भनिन्छ नि, पहिलो प्रेमले सबै मानिसहरुको मुटुमा एउटा स्थान सधै बनाइराख्दछ, सायद त्यहिभएर लेखक सुरेन्द्र महर्जनले हरेक प्रेमीको मुटुभित्र या भनौ परेलीमा कहिले ननिस्कन सक्ने गरि बसेको मायाको लागि उपन्यास “अनुष्का” बनाउनुभयो । तर उपन्यास “अनुष्का” प्रकाशित भएपछी यति सफल हुन्छ , यो उँहाले पनि अपेक्षा गर्नु भएको थिएन होला ।
यो पनि हेर्नुहोस् : उपन्यास "मिस्ड कल"को पहिलो भाग
मनको भावनासंग कलम जोडीए पछी एक चट्टान भैसकेको मुटु पग्लिएर पोखिएपछी बनेको कृति “अनुष्का” आज हाम्रो पात्रो यहाँहरुमाझ प्रस्तुत गर्दछ । दुर्इ भागमा सुन्न सकिने यो उपन्यासको पहिलो भाग भने हाम्रो अडियो सामाग्रीमा सुन्न सक्नुहुनेछ । हामीले यस अघि प्रस्तुत गरेको उपन्यास “मिस्ड कल” सुनेर प्रतिकृया दिएजसरी नै "अनुष्का" सुनेपछि आफ्नो अमुल्य प्रतिकृया दिन न भुल्नु होला ।
Liked by: