विश्व मौसम बिज्ञान दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व मौसम बिज्ञान दिवस




विश्व मौसम बिज्ञान दिवस विशेष अडियो सामाग्री

सन् २०१८, मार्च २३ 

ऋतु , हावापानी र तापक्रम समय र स्थान अनुसार फरक फरक हुन्छ, हैन र ?

त्यसैले त हो नि, अहिले यहाँहरुले आफ्नो प्रिय मोबाईल सहयात्रीमा हेर्दै अनि पढदै गर्नुभएको यो दिन विशेष जानकारी आआफ्नो ठाँउको फरक फरक मौसममा पढिरहनुभएको छ । 

मरभुमीको निकट हुनुहुन्छ भने पक्कै पनि गर्मी छ, हिमपात हुने जाडो ठाँउमा या भुमध्य रेखा आसपासमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ त्यही अनुरुपको मौसम अनि आवहवाले यहाँहरुलाई त्यहीअनुसारको अनुभुती गराईरहेको छ, हैन र ? जहाँ हुनुहुन्छ, माथी टाउको उठाएर हेर्नुहोस, खुल्ला आकाशमुनी हुनुहुन्छ । आकाश अनि त्यसको समग्र सौन्दर्यमा वृद्धि गराउने वादलका कुरा गरौ, मौसम अनि जलवायूको निर्धारक र जलको वाहक अनि मौसमको संवाहक वादलको कुरा गरौ । धेरै गीत मात्र नभई एउटा समग्र काब्यनै कालीदासले वादलका वारेमा लेखेका छन्, मेघदुत । मौसम निर्धारक अनि मौसम विज्ञानको अत्यन्त महत्पूर्ण तत्व वादलको यही महत्व अनि मौसमको फेरवदलमा वादलको महत्वलाई दर्शाउदै सन १९६१ देखि हरेक वर्षझै यस वर्ष पनि मौसम विज्ञान वर्ष मनाईदैछ, २३ मार्चका दिन । मौसम पूर्वानुमानमा वादलहरुको भुमिका अतुलनीय छ भने अर्कोतर्फ वर्षाको वृत (वाटर साईकल) अनि समग्र मौसम संरचनामा वादलहरुको ठूलो महत्व हुन्छ, ईतिहास साक्षी छ, वादलले अहिलेसम्म कति कवी, लेखक, कलाकार, संगीतिज्ञ, फोटोग्राफर अनि प्रेमीहरुलाई प्रेरित गरेको छ भन्ने कुराको । 

जस्तो हेर्यो त्यस्तै देखिदिन्छ, कहिले कान्छेको मुख जस्तो, कहिले बन्दुक जस्तो, गाडिजस्तो अनि जनावरजस्तो वादलका टुक्राहरु, पानी वोकेर आकाशमा चलायमान यी प्राकृतीक गाडिहरु जब पहाडसँग टक्कर खान्छन् तब थोपा थोपामा वर्षीन्छ जलका धाराहरु । त्यसैले होला वादल भनेपछी छाताको पनि याद आउने, कि कसो ? यीनै वादलहरुको मौसमसँगको समबन्ध अनि महत्वलाई बुझन्कालागी आजको दिन विश्वभरिका मौसम उत्साही ब्यक्ति, सँघसस्था अनि राष्ट्रहरुले विश्व मौसम विज्ञान दिवस मनाँउदछन् । वादलका स्वरुपहरुको विभिन्न प्रकारका तस्वीरहरु विश्वभरिका फोटोग्राफरले आफ्नो लेन्समा कैद गरेका छन्, त्यस्ता वादलका धेरै तस्वीरको प्रदर्शन आज विश्वभरि धेरै ठूला ठूला शहरहरुमा गरिन्छ । 

वादल कहिले ईन्द्रेणीको रुपमा त कहिले असिनाको कहरमा, कहिले मन्द मन्द पानी त कहिले वाढी अनि चट्याङ्ग, विभिन्न स्वरुपमा हामीमाझ प्रस्तुत हुन्छ । यीनै वादलहरु जो कुनै भीसा या पासपोर्टको विनानै संसारमा खुला विचरण गर्दछन्, तिनै वादलहरुलाई बुझ्न अनि संरक्षण गर्न आजको दिनलाई विशेष श्रृजना गरिएको हो । वादल शितलताको प्रतिक हो, विश्वले आफ्नो सबैभन्दा गर्मी पाँच वर्ष र अहिलेसम्मकै अत्याधीक तापक्रम सन् २०१५ देखि २०१६ मा अनुभव गरेको छ, वढ्दो तापक्रमले पृथ्वीको जिवनयापनमा हुने कठिनाई र तापक्रम नियन्त्रणमा वादलको महत्वलाई आज संवेदनशीलरुपमा हेर्न जरुरी छ । 

वादलहरु, पहाडहरु, वृक्षहरु, हरियाली अनि जलाशयको सम्र्बधनका कुराहरु पनि साथसाथै आँउछन्, आउनुहोस वादल अनि वादलसँग समबन्ध राख्ने सहयात्रीहरु सबैको सरंक्षणकालागी सबैजना लागीपरौँ । नेपाल अनि नेपालीहरु यस कुरामा सबैभन्दा संवेदनशील हुन जरुरी छ किनभने हामी विश्वको शीर हौ, सगरमाथाले शुशोभीत हाम्रो भुमी सदासर्वदा यी जिवनपर्याय वादलहरुको क्रिडास्थल बनिरहोस् । बादलुको घुम्टोले हाम्रो शहर छोपीरहोस्, तिम्रो शहर छोपीरहोस् । 

जय होस् 

हाम्रो पात्रोकालागी सुयोग ढकाल





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.