Kanya | Nepali Yearly Rashifal 2081 | कन्या वार्षिक राशिफल २०८१

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूका लागि २०८१ साल दुखदायी नै रहनेछ, वर्ष भरीनै गोचर गर्ने राहु र शनिको कारणले आँटेको र गरेको कार्यबाट सफलता मिल्नेछ । रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । घरपरिवारमा माङ्गलिक कार्य आयोजना हुनेछ । नजिकैका व्यक्तिबाट भरपूर साथ र सहयोग मिल्नेछ । अकस्मात् सफलता मिल्ने र भाग्यमा वृद्धि हुनेछ । आर्थिक र वैदेशिक क्षेत्र पनि सबल हुनेछ ।

व्यापार/व्यवसाय
यो वर्ष आर्थिक पक्ष सबल नै रहने देखिन्छ । वैदेशिक लगानी र वित्तीय संस्थामा गरेको लगानीबाट निकै सफलता मिल्नेछ । उधारो र पुरानो ऋण तिर्न सकिनेछ । स्वास्थ्य तथा हार्डवेयर व्यवसाय फस्टाउनेछ । सेयरको कारोबार भने सूझबुझमा भर पर्छ, तर खाद्यान्न र कृषि व्यवसायबाट नोक्सानी हुन सक्छ । वैशाख, श्रावण र मंसिर महिनामा आर्थिक लाभ राम्रै मिल्नेछ ।

प्रेम/सम्बन्ध
सम्बन्ध सामान्य नै रहनेछ । वर्षको पूर्वार्द्धमा प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ, अतः प्रेममा सफलता प्राप्तगर्न धैर्य र सत्यताको आवश्यक पर्दछ । वर्षको उत्तरार्धमा भने प्रेमी / प्रेमिकाका बिच समझदारी बढ्ने र सम्बन्ध अझै प्रगाढ हुनेछ । कसै कसैले जन्मकुण्डलीमा गणगुण राम्रो हुन गाएमा प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सकिन्छ ।

शिक्षा
यो वर्ष विद्यार्थीहरूले परीक्षामा राम्रै अङ्कले सफलता हासिल गर्न सक्छन् । गणित र व्यवस्थापन क्षेत्रका विद्यार्थीले उच्च सफलता पाउनेछन् । स्वदेश विदेश पढ्न गएका विद्यार्थीहरूलाई भने शैक्षिक क्षेत्रबाट सोचे अनुरूप सफलता नमिल्नसक्छ । शैक्षिक क्षेत्रबाट असार र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्ष प्रतिश्पर्धिरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । कलाकारिता र प्राविधिक पेशामा आवद्ध व्यक्तिहरूको लागि निक्कै राम्रो हुनेछ । प्राविधिक क्षेत्रका पेशाकर्मीहरूले राम्रो सफलता हात पर्नेछ । नयाँ जागिरको अवसर मिल्नेछ र वैदेशिक रोजगारको सम्भावना पनि रहेको छ । असार र साउन महिनामा अधिक सफलता मिल्नेछ ।

स्वास्थ्य
यो वर्ष टाउको तथा आँखाको समस्या बढ्नसक्छ । परिवारको स्वास्थ्यमा धन खर्च बढ्नसक्छ । रक्तचाप र हृदय, नशा र हड्डीको समस्या पनि बढ्न सक्छ । अत: स्वास्थ्यप्रति सजग रहनु होला । छाला तथा प्रजनन समस्या भने समाधान हुनेछ ।

शुभ रङ्ग
हरियो, पहेँलो, कालो र पर्पल शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ५, ७ र ८ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
प्रत्येक शनिवार भैरवजीको दर्शन एवं पूजा गर्नाले ग्रहपीडा कमभई शुभ फल मिल्नेछ । हनुमानजीको दर्शन, पूजा, आरधना, पाठ गर्नाले पनि राम्रो हुनेछ । राहु र केतुको जप, पाठ र पूजा गराउने ग्रहपीडा कम हुनेछ । सत् मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भई भाग्यमा वृद्धि हुनेछ । कुनै शुभ कर्म गर्नुपूर्व या यात्रामा जानु अघि भैरवजी या शिवजीको स्मरण गर्नाले राम्रो हुनेछ ।
- ज्यो.प. नारायणप्रसाद दुलाल
977-9849559502
(अधिक जानकारीका लागि )


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.