विश्व वन्यजन्तु दिवस | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

विश्व वन्यजन्तु दिवस




विश्व वन्यजन्तु दिवस विशेष अडियो सामाग्री

विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन अनि तिनको संरक्षण सम्वर्धनका लागि हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउदछ । 

विश्वमा भएका हरेक प्राणी अनि बिरुवाको लागि यस पृथ्वी साझा थलो हो, सबै प्राणी र बिरुवाहरुको सुरक्षा, सम्वर्धन अनि उपस्थिति मानवको दायित्व हो । चोरी शिकारी, पैठारी अनि तस्करहरुको सक्रियताले नेपालमा पनि धेरै जनावरहरु र बिरुवाहरुको बिनाश भएको, हत्या भएको, नाशिएको इतिहास छ । विश्व पर्यावरणको ईकोसिस्टममा हरेक प्राणीहरुको आआफ्नै महत्व र योगदान छ तसर्थ सबै प्राणिहरुको सुरक्षा आजको आवश्यक्त हो । मानव जिवनको दिर्घकालिन उपस्थितीका लागि पनि वन्यजन्तु र बिरुवाहरु सबैको रक्षा गर्न जरुरी छ ।

संयुक्त राष्ट्रको सदस्य राष्ट्र थाइल्याण्डको पहलमा सन् २०१३ को एक सम्मेलनमा जङ्गली जनावर तथा बिरुवाको अन्तराष्ट्रिय ब्यापार बारे बहस भएको थियो। यो बहसमा जङ्गली जनावर तथा बिरुवाहरुको अन्तराष्ट्रिय ब्यापार विषयमा अनि संसारमा भएका ३५००० भन्दा बढी जनावर र बिरुवाको प्रजाति संरक्षणको लागि एउटा कदम मात्र भएको भनेर निर्णय लिईएको थियो। यस बहसको निस्कर्षलाई CITES अर्थात Convention on International Trade in Endangered Species भनेर नाम दिईएको थियो।

अहिले CITES को अनुसार अन्तराष्ट्रिय ब्यापारकै कारण लगभग ५००० प्रजातिका जनावरहरु र २९२०० प्रजातिका बोट विरुवाहरु लोप हुने अवस्थामा छन् । यी जनावर र विरुवाहरुलाई खतराको सीमामा पर्न नदिन र अन्तराष्ट्रिय ब्यापारले धेरै हद सम्म नियन्त्रण गरेको पनि पाइन्छ । आजको दिन ति लोप हुन सक्ने प्रजातिहरुको नियन्त्रणमा CITES को उत्साहपूर्ण योगदानलाई सम्झना गर्नुपर्ने दिन हो।

यस बर्षको विश्व वन्यजन्तु दिवसको नारा भनें पृथ्वीका सबै जीवहरुको सुरक्षा भन्ने रहेको छ । विश्वको जैविक बिभिदता संरक्षणका लागि यस दिवसको विशेष योगदान रहनेछ । यो विश्व मानवको लागि मात्र हैन, यहाँ रहेका हरेक सजिब निर्जीव प्राणिहरुको यो विश्वमा मानवकै जत्तिको अधिकार छ। हामी एउटा सामाजिक र बौद्धिक प्राणि भएकाले यो कर्तव्य पनि हाम्रै हो। बन्यजन्तुको बिकास संरक्षण र उत्थानको लागि खटिरहेका सबैलाई सम्झना र सम्मान र आगामी दिनहरुको लागि शुभ कामना।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.