जुलिया ! भेटिएको कागजमा एउटा प्रेम कथा | Hamro Patro
DOWNLOAD APPS BY HAMRO PATRO

जुलिया ! भेटिएको कागजमा एउटा प्रेम कथा




   Raju Pudasaini - Aug 13 2016

प्रिय जुलिया ! तिमीले आखाँ देख्न सक्नेछौ एक दिन । मलाइ परमेश्वरमाथी भरोसा छ । म मेरो अन्तिम समयसम्म पनि उहाँसंग तिम्रोलागि प्रार्थना गर्नेछु। मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पुरा गर्दिनेछन् । मैले तिमीलाइ एकदमै मन पराउँथे । म परमेश्वर र आफुलाइ जति माया गर्छु त्यो भन्दा पनि बढि त तिमीलाइ गर्छु। मलाइ थाहा छ तिमीले पनि मलार्इ असाध्यै माया गर्छौ। जुलिया! मलाइ विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आखाँले पढ्नेछौ ।



फेब्रुवरी ११ को साझँ । अदूवा मिश्रीत चिया पिउन पिउन पुस्ताकालय बाहिर निस्किएँ । छेउको स्टलतिर गएर प्लास्टिकको एउटा खाली कुर्सी तानेर बसें । "भाइ एक चाय देना !" जिउ तन्काएँ, हाइ गरें अनि पत्रिका पढेझैं गर्न थालें ।

यताउति मन डुलाएँ, चस्मा निकालेर आखाँ मिचें । म छेउमै पावरवाला चस्मा लगाएको एउटा साउथ् इण्डियन प्रौढ हातमा पहेलों-पहेलों रंगको किताब च्यापेर चिया पिइरहेका थिए । मेरो ध्यान उनको हातको किताब मा खिचियो ।

मैले बोलिहालें, "अंकल जी वो आपका बुक देख् सक्ता हूँ क्या?" एकछिन अकमकिए झै, "हाँ देखो देखो !" बोले उनि । मराठी भाषामा लेखिएको, बाइबल रहेछ । म मराठी केहि बुझ्दिनथें, हाँस्दै फिर्ता दिनुपर्यो। उनले पुस्तक समात्दै गर्दा बाइबल बाट पट्याएर राखिएको दुइ तीन कापीको पन्ना भुइँमा खस्यो । उनले थाहा पाएनन् । मैले पनि भनिन, म त्यति पनि गतिलो मान्छे कहा हूँ र ? उनि पैसा तिरेर हिडे। मैले घुटुक्क चिया निलें । सेलाइसकेको थियो । छ रुपैयाँ पुग्ने गरि पाइन्टको दुवै खल्तिबाट सिक्का बटुलें र तिरें । त्यो कापीको पन्ना टिपें र पुन: पुस्तकालय छिरें ।


यसपछिको अंश तिनै कापीका पानामा लेखिएका शब्दहरू हुन जसलार्इ जस्ताको त्यस्तै नेपाली भाषामा उल्थागरी प्रस्तुत गरीएको छ ।

म जन्मदै अाँखा नदेख्ने थिएँ । मेरी आमा म जन्मेको दुइ साल पछि बितेकी थिइन । अामाको मृत्यु पश्चात् मलाई मेरो पिताले हुर्काएका हुन् । वहाँले मलाइ आखाँ देख्न नसक्ने भएकोले पनि होला एकदमै माया गर्नुहुन्थ्यो ।

मलाइ उनले माया गरेको देखेर सबै चकित पर्थे, मेरो उमेरका केटाकेटीहरु मेरो आहरिस गर्दथे। मेरो पापा अस्टेरिस झ्यालखानाको प्रमुख थिए र परमेश्वरलाइ मान्दैनथे, पुरै नास्तिक ! त्यतिबेला थाेरै मान्छेहरु मात्र क्रिश्चिएन थिए । चर्चहरु बिस्तारै बन्ने क्रम थियो ।

सम्राट क्लाउडिएस परमेश्वरसित रत्तिभर डराउँदैनथ्यो । मेरो पिता आफ्नो सम्राटको अन्धभक्त थिए। राज्यको सम्राट नै नास्तिक भएर होला क्रिश्चिएनहरुका कुरा सुन्न पनि मानिसहरु डराउने गर्थे तर परमेश्वर भन्दा ठूलो क्लाउडिएस हुन सक्दैनथ्यो, धर्मलाइ आफ्नो शासन टिकाउने माध्यमको रुपमै भएपनि पछि बिस्तारै उ क्रिस्तानीहरुप्रति उदार हुँदै आउन थालेको थियो । मेरो पिता पनि मर्ने बेला तिर परमेश्वरको नाम जप्ने भएका थिए।

अहिले जस्तै घोडा चढ्नेहरुको जताजतै वाहवाही हुने गर्थो । ठुल-ठूला ओहदाका सैनिकहरु, सम्राटका नोकरहरुले मात्रै घोडा चढेर हिंड्न पाउँछन् । मेरो पिता पनि क्लाउडिएसको सँच्चा दास थिए र पद पनि ठूलै भएर त होला हाम्रो घरमा पनि घोडा थियो । पिता मलाइ घोडा मा राखेर घुमाउने गर्नुहुन्थ्यो । वहाँ अरुको लागि जति नै क्रुर अनि खराब भए पनि मेरो लागि एक असल पिता नै हुनुहुन्थ्यो ।

छोरीलाइ पुरुषहरुको मनोरञ्जनको साधन मानिन्थो उ बेला र म आफै पनि आफूलाइ यस्तै मान्दथें। समाजमा वहुविवाह अहिले भन्दा पनि बढि प्रचलित थियो र एउटै पुरुषको घरभित्र र बाहिर सयौं स्वास्नीहरू हुनेगर्दथे । महिलाहरु व्यभिचार गरेको आरोपमा निर्मम सजाय पाउँथे र मारिन्थे पनि, अहिले पनि समाज त उस्तै त छ! तर म सानी हुँदा त यो भन्दा पनि बढ्ता थियो । अहिले एउटा पुरुषले दशौं स्वास्नी बनाउँछन्, त्यो बेला त सयौं बनाउँथे यहाँ केहि पनि परिवर्तन भएको छैन यो ४०-५० वर्षमा पनि ।

ईसापूर्व २३५ मा रोमन सम्राट अलेक्जेन्डर सेभेरसलार्इ उनकै सेनाले मारेको थियो । त्यसपछि सम्राटहरुमा त्रास र अविश्वास बढ्दै जान थाल्यो । शंका-उपशंका, आरोप-प्रत्यारोप बढ्दै जाँदा आफ्नाले आफ्नैलाइ मार्न थाले । बाउले छोरालाइ, छोराले बाउलाइ... सम्राटहरु आफ्नो शक्ति बढाउन हुने-नहुने काम गर्न थाले । सैनिकलाइ घुस् खुवाउने, निकै सिक्का, गहना दिने जस्ता अनैतिक कामको सुरुवात त्यही समयबाट शुरु भएको हुनुपर्छ । भ्रष्टाचार एकदमै मौलाउन थाल्यो जसका कारण राज्यको सम्पति रित्तिदैं जान थाले ।

रोमन साम्राज्यको दुर्दशा सेभेरसको हत्यापछि झन चुलिएको हो । ईसापूर्व २५८-२६० को बीचमा रोमन साम्राज्य तीन टुक्रामा विभाजित भयो र गौल, ब्रिटानिया र हिस्पानिया मिलेर गालिक राज्यहरू बने । सिरिया, प्यालेष्टिना, इजिप्टस मिलेर पल्मिरेने राज्य बन्यो र अर्को बाँकि रह्यो इटाली राज्य । यो बिचमा विदेशीको हमाला पनि हुन थालेक थिए, अनेकौ सक्रमणात्मक रोगहरु फैलिने र भोकमरी शुरु हुन थाल्यो । राज्यमा आर्थिकमन्दी नै लागेको थियो । परिवार-परिवारको बिच कलह, हिंसाका संकेतहरू देखिन थालिसकिएका थिए ।

आफैबाट छुट्टिएका राज्यहरुको लडाइमा गालिक राज्यको सम्राट क्लाउडिएस द्वितीयले विजय हासिल गरे र पुन: रोममाथि शासन गर्न थाले । तैपनि हत्या, आतंक, दंगा रोकिएको छैन,टुक्रिएको राज्यहरू मिलिसकेको पनि छैन । झन पर्सियनहरुको हमाला दिनप्रतिदिन बढ्दो क्रममा छ । "हाम्रो सम्राटको विरतालार्इ तिनीहरुले चिनेकै छैनन् ।" पिता मलाइ सुनाउने गर्नुहुन्थ्यो । मलाइ चाँसो लाग्थो यस्ता कुराहरू सुन्न । वहाँ आफ्नो सम्राटबारे अनेकौ किस्सा सुनाइ नै रहनुहुन्थ्यो र म सुनिरहन्थे र वहाँलार्इ प्रश्न सोधेर हैरान पार्थे । अाँखा नभएकोले मलाइ वहाँ आफूसंगै कार्यलय लैजाने गर्नुहुन्थ्यो । 

झ्लालखानाका कैदिहरुसंग कहिलेकाहीं म पनि कुराकानी गर्दथें । एकदिन कैदिहरु मध्ये एउटा कैदिले मलाइ सोध्यो, "तिम्रो नाम के हो सुन्दरी?" मैलै नहिच्किचाइ भनें, "जुलिया ।" "तिम्रो नाम तिमी जस्तै सुन्दर रहेछ ।" उस्ले भन्यो । उसको यति बोलीले मलार्इ अत्यन्तै नौलो महसूस भयो...

 कति मिठो बोलेको त्यसले, मैले त नाम सोध्नै बिर्सेछुँ, घरमा पनि उसकै आवाज सुनिरहें जस्तो लाग्थ्यो अब त! मलार्इ आखाँ देख्न नसकेकोमा पहिलो पटक अति नै दु:ख लाग्यो । उसित बोलेको रात म अन्धी हुनुको दु:खले जति रोएँ त्यो भन्दा बढि त रात कहिले बित्ला र झ्यालखाना जाउँला भनेर तड्पिएरहें । मेरो दूर्भाग्य! भोलिपल्ट हाम्रो कुरा हुन सकेन, उसको बारेमा कसैलाइ सोधुं भने नाम पनि थाहा थिएन, म यत्तिकै तड्पिरहें।

सबै कैदिहरु कसैको कुरा इज्जतका साथ सुनिरहेका थिए, 'स्त्रीहरु पुरुषको सहयात्री हुन् । उनिहरुलार्इ प्रेम र सम्मान दिएर बाँचिहेर तिमीहरुलाइ परमेश्वरले खुसी नै खुसी दिनेछन् ।' कोहि मिठो स्वरमा कैदिहरुलार्इ यस्तै कुराहरू सुनाइरहेको थियो । त्यो स्वर मलाइ वर्षौदेखि परिचित स्वर लाग्यो र स्वयं परमेश्वर नै बोले जस्तै लाग्यो । उ कति मिठा -मिठा सुनिरहुँ लाग्ने कुरा गरिरहेको थियो, मेरो पिताले धेरै नबोल भनेर हकार्नु भो । उ एकछिन चुप लागे झै गर्यो र पुन: नडरार्इ बोल्न थाल्यो । म उसको कुरा र स्वरबाट यति प्रभावित भएँ कि बर्षौ-वर्ष उसकै आवाज सुनेर एकै ठाऊँ बस्न सक्छु जस्तो लाग्थो ।

मैले पितालाइ सोधें, "त्यो तपैको पनि डर नमानी बोलिरहने मान्छे को हो ? त्यसले के अपराध गरेर झ्यालखानामा लेराको ?"
"...त्यसले ठूलो अपराध गरेको छ । सम्राट क्लाउडिएसको आदेश मान्नुको साटो उल्टो विरोध गर्दै हिंडेको छ । मर्ने काल आएपछि मान्छेको दिमाग भड्किन्छ । त्यसले राजाज्ञा तोडेर केटा-केटीको विवाह गराउँदै हिंडेर आफ्नो काल छिट्टै निम्तायो । तेरै उमेरको छ होला त्यो, बहुलाहा केटो! छिट्टै मृत्युदण्ड पाउँछ त्यसले ।"

यति भन्दै वहाँले हाँस्दै भन्नुभयो, "पुरुषले एउटै मात्रै केटि विहे गर्नु पर्छ रे । अन्य स्त्रीलार्इ नराम्रो नजरले हेर्न पनि हुन्न रे ! एउटा पुरुष, एउटा स्त्री विहे गरेर जीवन बिताउनु पर्छ रे! हा हा हा हा~~~ ! पुरै बौलाइसक्यो त्यो, मर्छ अब छिट्टै।"

यति सुनेपछि मलार्इ मेरो पितासंग रिस उठ्यो तर उसले भनेको कुरा पनि हुन त कसैले मान्ने खालको थिएनन, पुरुषहरु एउटै स्त्रीसित मात्रै कसरि जीवन बिताउन सक्छन् ? कस्तो हुनै नसक्ने कुरा गरेको त्यसले ! तर मलार्इ यी कुराहरू अब भने अचम्म लाग्न थालेका थिए । साँच्चीकै यस्तो हुने हो भने त कति राम्रो हुन्थ्यो होला !

निकै पछि उ सित मेरो कुरा भयो, उसले म सित पानी मागेको थियो । पिताले थाहा नपाउने गरि मैले पानी दिएको थिएँ । 'म परमेश्वरसंग प्रार्थना गर्छु, प्रभुको विश्वास गर एक दिन तिमी देख्न सक्ने हुनेछौ ।' उसले भन्यो अनि पानी पियो । उसको घाँटी पानी पिउँदा क्लिकक्लिक बजिरहेको थियो जुन मलाइ अपूर्व मिठो संगीत लाग्यो। त्यो आवाज आज पनि मेरो कानमा गुञ्जि रहन्छ । उसले धन्यवाद भन्नु अघि नै मैले सोधें, "तिम्रो नाम के हो ?" 

"भ्यालेन्टिन" । उसले सहजै भन्यो।

"पादरी भ्यालेन्टिन", यो नामको त चर्चा पहिल्यै सुनेको थिएँ । सैनिकहरुले थाहा नपाउने गरि राति-राति चर्चमा युवा- युवतिको विवाह गराइदिने गर्छ रे यो पादरी । पर-पुरुषगमन र पर-स्त्रीगमनकोविरुद्ध सबैलाइ बुझाउँदै हिंड्छ रे! वहुविवाह गर्नु पाप हो, परमेश्वर त एउटै विवाह गर्नेसंग खुसी हुन्छन् र सुख समृद्धी दिन्छन्; भन्छ रे । उसलाइ भेट्नासाथ सैनिकले पक्डिन्छन् रे ! क्लाउडिएस् पनि उसंग अति नै रिसाएका छन् भन्ने मैले सुनेको थिएँ ।

म अाखाँ नदेख्ने भएकोले मलार्इ कसैले बिहे गरेका थिएनन् । त्यस्तै २५-२६ वर्षको भइसकेको थिएँ म, बेला बेला बिहे गर्ने रहर त लाग्थो । आफ्नै संगीहरुको बच्चाहरु ठुलठुला भइसकेका थिए। उनिहरु अाफ्ना जीवनसाथीसंग हुने रात्रिक्रिया पनि सुनाउँथे ! म सुनेर नै उत्तेजित हुन्थे र आफ्नो बिहेको कल्पना गरिबस्थें । मेरो दिमागमा भ्यालेन्टिन बसिसकेको थियो । पछि पछि म उ सित बिहे भएको कल्पना गर्थें ।

झ्यालखानामा हाम्रो दिनहुँ कुरा हुन थालेको थियो । मेरो पिता बाहिर गएको बेला पारेर उसलाइ आफ्नो खानेकुरा दिन्थें । पानी दिन्थें, उ मेरो साथी भइसकेको थियो । उसको कुरा अनौठो हुन्थो, बातै पिच्छे उ परमेश्वरको नाम लिन्थ्यो । व्यभिचारी स्त्री र वहु-स्त्रीगामी पुरुषलाइ उ घृणा गर्दथ्यो तर प्रेमको बारेमा अत्यन्तै मिठा कुरा गर्नसक्थ्यो उ । म उसको कुरामा निक्कै नै डुबिसकेको थिएँ, हो म उसलाइ माया गर्न थालेकी थिएँ ।

राज्यमा अशान्ती मच्चिरहेको समय थियो त्यो, सेनामा दिनहूँ भर्ति खुल्थे । सबै युवालाइ सैनिक बनाएर युद्धमा पठाइन्थो । क्लाउडिएसले कसैलार्इपनि बिहे गर्नबाट प्रतिबन्ध लगाएको थियो । बिहा गरेपछि परिवार, श्रीमती र सन्तानको मायाजालमा फँसेर आफ्नो सैनिकहरु युद्धमा जान नमान्ने र मर्न-मार्न नसक्ने हुन्छन् भनेर उसले कडाइकासाथ केटा -केटी भेट्न पनि नदिने उर्दि जारी गरेको थियो । उसको यो आज्ञा प्रजाहरुलाइ मन परेको थिएन र भ्यालेन्टिनले त झन उसको यो उर्दीको विरोध मात्रै गरेन बरू निकै युवा-युवति को परमेश्वर साक्षी राखेर विवाह गराइदिएको थियो । यो कुरा कसैले क्लाउडिएससम्म पुर्याइदियो र उसलाइ पक्राउ गरेर झ्यालखानामा कैद गरिएको थियो ।

इसा पुर्व २६९ फ्रेब्रुअरी १३ तारिक थियो त्यो दिन। पिताले मलार्इ भन्नुभयो, "भोली भ्यालेन्टिनलाइ मृत्युदण्ड दिइदैछ ।" यो सुन्नासाथ मलाइ रिगंटा लाग्यो र म बेहोस भएर ढल्न पुगें... होसमा आउँदा म कुनै वैद्यको वैद्यखानामा थिएँ । चमत्कार त के भएको थियो भने म देख्न सक्ने भएको थियो । म पहिलो पटक अाफ्नो पितालार्इ देखिरहेंको थिएँ, मेरो होस् आउँदा वहाँ निकै खुसी हुनुहुन्थ्यो झन मैले देख्न सकेको कुराले वहाँमा बेग्लै खुसी भरीएको वहाँको अनुहारबाट स्पष्ट बुझ्न सकिन्थ्यो । चिकित्सकले मेरो आखाँ पनि ठिक पारिदिएकोले पापाले उसलाइ निकै सिक्का दिनुभएको थियो । घर आउँदा रात हुनै लागेको थियो । मैले अचानक भ्यालेन्टिनलाइ सम्झिएँ... आखां देख्न सके पनि मलाइ संसार अन्धकार लाग्यो । मेरो सबै खुशी एकाएक हराए अनि म रुन थालें । मैले उसित छउञ्जेल आखाँ देखिनं, जब आखाँ देख्न सक्ने भएँ मेरो भ्यालेन्टिनलाइ मारिइसकिएको थियो । वर्षौ पछि पाएको दृश्य मलाइ रगंहिन लाग्नथाल्यो, जन्मेपछिको २६ वर्षसम्म रहेको मेरो अन्धोपना मै म धेरै अभ्यस्त भइसकेको थिए जिन्दगीका अनेक वस्तुस्थितिहरूसंग सामना गर्न । आज देख्न सक्ने भएर पनि म केहि देख्न नसक्ने भएको थिएँ, मैले देखें त केवल शून्यता र अन्धकार ! मेरो अाँखाको ज्योति अाएर पनि कहिल्यै उज्यालो देख्नै नसक्ने अन्धि भएँ म ।

निकै पछि म पितासंग झ्यालखाना गएँ, एउटा कैदिले मलाइ एउटा कागज दियो । "भ्यालेन्टिनले मलाई दिनु भनेको थियो रे! म अक्षर चिन्दिनथें । त्यो चिठ्ठीका अक्षरमा के लेखिएको थियो थाहा पाइन तर मलाइ त्यसमा प्रेम नै प्रेम लेखिएको छ जस्तो लाग्यो । मेरो भ्यालेन्टिन कस्तो थियो होला ? पक्कै उसको आखाँ शायद् यहि अक्षर जस्तै थियो होला ! बोलिरहे झै लाग्ने ! मलाइ नि हेरिरहे झै लाग्ने !" त्यो चिठ्ठीका प्रत्येक अक्षर लाइ चुम्बन गरे मैले । मेरो भ्यालेन्टिन अक्षर बनेर कागजमा हासिरहेको थियो ।

कागजमा बसेको भ्यालेन्टिनलार्इ कसैले नदेखोस् जस्तो लागेर मैले कसैलाइ पढ्न लगाइन त्यो चिठ्ठी । पितासंग जिद्दी गरेर अक्षर सिक्न थालें । राम्रोसंग अक्षर पढ्न सक्ने हुञ्जेल एक वर्ष बितिसकेको थियो । भ्यालेन्टिनको एक एक कुरा सम्झिदैं भक्कानो तारन्तार फुटिरह्न्थ्यो मेरो, तर प्रेमपत्रमा अक्षर बनेर मेरो प्रिय भ्यालेन्टिन बाँचेको छ जस्तो मानेर चित्त बुझाउँथे।

ठिक एक वर्षपछि फ्रेब्रुअरी १४ मा म उत्तरी भेगको रोम नदि छेउ गएँ, पत्र बोकेर ! मिल्भिएन पुलको छेउमा उसको शव गाडिएको थियो । त्यहि पुगें र उसको चिहान मा एउटा रातो गुलाब चढाएर भुइँमा अाफ्नो शरिर मिल्काइदिएँ । भावविभोर भएर छाति पिटि-पिटि आँशु बगाएँ, त्यसदिन म खुब रोएँ । उसको पत्र पढ्न भनेर साँचेको दिन थियो र पढें....

♥♥♥♥♥♥♥♥♥♥♥♥♥
प्रिय जुलिया !

तिमीले आखाँ देख्न सक्नेछौ एक दिन । मलाइ परमेश्वरमाथी भरोसा छ । म मेरो अन्तिम समयसम्म पनि उहाँसंग तिम्रोलागि प्रार्थना गर्नेछु। मर्ने बेलाको अन्तिम इच्छा त परमेश्वरले अवश्य पुरा गर्दिनेछन् । मैले तिमीलाइ एकदमै मन पराउँथे । म परमेश्वर र आफुलाइ जति माया गर्छु त्यो भन्दा पनि बढि त तिमीलाइ गर्छु। मलाइ थाहा छ तिमीले पनि मलार्इ असाध्यै माया गर्छौ । जुलिया ! मलाइ विश्वास छ मेरो यो पत्र तिमी आफ्नै आखाँले पढ्नेछौ ।

प्रेमको कुरा गर्नाले , प्रेमपूर्ण एउटै विवाहको पक्ष लिनाले शासकहरुले मलाइ मार्दैछन् । तर प्रेमलाइ कसैले मार्न सक्दैनन् । स्त्री-पुरुष परमेश्वरको महान् सृजना हुन् । यिनीहरुको प्रेमलार्इ कुनै सम्राटले निषेध गर्न सक्नेछैन । जुलियाप्रेमलाइ आखाँले देख्न सकिन्न। यसको महशुस हृदयमा, श्वाँस-श्वाँसमा भइरहन्छ । म पनि तिम्रो हृदयको प्रेम हुँ जसलाइ आखाँले देखिन्न, त्यसकारण मलार्इ देख्न नपाएकोमा दु:खी नबन। म यहि प्रेमपत्रमा बसिरहेको हुनेछु।


-तिम्रो भ्यालेन्टाइन 
♥♥♥♥♥♥♥♥♥♥♥♥♥

म चेतशून्य भएछुँ। एउटा दूर्लभ कहानी पढें भन्ने कुरो अाफैलार्इ पत्याउन गाह्रो भइरहेको थियो । तेस्रो शताब्दीको त्यो प्रेम कहानी अंग्रेजी भाषामा लेखिएको थियो । यी पानाहरु त्यो प्रौढलाइ नदिएकोमा आफैलाइ धन्यवाद दिएँ, शायद् मैले कुनै छल गरीन । कोठामा फर्किंदा ट्रेन भरि मभित्र अनेकौं ख्याल आइरहे । तेस्रो शताब्दी देखि अहिले एक्काइसौं शताब्दी सम्म त्यहि प्रेम र प्रेमीको सम्झनामा मनाइदै आएको प्रणय दिवसप्रति आस्था पैदा भयो मभित्र। धन्यवाद । 

-राजु पुडासैनी
चार्टर्ड अकाउण्टेण्ट
मुम्बर्इ, महाराष्ट्र, भारत
[email protected]

----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 113.6
  • 114.2
  • European euro
  • 129.59
  • 130.27
  • UK pound sterling
  • 147.16
  • 147.94
  • Swiss franc
  • 114.33
  • 114.94
  • Australian dollar
  • 81.69
  • 82.12
  • Canadian dollar
  • 85.67
  • 86.12
  • Singapore dollar
  • 83.78
  • 84.22
  • Japanese yen (10)
  • 10.38
  • 10.43
  • Chinese renminbi (Yuan)
  • 16.76
  • 16.85
  • Saudi Arabian riyal
  • 30.29
  • 30.45
  • Qatari riyal
  • 31.19
  • 31.36
  • Thai baht
  • 3.58
  • 3.6
  • UAE Dirham
  • 30.93
  • 31.09
  • Malaysian ringgit
  • 27.62
  • 27.77
  • Korean Won (100)
  • 10.12
  • 10.18
  • Swedish Krone
  • 12.64
  • 12.7
  • Danish Krone
  • 17.36
  • 17.45

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम