भारतको नयाँ दिल्लीमा रहेको दक्षिण एसियाली विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नेपाली कविता महोत्सव आयोजना गर्ने भएका छन् । नेपाली साहित्यको प्रवर्धन तथा पहुँच विस्तारका उद्देश्यका साथ वैशाख २९ गते नयाँ दिल्लीमा आयोजना हुन लागेको उक्त महोत्सवमा नेपाली साहित्यका प्रखर हस्तीहरूको जमघट हुने जानकारी आयोजक पक्षले दिएको छ ।
आयोजकका अनुसार नेपाल, भारत, अमेरिका, बेलायत, जापान आदि मुलुकमा रहेका कविहरूबाट प्राप्त नेपाली भाषामा लेखिएका कविताहरू मध्ये उत्कृष्ट तीसलाई महोत्सवमा सहभागिता गराइनेछ । प्रत्यक्ष कार्यक्रममा उपस्थित हुन नसक्ने कविहरूले भने इन्टरनेट (स्काइप) मार्फत आफ्ना रचना वाचन गर्नेछन् ।
प्रथम अन्तर्राष्ट्रिय नेपाली कविता महोत्सव-२०१७ नाम दिइएको उक्त महोत्सवमा कविता वाचनका अलावा प्रतिष्ठित सायित्यकार तथा विश्वविद्यालयका शिक्षक-प्रध्यापकहरूले साहित्य सम्बन्धि आफ्ना धारणा पनि प्रस्तुत गर्नेछन् ।
Liked by: