विवाह एक पुरुष र एक महिलाको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्कासंग संगै जीवन ब्यतित गर्ने सम्बन्ध हो | यो मानव जीवनको १६ संस्कार मध्य एक महत्वपूर्ण संस्कार हो | कतिपय मानिसहरुको वैवाहिक जीवनमा विवाहपछि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ | हाम्रो समाजमा ज्योतिषी हेराएर शुभ साइतमा विवाह गर्ने प्रचलन छ | शुभ साइतमा बिबाह गर्नाले बैबाहिक जीबनमा आइपर्ने समस्याबाट मुक्ति मिल्छ भन्ने पौराणिक बिश्वास रही आएको छ | ज्योतिष शास्त्र अनुसार साइत नहेरी बिबाह गरे बिधवा, बिधुर अथवा छुटिएर बस्नुपर्ने हुन सक्छ | हाम्रो समाजमा बिबाह गर्दा साइत हेराएर शुभ साइतमा मात्र बिबाह गर्ने परम्परा रहेको छ |
बिबाह मुहूर्त
वैशाख: २, ५, १७, २३, २४, २५, २६, २८, २९
ज्येष्ठ: १, २, ७, ८, १९, २०, २१, २२, २३, २४, २५, २७
आषाढ: ३, ४, ५, १५, १६, १७, १९
मंसिर: ६, ७, १२, १७, १८, २५
माघ:२४
फाल्गुन: ६, ११, १२, १९, २०, २२, २८, २९
तपाईंहरुलाई यो प्रस्तुति कस्तो लाग्यो ? मन परेको खण्डमा फेसबुकमा शेयर गरि सहयोग गर्नुहोस ।
Liked by: