सुरीला विवेक लामासंगको विशेष कुराकानी | Hamro Patro

ब्लग - साहित्य / द भ्वाइस अफ नेपाल

सुरीला विवेक लामासंगको विशेष कुराकानी




   Suyog Dhakal - Nov 18 2018

भूकम्प भन्दा केही मात्र अघि उनका साथीहरु लगायतका १८ बन्दिलाई भद्रगोल कारागार चलान गरियो । भूकम्पमा भद्रगोल कारागारका बन्दिगृहहरुका भित्ता भत्केर त्यसमा चेपिएर मृत्यू भएका १८ जना बन्दिहरुमा विवेकका ति ४ जना मित्रहरु पनि थिए ।



"द भ्वाइस"का विवेक लामा ब्लाइण्ड अडिशनबाटै निकै चर्चामा छन् । उनको गायन, प्रस्तुति अनि आफ्नो पृष्ठभूमिका कुराले गर्दा । ब्लाइण्ड अडिशनमा आँउदै विवेकले आफ्नो एक दशक लामो कारावास जीवनबारे खुुलेर कुरा गरे । द भ्वाइसको स्टेजमा विवेकले ब्लाइण्ड अडिशनमा कालजयी गीत "मलाई माफ गरिदेउ" प्रस्तुत गरेर कोचहरुको मन जित्दै गर्दा यता रेड रुममा रहेका उनका साथीहरु खुशीका अाँशुले रोइरहेका थिए ।

हेर्दै गर्दा लाग्थ्यो सङ्गीत र कलाको ताकत शायदै अरु केहीमा होला! त्यही सङ्गीतले उता कोच अनि दर्शकको मन जितिरहेको थियो अनि त्यही सङ्गीतको हर्षमा विवेकका साथीहरु खुशीले बिभोर भएर आँशु थाम्न सकिरहेका थिएनन् ।

विवेकको म्यूजिकल कमब्याक एकदशक पछिको भएपनि उनी कारावास जानुअघिदेखि रेष्टुरेन्टहरुमा ब्याण्ड बनाएर गाउने गर्दथे ।

आज विवेक कोच अभयाद्वारा सेभ भएका छन्, उनको प्रस्तुति आज अद्वितिय थियो अनि त्यतिकै रोचक थियो उनको गीतको सर्मपण । गीत उनले सगौरव समर्पण गरिदिए सम्पूर्ण भूकम्प पीडितहरु अनि विशेष आफ्ना केही साथीहरुलाई जसलाई उनले भुकम्पमा गुमाए । विवेक कार्यक्रम पश्चात् निस्कनासाथ हामीले उनलाई गीत अनि समर्पणकाबारेमा सोध्न चाह्यौं । उनमा जीतको खुशी थियो अनि जब जब हामीले समर्पण गीत अनि उनले गुमाएका साथीहरुको कुरा गर्यौं, उनी भावुक भइदिन्थे ।

उनले क्रमशः खोल्दै गए आफ्ना बिगत जब उनी विद्यालयजीवनदेखि नै गायनमा जुझारु र सक्रिय थिए । आफ्नो स्कूलमा लगातार ६ बर्षसम्म गायन प्रतियोगितामा उनी प्रथम भएका कुरादेखि कलेज समयमा गरीएका कन्सर्टलाई उनी सम्झिने गर्दछन् । बिसं २०६० अनि २०६१ मा नै यिनले बिभिन्न कन्सर्ट अनि रेष्टुरेन्टहरुमा गायन थालिसकेका थिए तथापी कुनै एउटा गल्तीले उनी दशक लामो कारावास सजायका भागेदार भए । हामीले ति कुरालाई उक्काउन चाहेनौं किनभने कसैको पनि मूल्याकंन र प्रतिबिम्ब एउटा गल्तीले हैन कि त्यसपछि उसले गर्ने काम अनि साधनाका आधारमा हुन्छ ।

अब कुरा भयो आजको गीतको, "समर्पण तिमीलाई गर्दैछु म" बहुतै शानदार अनि भावुक प्रस्तुति थियो आज, हामीले यो गीत गाइनु पछाडिका कुराहरु उक्काउन चाह्यौं ।

विवेक कारावास जीवनमा रहँदा उनका धेरै मिल्ने साथीहरु थिए कारागारमा । यो बिसं २०७२ सालको भूकम्प आउनु अघिको कुरा हो जब विवेक लगायत अन्य सबै साथीहरु दैनिकजसो भेटघाट र पत्राचार गर्ने गर्दथे । कारागारको जीवन सहज हुँदैन र त्यहाँ कुनै पनि नाता या सम्बन्ध निभाउन यहाँ बाहिर समाजमा झैं सरल हुँदैन, विवेक थप्दै गए । हामी दैनिक पत्राचार गर्दथ्यौं, कुरा हुन्थ्यो अनि विशेष कार्यक्रम या उपलक्ष्यमा माहौल जमाउन गीत सङ्गीतमा पनि जम्ने गर्दथ्यौं । भूकम्प भन्दा केही मात्र अघि उनका साथीहरु लगायतका १८ बन्दिलाई भद्रगोल कारागार चलान गरियो । भूकम्पमा भद्रगोल कारागारका बन्दिगृहहरुका भित्ता भत्केर त्यसमा चेपिएर मृत्यू भएका १८ जना बन्दिहरुमा विवेकका ति ४ जना  मित्रहरु पनि थिए ।

विवेकले आजको गीत समर्पण मार्फत सम्पूर्ण भूकम्प पीडित र मृतकका परिवारलाई शान्ति अनि सदभावको सन्देश दिन चाहेको बताए । हामीले कति चाँडै भुकम्प लाई भुल्दैछौं अनि भुकम्पले मारेका मान्छेहरु अनि पीडितका पीडाहरु पनि, विवेक भावुक देखिन्थे । उनी आफु भने भुकम्प आँउदा कारागार मैं रहेको बताए । आफन्त गुमाउनुको पीडा कस्तो हुन्छ त्यो मलाई थाहा छ र त्यस पीडाका बावजुद सम्पूर्ण भूकम्प पीडितमा आफ्नो सङ्गीतले एउटा मल्हम लगाउने मेरो प्रयास हो, विवेक भन्छन् ।

जे होस हामी सराहना गर्दछौं बिवेकको गायकीको अनि उनको Fights Back को ताकतको । द भ्वाइसको स्टेजमा गुञ्जेको त्यस गीतले भूकम्प पीडितका पीडामा एैक्यवद्धता भने जनाएको छ ।

हेर्दै रहौं द भ्वाइस अफ नेपाल, द भ्वाइसका लागि सुयोग ढकाल ।




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.