तेल लगाउने र नीमको पात खाने दिन | Hamro Patro

ब्लग - साहित्य / नेपाली चाडपर्व तथा विशेष दिनहरू

तेल लगाउने र नीमको पात खाने दिन





भोलिदेखि नव वर्ष प्रारम्भ हुँदैछ । नयाँ वर्ष २०७८ को पूर्व सन्ध्यामा अनेक तरिकाले नव वर्षको स्वागत गर्ने तयारी भइरहेको छ । नयाँ वर्षलाई स्वागत गर्ने अनेकन तरिकाहरु छन् । जसमा नीमको पात खाने र तेल लगाउने तरिका एउटा परम्परागत मान्यता हामी कहाँ छ ।

जुटशित्तल, सिरुवा, नयाँ वर्ष, नयाँ साल लगायत थुप्रै नामले नव वर्षलाई चिनिन्छ । राजा बिक्रमादित्यले चलाएको सम्वत्को २०७८ औं संस्करणमा पाइला चाल्दा तपाई हामी सबै साथ छौं । साल फेरिँदै जान्छन्, शताब्दी थपिँदै जान्छन् । अनि फरक हुँदै जान्छन् सामाजिक आयामहरु । बस मानिस–मानिसबीचको नाता अनि स्नेहमा कमी नआओस्, हाम्रो कामना यही छ ।

कुनै पनि चाड शुरु हुन अगावै तेल लगाएर उक्त चाडको शुरुवात गर्नु एउटा परम्परागत चलन हो । होली, तिहार लगायत अन्य चाडहरुमा पनि एक दिन अगावै शरीर र कपालमा तेल लगाएर उत्सर्गको औपचारिक शुरुवात गरिन्छ ।

नीमलाई तीतो अमृतका रुपमा चिनिन्छ । नयाँ वर्ष शुरु हुन अगावै विगतका वर्षको तितोपनालाई चपाएर आँउदो वर्षको मिठासको पर्खाईलाई नीमको पात खाने चलनले बिम्बका रुपमा बुझाउँछ ।

पौराणिककालदेखि नै नीमको रुख, यसको फाइदा अनि यस्का बहुप्रयोगका अनेकन किस्सा र आर्युवेदीय दृष्टान्तहरु पाइन्छ । नीमको पात खानाले पेटका रोगहरु हरण हुने र तेल लगाउनाले शरीर थप मजबूत हुने र मुलायम हुने विश्वास छ । आँउदो नयाँ वर्षले सबैलाई मजबुती र स्वस्थकर जीवन प्रदान गरोस् । चिताएको पुगोस् ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.