Singha | Nepali Yearly Rashifal 2081 | सिंह वार्षिक राशिफल २०८१

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

सिंह राशिका जातकका लागि समग्रमा २०८१ साल त्यति खास नरहला । शनि, बृहस्पति, राहु र केतुको प्रभावले वर्षभरी नै तपाईँलाई कमजोर बनाउन सक्छ, कार्यमा ढिलासुस्ती, आर्थिक नोक्सानी, वादविवाद, डर र चिन्ता जस्ता फल भोग्नु पर्ला, तर यदि जन्मकुण्डलीमा यी ग्रहहरूको अवस्था राम्रो भएमा नराम्रा फलको सामना गर्नु पर्दैन । राम्रो ग्रहले उच्च पद, प्रतिष्ठा र शुभ फल दिनेछन् । आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक समस्या बढ्न सक्ने देखिन्छ । सेयरबजार र धातु जन्य सामानको व्यवसायबाट नोक्सानी हुन सक्छ । खाद्यान्न, निर्माण, दलाली र तरल पदार्थमा गरेको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । यदि जन्म कुण्डलीमा बृहस्पति र शनि ग्रह स्वगृही, उच्च, मित्रगृही छ भने बृहस्पति र शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक र टेक्नोलोजी र शैक्षिक क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले असार, कात्तिक र फागुन महिनामा अधिक लाभ मिल्नेछ ।

प्रेम/सम्बन्ध
यो वर्ष प्रेम प्रसङ्गका लागि सामान्य रहेको छ अतः प्रेममा सफलता प्राप्त गर्न धैर्य र सत्यताको आवश्यक पर्दछ अन्यथा यसपालि प्रेम र मित्रताको बन्धमा दूरी बढ्न सक्छ, साथै पुरानो र नयाँ सम्बन्धमा मनमुटाव आउने र आफन्त पनि टाढिन्छन् । अत: नयाँ सम्बन्ध नजोडेकै राम्रो हुन्छ, तर जन्मकुण्डलीमा सप्तम भावको पोजिसन राम्रो भए आफ्नो अनुकूलताको शुभ फल पाइनेछ ।

शिक्षा
यो वर्ष राहु तथा केतुले गर्दा कतै नाम निकाल्न गारो पर्नेछ । स्वदेश तथा विदेश टाढिएर पढ्न गएका विद्यार्थीहरूलाई शैक्षिक क्षेत्रबाट मिहिनेत अनुसार सफलता नमिल्ला, तर भाषा र गणित विषयका विद्यार्थीहरूलाई विशेष सफलता मिल्नेछ । जेठ, र साउन महिनामा विद्यामा ह्रास आउनसक्छ । असार र भाद्र महिनामा राम्रो परिणाम आउनसक्छ ।

पेशा/रोजगार
कार्य क्षेत्रमा शत्रुबाधा हुनसक्छ । पेशा वा रोजगार वादविवादमा नपरेकै जति हुनेछ, अन्यथा दुख पाइने र अपजस खेप्नु पर्ला । दबाब र तनाव बढे पनि नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असोज महिनामा भने कमहरू अधुरै रहन सक्छन् ।

स्वास्थ्य
यो वर्ष मानसिक चिन्ता र समस्या बढ्न सक्छ । आफ्नै सानो हेलचेक्र्याइँका कारणले ठुलो नोक्सानी बेहोर्नु पर्ला । टाउको र आँखाको समस्या बढ्नसक्छ । रक्तसञ्चार, नसा, परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ, मानसिक चिन्ताबाट बच्न उचित परामर्श र आहार बिहार प्रति सजगता अपनाउनु पर्नेछ ।

शुभ रङ्ग
रातो, खैरो, कालो र सेतो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक विहीबार लक्ष्मीनारायणको र शनिवार हनुमानजीको दर्शन पूजा, आराधना एवं पूजा गर्नाले ग्रह पीडा कम भई शुभ फल मिल्नेछ । विपन्न वर्गका विद्यार्थीहरूलाई सहयोग गर्ने, अपाङ्गहरूलाई सहयोग गर्ने, ग्रह शान्ति, जप, पाठ र पूजा गराउने ग्रहपीडा कमभई अधिक सफलता मिल्नेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि आफ्नो पितृदेवको आशीर्वाद लिई गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.