Dhanu | Nepali Yearly Rashifal 2081 | धनु वार्षिक राशिफल २०८१

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

धनु राशि हुनेहरूका लागि २०८१ साल मध्यम रहनेछ । शिक्षाक्षेत्र र न्यायिक कार्यमा विशेष सफलता मिल्नेछ । शनिको प्रभावले आकस्मिक लाभ, सन्तान सुख, घरमा शुभकार्य र सफल यात्रा समेत हुनेछ, देवगुरु बृहस्पति, राहु र केतुको प्रभावले भने आरोप प्रत्यारोप, मानसिक चिन्ता बढ्नसक्छ । जन्म कुण्डलीमा बृहस्पति र राहु ग्रह बलवान हुने हरूले भने ग्रहको नराम्रा फलको सामना गर्नु पर्दैन ।

व्यापार/व्यवसाय
यसवर्ष व्यापार व्यवसायमा विशेष गरि कृषि, पशु, शिक्षाक्षेत्र, सूचनाप्रविधि लगायतका विषयमा लाभ मिल्नेछ, तर आफन्त सँगको आर्थिक लेनदेनको कारणले दूरी बढ्न सक्छ । शेयर बजारको लगानी पनि निकै राम्रो रहन सक्छ । घरजग्गा र निर्माणको क्षेत्रमा गरिएको लगानीबाट राम्रो प्रतिफल पाइनेछ । आर्थिक दृष्टिले साउन, कार्तिक र फाल्गुन महिना बढी राम्रो रहनेछ ।

प्रेम/सम्बन्ध
प्रेम सम्बन्ध र दाम्पत्य जीवनमा मतभेद र विश्वासमा कमी देखिनसक्छ । प्रेमी वा प्रेमीकाको सम्बन्ध कायम राख्न सहनशीलता हुन आवश्यक रहन्छ, नत्र चाँडो निर्णय लिने र फुर्सदमा पछुताउनु पर्ला । आफ्नो कामको सिलसिलामा घर परिवारबाट टाढा हुनु पर्ने बाध्यता आउनसक्छ । वर्षको अन्त्यमा भने प्रेम सम्बन्ध सुमधुर हुनेछ । सन्तानको रहर गर्नेले सन्तान सुख मिल्ने सम्भावना पनि रहेको छ ।

शिक्षा
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । अड्कीएका विषय उत्तीर्ण गर्न सकिनेछ । वैदेशिक क्षेत्रका शिक्षार्थीहरूलाई पनि राम्रै सफलता मिल्नेछ । शोध, स्वस्थ, प्राविधिक र इन्जिनियरिङका शिक्षार्थीहरूलाई अधिक राम्रो हुने र देश विदेशको यात्रा तय हुनेछन् । शैक्षिक क्षेत्रबाट जेठ, असोज र चैत्र महिनामा अधिक सफलता मिल्नेछ ।

पेशा/रोजगार
यो वर्षको ग्रह गोचर हेर्दा धेरै मिहिनेत र सङ्घर्ष गर्नु परे पनि नयाँ रोजगार पाइने र वैदेशिक क्षेत्रबाट पूर्ण सफलता मिल्नेछ । असारबाट नयाँ जागिर वा रोजगारको अवसरले पछ्याउनेछ । ठेक्का पट्टा र दलाली काम गर्ने व्यक्तिहरूलाई पनि राम्रो सफलता मिल्नेछ । राहु र केतुको कारणले भने विद्या र बुद्धिमा केही कमजोरी हुनसक्छ ।
स्वास्थ्य
स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । खानपानमा र यात्रा गर्दा बढी सतर्कता अपनाउन आवश्यक छ । हात गोडामा चोट लाग्न सक्छ । नासा तथा ग्यास्टिक रोगले सताउन सक्छ, र औषध उपचारमा खर्च बढ्नेछ । प्रजनन र हड्डीमा समस्या देखिन सक्छ, तर राम्रो स्वास्थ्यको लागि खानपिन र व्यायामको नियमित अभ्यास गर्नुहोला ।

शुभ रङ्ग
घ्यू रङ्ग, सेतो, पहेँलो, गुलाबी, निलो र हरियो शुभ रङ्ग हो ।

शुभ अङ्क
३, ६, ७ र ९ शुभ अङ्क हो ।

दर्शन/पूजा
गौ सेवा या वृद्धहरूलाई सहयोग गर्नाले मानसिक शान्ति मिल्नेछ । ग्रह पीडाबाट बच्न देवगुरु बृहस्पति, राहु र केतुको ग्रहशान्ति गराउँदा राम्रो हुनेछ । दुर्गाजीको आराधना, पूजा, जप, पाठ र उपासना गर्नाले ग्रहपीडा कम हुनेछ र भाग्यमा वृद्धि हुनेछ । वर, पिपल या अन्य वनस्पतिहरूको वृक्षारोपण गर्नाले पनि ग्रहवाधा कम हुने र भाग्यमा वृद्धि हुनेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.