विश्व शान्ति दिवस | विश्व अल्जाईमर दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व शान्ति दिवस | विश्व अल्जाईमर दिवस




विश्व शान्ति दिवस | विश्व अल्जाईमर दिवस विशेष अडियो सामाग्री

विश्व शान्ति दिवस
सर्वे भवन्तु सुखिनस्,
सर्वे सन्तु निरामया,
सर्वे भद्राणि पश्यन्तु,
मा कश्चिद् दुखभागभवेत्,
ॐ शान्तिस् शान्तिस् शान्तिस्


अर्थात् सबैजनालाई सुख होस्, सबै शुभको पहिचान गर्न सक्ने होउन् । सबै स्वस्थ होउन र कोही प्राणी पनि दुःखि नहोस् । 'उपनिषध'बाट साभार गरिएको यो शान्ति स्तोत्र प्रस्तुत गर्न चाह्यौं, विश्व शान्तिको कामना सहित ।

होम स्वस्ती आदि गर्ने सनातन सम्प्रदायले शदियौंदेखि विश्व शान्तिको डोर आफ्नो परम्परा र संस्कारमा समाहित गरेका छन् । आज यहि डोरलाई अझ प्रगाढ बनाएर विश्व भरिका समूदाय र सभ्यतालाई जोड्ने बेला आएको छ । 

शान्ति एउटा अध्यात्मिक शब्दावली मात्र नभई मानव सभ्यताको अनिवार्य आवश्यक्ता पनि हो । शान्ति दिवसमा शान्तिको घाँटी निमोठिएका प्रशस्त उदाहरणका साथ, दम्भ बोकेर न्यायको कठघरामा अाज विश्व समूदाय उभिएको छ । आतंकवाद, आन्दोलन, हत्या हिंसा, बैमनस्यता र अमानविय श्रृंखलाहरुमा विश्वभर कुनै न कुनै रूपमा जकडीएको छ । कोरियाली परिवेश, मिसाईल, क्षेप्यास्त्र आदिको डरले घरमुनी बङ्कर बनाएर केही भएमा ज्यान जोगिन्छ कि भन्ने आशमा घर मुनी कोठा बनाइरहेका कोरियाली अनि जापानीहरु समेत विश्वमै अति सम्भ्रान्त देशका त्रसित करुणामयी अशान्त नागरीकहरुसम्म अाज शान्ति हराएको अवस्था छ ।

म्यानमारका रोहिंग्या देखि सिरियाली शरणार्थीका आँखाहरुसंगै दशकौंदेखि बम र बारुदमा बाँचीरहेका अफगानिस्तान, ईराक लगायत धेरै देशका नागरीकहरुको शान्तिको हिसाब किताब कस्ले गर्ने हो, शान्तिको स्थापना संस्थागत गर्न जरुरी छ ।

सन् २०१६ को संयूक्त राष्ट्र संघको साधारण सभाले २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवसका रुपमा मनाउने घोषणा गरेको हो।

१५ सेप्टेम्बर २०१७ को दिन संयूक्त राष्ट्रसंघको शान्तिबाटिकाबाट बजाइएको बिगूलले विश्व शान्तिको शंखनाद गरेको छ । त्यो शंखनाद सिरिया, अफगानिस्तान, लिविया हुँदै विश्वका हरेक कुना कन्दरामा पुगोस् । सगरमाथाको शिखरदेखि मृत सागरको तहसम्म शान्तिको लहर फैलियोस् ।

बिगतका वर्षहरुका शान्ति केवल राजनैतिक र दार्शनिक शव्दावलिका रुपमा प्रयोग भएको पाइन्छ, कहिँ धर्महरुबिच त कहिँ मर्महरुबिच आततायी रुपमा शान्तिलाई निर्मम निमोठिएको छ । विश्व यूद्धको अवधिलार्इ नरकंकालको माला लगाइदिएका शाषकहरुले आज प्रथम विश्वयूद्धको १०० वर्ष पुरा हुँदासम्म बिभिन्न श्रृंखला अनि अनेक नाममा दोब्बर हाराहारीमा मान्छे मारिसकेका छन् । स्मरणीय रहोस्, शान्ति गौतमबुद्धको वचन मात्र हैन सबैको दायित्व पनि हो । हृदयमा सदाचार लिएर पाइला चालौं, आत्मियता अनि माफीको पथमा हिँडौ । आजका पुस्तालाई विश्वबन्धुत्वको पाठ सिकाउन जरुरी छ ।

विश्व शान्ति दिवसमा बुद्धको देशबाट विश्व समूदायलार्इ शुभकामना !

नेपालको पोखरामा रहेको विश्व शान्ति स्तूपामा आज विश्व शान्तिको कामना गर्दै दिप प्रज्जवलन गरिनेछ, यस दिन बिहान सगरमाथा पारीबाट उक्लिएको घामले सदासर्वदा शान्तिको राप विश्वलाई दिइरहोस् ।

----
विश्व अल्जाईमर दिवस

एउटा अनौठौ रोगका बारेमा आज चर्चा गर्न चाह्यौं आज विश्व अल्जाईमर दिवसको प्रसंगमा । अल्जाईमर एक प्रकारको डिमेन्सिया हो जसले व्यक्तिको प्राकृतिक स्मरण शक्ति, व्यबहार अनि अभिव्यक्तिलाई असर गर्दछ । यो स्नायूप्रणालीको एउटा रोग हो, शुरुवातकालमा संवेगात्मक अनि व्यहारात्मक परिवर्तनका रुपमा अल्जाईमरका लक्षणहरु देखिन्छन अनि पछि गएर अल्जाईमरले स्मरण शक्तिमा पूर्णतः ह्राससम्मको अवस्था निमत्याउँदछ ।

यसका कारक तत्वहरुमा ७० प्रतिशत वंशाणुगत हुन्छ भने अन्य कारणहरुमा हाइपरटेन्सन, टाउकोमा गहिरो चोटहरु र डिप्रेशनलाई पनि मानिन्छ । अत्यन्त व्यस्त जीवनशैली र आफ्नोलागि समयको अभाव, तनाव, मोटोपन अनि शारीरीक व्यायामको कमी जस्ता कारणहरुले पनि अल्जाईमरको जोखिम बढाँउदछ ।

एकफेर अल्जाईमर भइसकेको मान्छेलाई ओखती गरेर सामान्य रुपमा दीर्घकालिन फर्काई असम्भव प्राय हुन्छ, अल्जाईमर रोग बिरुद्ध लड्न हामी सबैले जनचेतना अनि जीवनशैलीमा केही सुधार गर्न जरुरी देखिन्छ । दैनिक व्यायाम, सन्तुलित भोजन, सामान्य जीवनशैली, जीवनबाट सन्तुलित अपेक्षा अनि दैनिक योगाभ्यास गर्नाले अल्जाईमरबाट हामी जोगिन सक्छौं । बुढेसकालमा मात्र अल्जाईमर हुने भनेर हामीमध्ये कसैले बुझेका रहेछौं भनें त्यो पूर्णतः सत्य नहुन सक्दछ ।

फिल्म र कथामा मात्र देखे पढेको यस्ता रोगहरु हाम्रो हेल्चेक्राईका कारणले आफ्नै जीवनमा पनि आउँन सक्दछ । सन् २०१५ को अध्यन अनुसार विश्वभरि करिब ३ करोड अल्जाईमरका रोगीहरु रहेका छन्, अहिले २ वर्षको अन्तरालमा यसको संख्या झन बढेको हुनसक्छ तर यसबारे नयाँ अध्ययन प्रतिवेदन भने अाइसकेको छैन । विश्व अल्जाईमर दिवस यस्तै कुराहरुमा जनचेतना बढाउने हेतुले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । सेप्टेम्बर महिनालाई अल्जाईमर बिरुद्धको महिनाका रुपमा मनाउने चलन पनि छ । यस रोग प्रति सबैजना सचेत रहौं ।

महालक्ष्मी व्रत समाप्ति

आश्विन शुक्ल पक्षको अष्टमी देखि १६ दिनसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवानको पूजा अर्चना गरि व्रत बसेपछि आज आश्विन कृष्ण पक्षको अष्टमीको तिथिमा महालक्ष्मी व्रतको समापन गरिन्छ। यसरी १६ दिनसम्म श्रद्धा एवं भक्तिले महालक्ष्मीजीको पुजा आराधना एवं उपाशना गरेपछि अवश्य पनि महालक्ष्मीजी प्रशान्न भई चाहेको फल प्रदान गर्नु हुने मान्यता रहिआएको छ।

१६ शौभाग्यवती स्त्री या १६ ब्राह्मण ब्राह्मणीहरुलाई आफ्नो गक्ष अनुसारको दान गर्ने या भोजन खुवाउनु निक्कै उचित मानिन्छ। लक्ष्मी माताको प्रिय अङ्क १६ भएको हुनाले यो व्रत लगातार १६ दिन सम्म चलेको र आज समापन गर्दा पनि विधिवत रुपमा पूजा अर्चना गर्दा १६ प्रकारका फुल, १६ प्रकारका प्रसाद चढाएर पूजा गरिसकेपछि १६ शौभाग्यवती स्त्री या १६ ब्राह्मण ब्राह्मणीहरुलाई आफ्नो गक्ष अनुसारको दान गर्ने या भोजन खुवाउनु निक्कै उचित मानिन्छ।
---
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.