ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

रेबिज बिरुद्ध दिवस | अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस




रेबिज बिरुद्ध दिवस विशेष अडियो सामाग्री

सेप्टेम्वर २८ विश्वभरि 'रेविज विरुद्धको दिवस'को रुपमा विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गरेर, रेविजका बारेमा, यसको रोकथाम अनि यसबाट बच्न अपनाइने सुरक्षाका उपायहरूका बारेमा जानकारी अादान प्रदान गरेर मनाइने दिन हो । हामीमध्ये धेरैलाई रेविजको बारेमा थाहा छ होला र रेविज मानव सभ्यतासंगै धेरै अगाडिदेखि देखिएको रोग हो । उत्तर पूर्वि अफ्रिकन क्षेत्रमा रहेको इजिप्ट सभ्यतामा आजभन्दा करिव ४३०० वर्ष अगाडिको इतिहासमा रेविज रोगका बारेमा उल्लेख गरेको पाइन्छ । अर्कोतर्फ दार्शनिक एरिस्टोटलले आजभन्दा २३०० वर्षअगाडि लेखेको नोटमा पनि रेविज लागेको कुकरले मान्छेलाई टोकेमा या उक्त कुकुरले अन्य जनावरलाई टोकेमा अनि ति जनावरसंगको सम्पर्कमा मान्छे आएमा रेविज लाग्ने तथ्य उल्लेखित छ । रेविज लागेको अर्थात् रेविड जनावरहरुको र्यालवाट सर्ने यो रोगले मानव इतिहासलाई र चिकित्सा विज्ञानलाई राम्रो चुनौती दिएको हो । अहिले आएर आधुनिक चिकित्सा पद्धती अनि भ्याक्सिन अर्थात् प्रतिरोधात्मक खोपहरु प्रयोग गरेर तथा यस्तो जनावरले टोकिसकेछी पनि औषधीको मात्रा पुरागरेर, सुर्इ लगाएर रेविजलाई समयमै निको पार्न सकिन्छ तर ढिला भएमा र भाइरसले अधिक प्रभाव पारेमा भने रेविज प्राणघातक बन्न सक्छ ।

कृषी अनि जनावर पालन मानव सभ्यताका नितान्त नियमित क्रमहरू हुन र जनावरसगको संसर्ग अनि जनावरको वाक्लो उपस्थिती भएका वस्ति, समूदाय र संस्कारमा २० सौं शताब्दि अगावै रेविजको संक्रमण एकदमै धेरै देखिएको थियो । २० अाैं शताब्दीको शुरुवातसंगै विकसित देशहरु र रेविजले धेरै प्रभावित मध्य यूरोपमा रेविजको संक्रमण नाटकीय रुपमा कम हुँदै गयो । जसको मूल कारण जनचेतना र रेविज विरुद्धको खोप नै हो । अब विकसित देशहरुमा रेविजको संक्रमण नगण्य छ तथापि हाम्रो जस्तो विकासोन्मुख देशमा रेविजको संक्रमण छिटपुट रुपमा भएपनि देखिंदै, सुनिदै अाएको छ । नेपालका मुख्य मुख्य शहरहरु लगायत शक्तिकेन्द्र राजधानी मा समेत छाडा कुकुरहरु हरेक चोक र चौराहमा पाइन्छन । यी कुकरहरुको अब्यवस्थित उपस्थितीले मान्छेलाई टोकेर घाइते बनाउने त्रास र त्यो संगै रेविज संक्रमणको संभावना पनि उत्तिकै बढाएको छ ।

सरकारी स्वास्थ्य चौकीमा रेविज विरुद्धको खोप अनि रेविज भाइरस शरीरमा प्रवेश गरिसकेपछि लगाइने पोस्ट एक्पोजर अफ प्रोपिलाइसिस अर्थात पिइपि इञ्जेक्शनलार्इ अझै सहज रूपमा उपलब्धताकालागि सम्बन्धित निकाय र सरोकारवालाहरूले ध्यान दिन जरूरी छ ।

सेप्टेम्वर २८ प्रान्सका माइक्रो बायोलोजिस्ट लुइस पास्चरले मृत्यूवरण गरेको दिन पनि हो र उनले रेविज विरुद्धको खोप पत्ता लगाएर धेरै जनाको ज्यान जोगाउन उनले गरेको अध्ययन, मिहिनेतकालागि उनको सम्झना गर्ने गरिन्छ । यस वर्षको 'रेविज विरुद्धको दिवस'को नारा जनचेतना, खोप र उन्मुलन भन्ने रहेको छ । तपार्इ-हामीले पनि पालेको जनावर र विशेषगरि कुकुरलाई समयमैं रेविज विरुद्धको खोप लगाइदिन जरुरी छ । यदि लगाइसकेको भए पनि अन्य संक्रमित जनावरहरुसंग उनिहरुको सम्पर्क र संसर्ग नहोस भन्ने कुरामा विशेष सचेतना हुनु अावश्यक देखिन्छ । यसरी संसारभर रेविज रहित समाजको स्थापनार्थ एकताकालागि भेला हुने मान्छेहरु सबैजना तपाई-हामी जस्तै हुन् । यो संक्रमणको जोखिममा हामी जो कोही पर्न सक्छाैं, तसर्थ ध्यान पुर्याउन जरुरी छ । आजको दिन रेविजबाट हुनसक्ने सक्रमण संभावना अनि स्वास्थ्य सुरक्षा तथा सेवाहरु, उपचारात्मक र निरोधात्मक विधी सम्बन्धमा हामीसबै संगै भएर जागरुक भएमा रेविजलाई संसारबाटै उन्मूलन गर्न सकिन्छ ।

अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँचको दिवस

 


यदि जानकारी शक्ति हो भने, जानकारीको पहुँच सशक्तिकरण हो

आजको दिन हामि कुरा गर्छौ संसारमा भएका सबै मानिसहरुको “Right To Know” को बारेमा। एकपटक कल्पना गर्नुहोस त, तपाइँ कुनै दिन सवेरै उठ्नु भयो तर तपाइँ समक्ष कुनै पनि किसिमको सूचना आइपुग्ने माध्यम नै छैन भने, कस्तो महसुस हुनेथ्यो। सूचनाले नै जोडेको छ संसार, बिना सूचनाको हामीलाई आफ्नो छिमेकीको घरमा के भैरहेको छ भनेर थाहा पाउन पनि मुस्किल हुनेछ। हामीलाई थुप्रै कुराहरु जान्न मन लाग्न सक्छ , कहिले मौसमको बारेमा , कहिले देश विदेशका समाचार र यो सबै बुझ्न पाउनु हाम्रो अधिकार हो।

शिक्षा र विकासको लागि सूचना चाहिन्छ। सूचनाको पहुच विश्वब्यापी रुपमा भए , यसले विश्वभरीका सबैलाई एकै धागोमा बाध्न सक्छ।

सूचनामा सबैको पहुँच भएमात्र मानव जातिको विकास सम्भव छ भन्ने सोचले सर्वप्रथम फिनल्याण्ड र स्विडेनले सन् १७६६ मा आफ्नो संविधानमा सूचनाको आदान प्रदान गर्ने भनि उल्लेख गरिएको थियो । यो युगान्तकारी परिवर्तन ल्याउने सोचले गर्दा नै अहिले संसारको कुना कन्दरामा भएका मानिसले चन्द्रमाको खबर थाहा पाएका छन्।

सूचना तथा सञ्चार प्रविधिको विस्तार, सुशासन र समृद्धिले हामि समान र पारदर्शी समाजमा बस्न सक्नेछौ। विशेषगरि शिक्षामा सबैको सरल पहुँच बनाउन र अनलाइन शिक्षा तथा खुला शिक्षाको सहजताका लागि सूचना तथा सञ्चार प्रविधिको समान पहुच हुन अति आवश्यक मानिन्छ । शिक्षामा सूचना प्रविधिको पहुच नभएसम्म मुलुकको आधुनिक शिक्षाको परिकल्पना पुरा नहुने निश्चित छ ।अहिले नेपाल सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न आवश्यक रहेको बुझेर यसमा जोड दिइरहेको छ।

आजकै दिनलाई लक्षित गरेर २५ सेप्टेम्बर देखि टुनिसियामा २५० भन्दा बढी बक्ताहरुको सहभागितामा "Right To Know" भनेर ठुलो सेमिनार चलिरहेको छ। सन् २०३० सम्म सूचनाको पहुचलाई थप प्रभावकारी ढङ्गले व्यबस्थित गराएर एउटा पारदर्शी समाज बनाउने अभियान मा "UNESCO" कार्यरत छ।

सूचनाको पहुच नभई कुनै पनि मानिस लै जुनै सुकै निर्णय पनि लिन सक्दैन। यो महत्वपूर्ण दिनको हामि सबैलाई शुभ कामना।
-----
हाम्रो पात्रोकालागि सुयोग ढकालले तयार पार्नुभएको ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 112.99
  • 113.59
  • European euro
  • 128.56
  • 129.24
  • UK pound sterling
  • 143.8
  • 144.56
  • Swiss franc
  • 114.07
  • 114.68
  • Australian dollar
  • 81.36
  • 81.79
  • Canadian dollar
  • 84.83
  • 85.28
  • Singapore dollar
  • 82.47
  • 82.91
  • Japanese yen (10)
  • 10.02
  • 10.08
  • Chinese renminbi (Yuan)
  • 16.43
  • 16.52
  • Saudi Arabian riyal
  • 30.12
  • 30.28
  • Qatari riyal
  • 31.03
  • 31.19
  • Thai baht
  • 3.44
  • 3.46
  • UAE Dirham
  • 30.76
  • 30.92
  • Malaysian ringgit
  • 27.12
  • 27.27
  • Korean Won (100)
  • 10.04
  • 10.1
  • Swedish Krone
  • 12.5
  • 12.56
  • Danish Krone
  • 17.22
  • 17.31

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम