टुटेपछिको नाता गाँस्नुको के अर्थ ।
सबै लुटेपछी फेरि ढाँट्नुको के अर्थ ।।
सधैंको दु:ख अनि अरुको हेलामा ।
पलपल मरेर बाँच्नुको के अर्थ ।।
सबै लुटेपछी...
वेदनाको गाउँ मुटु भरी बोकि । रङ्गमञ्च उफ्री- उफ्री नाच्नुको के अर्थ ?
सबै लुटेपछि...
कामै नलाग्ने गरि फुटेका गिलास ।
पुरा दिन लगाई माज्नुको के अर्थ ।।
सबै लुटेपछि...
तिमिले ठुलै जित हात पारे पनि ।
अरुलाई रुवाएर आफू हाँस्नुको के अर्थ ।।
टुटेपछिको नाता...
सबै लुटेपछी...
-इकमान लामा (इमाला काभ्रेली तावा)
डाँडा गाउँ-८, फुलडाँडा, काभ्रे
हाल बनेपा, नेपाल
[email protected]
----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।
Liked by: