Mesh | Nepali Yearly Rashifal 2081 | मेष वार्षिक राशिफल २०८१

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

२०८१ सालमा मेष राशि हुनेहरूका लागि शुभ फलदायी नै रहनेछ । बृहस्पति र शनिको अनुकूलताले वर्ष भरिनै भाग्यमा वृद्धि हुनेछ । शुभ र मङ्गल कार्यको योग रहेकोछ । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । व्यवसायीका सन्दर्भमा नयाँ व्यक्ति र नयाँ कम्पनीसँग आवद्ध भइनेछ । सन्तान सुख पनि मिल्नेछ । राहुले भने अनावश्यक झमेलामा पार्नसक्छ ।
व्यापार/व्यवसाय
यो वर्ष आर्थिक स्तर पनि मिश्रित रहनेछ । पहिरन, स्टेसनरी, प्रेस, तथा स्वास्थ्य व्यवसायीलाई राम्रो फाइदा हुनेछ । खानेकुरा, पर्यटक र दलाली कारोबार त्यति राम्रो रहने छैन । शेयर बजार भने सुझबुझ र अनुभवमा भर पर्ने हुन्छ । पार्टनरसिपमा गरेको कार्यमा पनि विवाद उत्पन्न हुन सक्छ अत: विचार पुर्याउनु पर्नेछ । आर्थिक दृष्टिले असार, माघ र फाल्गुन महिना बलियो रहनेछ भने जेठ, मङ्सिर र पुष महिना कमजोर रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेममा परेका व्यक्तिहरूले आफ्नो सम्बन्धलाई विवाहमा परिणत गर्न सक्ने र घर परिवारको समर्थन पनि लिन सक्छन् , तर जन्मकुण्डलीमा सप्तमेस कमजोर हुनेहरूलाई विवाद उत्पन्न हुन सक्छ र पारिवारिक मनमुटाब समेत बढ्न सक्छ साथै दाम्पत्य जीवनमा पनि मतभेद बढ्ने सम्भावना रहन्छ । टाढिएका मित्रसँग पुन: सम्बन्ध गाँसिन सक्छ । दाजु भाइसँग सम्बन्ध पनि बलियो नै हुनेछ ।

शिक्षा
वर्षको सुरुको महिनामा शैक्षिक क्षेत्र कमजोर रहन सक्छ । जति पढे पनि स्मरण गर्न गाह्रो हुने र पढाईमा ध्यानाकर्षण नहोला । मंसिर महिनाबाट भने पढाईमा राम्रो हुनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई राम्रै सफलता मिल्नेछ । आई. टी., स्वास्थ्य, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको शैक्षिक यात्रा तय हसक्नेछन् ।

पेशा/रोजगार
स्वास्थ्य र घरजग्गामा आवद्ध व्यक्तिहरूलाई राम्रो लाभ मिल्नेछ । शिक्षक तथा सुरक्षा निकायका कर्मचारीहरूलाई सरुवा र बढुवा हुनसक्छ । रोजगारकालागि विदेश जानेहरूका लागि राम्रो छ । सामाजिक क्षेत्रमा काम गर्नेहरूले राज्यबाट मान सम्मान पाउनेछन् । वैदेशिक रोजगार र न्यायिक क्षेत्र भने कमजोर नै हुनेछ ।

स्वास्थ्य
घरपरिवारको औषध उपचारमा खर्च बढ्नेछ । सानातिना चोट- पटकको भय रहनेछ । हृदय तथा मानसिक समस्या आउनसक्छ, अत: आफ्नो स्वास्थ्यप्रति सतर्कता अपनाउनु उचित होला ।

शुभ रङ्ग
पर्पल हरियो, रातो, पहेँलो र खैरो शुभ रङ्ग हो ।

शुभ अङ्क
१, ५, ७, र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । आइतबार भैरवजी र मङ्गलवार गणेशजीको दर्शन, पूजा र आरधना गर्नाले ग्रह पीडा कम हुनेछ । प्रत्येक आइतबार निमुखा पशु पक्षीलाई खानेकुरा दिने । आइतबार कै दिन वृक्षारोपण गर्नाले पनि भाग्यमा वृद्धि हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.