Aajako Rashifal | Daily Rashifal | आजको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय पनि प्राप्त हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ, संयम रहनु उचित होला ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । चलाखीपूर्ण बोलीले सङ्कल्प सिद्ध हुनेछ । शुभ कार्यमा मन पनि जानेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अधुरो वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । लगनशीलताले रोकिएका कामहरू अगाडि बढ्नेछन् । विश्वास गरेकाले साथ दिनेछन् ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मन खिन्न हुने स्थिति आउनेछ । मालसामान हराउन सक्छ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ, तर वैदेशिक क्षेत्रको काम बन्नेछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्म तथा सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । मिष्ठान्न भोजन पनि प्राप्ति होला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा वृद्धि पनि होला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ कार्यको थालनी होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजगता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन पनि खर्च हुनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यमा सफलता पाइनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ । मनमा उत्साह पनि छाउनेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । - ज्यो.प. नारायणप्रसाद दुलाल

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.