुवाईमा पर्यावरण शिक्षा कार्यक्रमका रुपमा यो दिवस मनाइएको थियो । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा सम्पन्न पृथ्वी सम्मलेनले पृथ्वी दिवसको आवश्यकतालाई अझ धेरै प्रेरणात्मक सहयोग पुर्याएको थियो । 

राष्ट्रसंघको निर्णयपछि हाल एकसय ९२ बढि देशमा यो दिवस भव्यताका साथ मनाइन्छ । अप्रिल २२ का दिन पृथ्वीको उत्तरी गोलार्द्ध वसन्त र दक्षिणी गोलार्द्ध शरदको मौसमयुक्त हुने गर्दछ , मौसमको यो ध्रुविय फरक अनि विभिदताको अवसरमा पृथ्वी दिवसको मिती तोकिएको छ । सन १९७० वाट शरुवात गरिएको यस दिवस सन २०२० मा ५०सौ वर्षम प्रवेश गर्दछ, त्यसवेलासम्म पृथ्वीको प्रदुषण कम गर्दै स्वच्छ अनि हराभरा पृथ्वीको महत्वाकांक्षी योजना पूरा गर्न विश्व समुदाय तल्लीन छ । 

विषयगत कुरो गर्ने हो भने मानिस आफ्नै पैतालामुनि भएको पृथ्वीको अवहेलना गर्दै विज्ञान अनि विकासको मातमा आकाश र अर्को ग्रहको सपनामा हराँउदा पृथ्वी अनि वातावरणमा पर्न गएको नराम्रा असरहरुको ईतिवृतान्तको ब्याख्या गरिन जरुरी छ । 
२०औं सताब्दीयता पृथ्वीको बढ्दो तापमान अर्को ठुलो चुनौति हो । बर्षेनी शुन्य दशमलव १८ डिग्री सेन्टिग्रेटका दरले पृथ्वीको तापक्रम बृद्धि भइरहको छ । जसका कारण पृथ्वीको उत्तरी ध्रुवमा अवस्थित वरफका चुचुराहरु पग्लिंदै गएकाछन् । सूर्यबाट आउने परावैजनी किरणलाई रोक्ने ओज़ोन तहको नास, डरलाग्दा आँधी तुफान र सुनामी जस्ता प्राकृतिक विपदका घटनामा बृद्धि भइरहेका छन् । यी सवै कुराका लागि अन्य कोहि नभएर स्वयं मानिस नै जिम्मेवार छन् ।

ठूला ठूला हवाईजहाज र परमाणु बमहरु श्रृजना र निर्माण गर्नसक्ने उच्चतम प्रयोगशालाहरुम समेत एक चिम्टी माटो निर्माण गर्न सक्ने हैसियत छैन्, माटो प्रकृती हो, हावा प्रकृतीको प्रवृती हो अनि पानी जीवन हो । यी सबै कुराहरुको रक्षा, सदुपयोग अनि उचित प्रयोगका वारेमा आज विश्व भरि कार्यशला गोष्ठीहरु र अन्य कार्यक्तम गरिँदै १९३ वढी देशहरुमा मनाईन्छ । 


पृथ्वी दिवसका अवसरमा नेपालमा विभिन्न जनचेतनामुलक कार्यक्रम गरिंदैछ । नेपालमा पर्यावरण एवं वातावरण संरक्षणका क्षेत्रमा कार्यरत सामाजिक संघसंस्थाहरुले पृथ्वी दिवसका अवसरमा विविध कार्यक्रम गर्दै आएकाछन् । यस्ता कार्यक्रममा सरकारी अधिकारीहरुले उपस्थिती जनाई ऐक्यवद्धता जनाउने गर्दछन् । पृथ्वी दिवसका दिन विभिन्न कलेज र विद्यालयका विद्यार्थीहरुले पृथ्वीमा भईरहेको बढ्दो प्रदुषणका विरुद्ध चेतनामूलक र्यालीको आयोजना गर्दछन् । कतिपय देशहरुमा पृथ्वी दिवसलाई अप्रिल १६ देखि २२ सम्म सप्ताहव्यापी कार्यक्रमका रुपमा मनाइन्छ ।


प्रवीधी र ब्यस्तताका वाबजुद पनि प्रकृतीमा रमाउदै रुख रोप्ने, हरियाली वढाउने, साईकल चलाउने र सकेसम्म पूर्नप्रयोग गर्न मिल्ने उर्जाको प्रयोग, प्लाष्टीकको कम प्रयोग अनि वातावरणीय संरक्षणको ज्ञान आजको आवश्यक्ता हो । प्रकृती सर्वोपरी छ, यसको सुरक्षा हाम्रो कर्तब्य हो । विश्वलाई पृथ्वी दिवसको शुभकामना  सगरमाथाको चुचरो देखि मृत सागरको सतहसम्म पृथ्वीको माया वढोस् । 

सुयोग ढकालका शब्द हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.