विश्व मलेरिया दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व मलेरिया दिवस





मच्छरको टोकाईवाट सर्ने एउटा अत्यन्त खतरनाक रोग, औंलो विरुद्धको दिवस संसारभरि २५ एप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौको ज्यान लिएको यस रोगका वारेमा केही वात मारौ आजको दिन विशेष वार्तालापमा ।


एनोफेलिस मच्छर या भनौ लामखुट्टेको टोाईवाट यस संक्रमण मान्छेमा सर्दछ, र सन् २०१५ को अध्यन अनुसार संसारभरिमा अझै पनि ९१ बढी देशमा मलेरियाको संक्रमण रहेको पुष्टी गरेको छ ।


आशालाग्दो कुरा के हो भनें समयमै उपचार पाएमा मलेरिया निको हुन सक्दछ तथापी विकासोन्मुख देशहरुमा चेतनास्तरमा कमी, स्वास्थोपचारको अभाव, गरिबी अनि हेलचेक्राईका कारणले मृत्यूको सख्याँ आशातित घट्न सकेको छैन् ।


मलेरिया विरुद्धको खोप नलगाएका ब्यक्तिहरुमा यसको संक्रमणको दर उच्च हुन्छ, मलेरिया ओसार्ने मच्छरले टोकेको ७ देखि १५ दिन भित्र यसका लक्षणहरु देखिन्छन् । यसका लक्षणहरुमा रक्तअल्पता, श्वास प्रश्वासमा समस्या, सेरिबरल मलेरिया आदि हुन्छन् । सन् २०१५ सम्ममा त लगभग संसारका आधी जनसख्याँनै मलेरियाको जोखिममा थिए, वालवालिका, गर्भवती आमाहरु, एच आईभी संक्रमितहरु लगायत जमेको पानी वरपर बस्ने अनि सरसफाईम ध्यान नदिने र घुमन्ते मान्छेहरु यस रोगको उच्च जोखिममा रहन्छन् ।


विश्व स्वास्थ्य संगठनको सन् २०१६ को एक अध्यन अनुसार संसारभरिमा २ करोड १२ लाख मलेरिया संक्रमित रहेको र ४ लाख २९ हजार ले ज्यान गुमाईसकेको तथ्याकं छ । अफ्रिमा महादेशमा यसको प्रकोप अझ वढी छ ।


मलेरियाको रोकथाम र बच्नकालागी ओषधी अनि रसायन प्रयोग गरिएको झुल या मच्छरदानी प्रयोग गरेर भित्र सुत्ने र घर वरिपरि सरसफाई गर्ने, पानी जम्न नदिने र समय समयमा मलेरिया सार्ने मच्छरहरुलाई भगाउने किटनाशक रसायन छर्कने गर्न सकिन्छ । भावी पुस्तालाई मलेरियावाट जोगाउन खोप लगाउन जरुरी छ । मलेरियाका किटाणुहरु शरीरमा छिरेपछी क्रमश कलेजोमा जान्छन् । सुस्तरि मुल रक्त प्रवाहमा छिरेर यिनीहरुले रातो रक्त कोशिकामा हमला गर्दछन् । बेलैमा उपचार नभएमा यस संक्रमणले सजिलै ज्यान लिन्छ, हामी सबैजना सतर्क हुन जरुरी छ ।


सन् २००७ मा तात्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लु बुशको नेतृत्वमा हरेक वर्ष एप्रिल २५ लाई मलेरिया दिवसको रुपमा मनाउने क्रम शुरु भएको हो ।


आज संसारभरि विभिन्न जनचेतना मुलक कार्यक्रम गर्दै मलेरिया दिवस मनाईन्छ, नेपालमा पनि स्वास्थ्य सँघ सस्था अनि कर्मचरीहरुले विभिन्न कार्यक्रम अनि घरदैलो जनचेतना गरेर खबर पूर्याँउछन् ।


अल्छी गरेर मच्छर दानी प्रयोग नगरी सुत्ने बानी नगरौ, घर वरपर सफा राखौं, स्वास्थ्य सस्थामा जाँच गराऔ अनि वाहिर बस्दा पुरा कपडा लगाऔ । आफू पनि वचौ र अरुलाई पनि वचाऔ



हाम्रो पात्रोकालागी सुयोग ढकाल










Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.