ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरु

अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस | विश्व हातधुने दिवस




अन्तर्राष्ट्रिय ग्रामिण महिला दिवस विशेष अडियो सामाग्री

घरभित्रको काममा सिमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने स्थानमा पुर्याउने पवित्र भावनाले ग्रामीण महिला दिवस मनाईन्छ । ग्रामीण महिलाहरुलाई घरको काम बाहेक आयआर्जन मुलक काममा सहभागीता गराई गरिबी न्युनिकरणमा टेवा पुर्याउनु यो दिवस मनाउनुको अर्को ठुलो उदेश्य हो । सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रुपमा यो दिवस मनाउने क्रम शुरु भएको हो । नेपालमा ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै यो दिवस वि.स. २०७० देखि मनाउन थालिएको हो । दिगो विकासका लागि आर्थिक, वातावरणीय र सामाजिक परिवर्तनको आवश्यकता पर्ने भएकोले त्यसका लागि ग्रामीण महिलाहरु नै महत्वपूर्ण प्रतिनिधि हुन भन्ने राष्ट्र संघको बिचार रहेको छ । नेपाल जस्ता विकासोत्मूख देशहरुमा भने सम्पति, स्वास्थ्य र शिक्षामा महिलाको पर्याप्त पहुँच पुग्न सकेको छैन । ग्रामीण महिलाहरुलाई शसक्तिकरणका माध्यमबाट सक्षम नागरिकका रुपमा पहिचान गराउन सके परिवार र समग्र देशकै समृद्धि हुने विश्वास गरिएको छ ।

ग्रामीण अर्थव्यवस्थाको विकासका लागि समेत महिलाहरुले ठुलो योगदान गरेका हुन्छन् । खासगरी अन्नबाली उत्पादन पशुचौपाया पालन घरेलु श्रमको व्यवस्थापन तथा जल र खाद्यान्न व्यवस्थापनमा महिलाको महत्वपूर्ण योगदान हुन्छ । यसका साथै घर परिवारमा रहेका बालबालिका जेष्ठ नागरिक र बिरामीहरुको स्याहारमा सवैभन्दा ठुलो जिम्मेवारी महिलाले सम्हालेका हुन्छन्‍ । यिनै भूमिकाहरुका कारण महिलालाई परम्परागत जिम्मेवारीका साथ खुल्ला अवसरहरुमा समान सहभागीताको औचित्य पुष्टि भएको छ । नेपालमा महिला सहभागीताको आवाज निकै बुलन्द बनेको छ । शहरी क्षेत्रमा मात्रै हैन, गाउँघरमा पुग्ने साना-साना विकास निर्माणका योजनाहरुमा समेत महिलालाई अनिवार्य सहभागी गराउनु पर्ने नीतिगत व्यवस्थाले ग्रामीण महिलाहरुमा जागरुकता ल्याएको छ । चुलोचौकामा सिमित रहेका महिलाहरुलाई बाहिरी परिवेशबारे जान्ने अवसर मिलेको छ । जबसम्म ग्रामीण महिलाहरुको विकासका लागि प्रयासहरु गरिंदैन, तबसम्म देशको विकास हुदैन । हाम्रो जस्तो देशको विकासका लागि आधाभन्दा बढी संख्या रहेका महिलाहरुको विकास नभई नहुने पक्ष हो । त्यहि भएर ग्रामिण महिलाको समग्र विकासका लागि मानिसहरुमा चेतना जगाउन पनि यो दिवस मनाउनु अत्यावश्यक रहेको छ । महिला पुरुषबीचको विद्यमान सामाजिक असमानता, आर्थिक तथा सांस्कृतिक विभेदहरु कायमै छन् । त्यहि भएर हरेक निकायमा महिला र पुरुषको समतामूलक सहभागिता विना राष्ट्रको सन्तुलित तथा दिगो विकासलाई स्विकार्नै सकिंदैन । लैंगिक समानता र महिला सशक्तिकरणको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारी, राजनीति र राज्यका हरेक निकायमा महिला त्यसमा विशेषगरी ग्रामीण महिलाहरुको पहुँच समान रुपमा सुनिश्चत हुनु अत्यावश्यक रहेको छ । महिला सशक्तिकरणका लागि विश्वव्यापीरूपमा प्रयासहरु नभएका भने होईनन् । विभिन्न आन्दोलन र अभियानहरुका कारण संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई संयुक्त राष्ट्रसङ्घीय महिला वर्षरुपमा मनाएको थियो । त्यसैगरी सन् १९७५ देखि १९८५ सम्मको समयलाई महिला दशक घोषणा गरी विभिन्न घोषणापत्रहरु जारी गरिएको थियो । सन् २००० देखि २०१५ सम्मको सहश्राब्दी विकास लक्ष्य अनुसार लैंगिक समानता, प्रवर्द्धन तथा महिला सशक्तिकरणका लागि प्रयासहरु गरिएकाछन् । सोहीअनुरुप नेपाल जस्ता अल्पविकसित देशहरुमा छुट्टाछुट्टै कार्यक्रम तथा योजनाहरु बनाई कार्यन्वयन गरिंदै आएकाछन् ।
- हाम्रो पात्रोको लागि बाबुराम भण्डारीले तयार पार्नु भएको


विश्व हातधुने दिवस


 


आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कदम हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत हामीलाई पर राख्दछ ।

विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ ।

खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ ।

विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ ।

यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । यस बर्षको अन्तराष्ट्रिय हात धुने दिवस को नारा हाम्रा हात हाम्रो भविष्य 'Our Hands Our Future' भन्ने रहेको छ ।

नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ ।

विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः
शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।

हात कसरी धुने ?
सर्वप्रथम सफा पानीले हात भिजाउने।
हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने ।
दुबै हत्केलालाई एकआपसमा दलेर अाैंलाका कापसम्म साबुन पूर्याउने |
यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने |

यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् ।

धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ ।
सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ ।
औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन ।

सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला ।

----
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 117.46
  • 118.06
  • European euro
  • 135.3
  • 135.99
  • UK pound sterling
  • 154.05
  • 154.84
  • Swiss franc
  • 118.35
  • 118.95
  • Australian dollar
  • 83.97
  • 84.4
  • Canadian dollar
  • 90.14
  • 90.6
  • Singapore dollar
  • 85.27
  • 85.7
  • Japanese yen (10)
  • 10.44
  • 10.5
  • Chinese renminbi (Yuan)
  • 16.93
  • 17.02
  • Saudi Arabian riyal
  • 31.31
  • 31.47
  • Qatari riyal
  • 32.26
  • 32.43
  • Thai baht
  • 3.61
  • 3.63
  • UAE Dirham
  • 31.98
  • 32.14
  • Malaysian ringgit
  • 28.26
  • 28.4
  • Korean Won (100)
  • 10.36
  • 10.41
  • Swedish Krone
  • 13.11
  • 13.17
  • Danish Krone
  • 18.13
  • 18.23

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम