Makar | Nepali Yearly Rashifal 2081 | मकर वार्षिक राशिफल २०८१

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशि हुनेहरूको लागि यो शुभ नै रहनेछ । वर्षभरि नै राहु र बृहस्पतिको प्रभावले रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछ । शुभ, धार्मिक यात्रा र मङ्गल कार्यको योग पनि रहनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला । केतु र शनिको साढेसातीले भने चिन्ता, नोक्सानी र कार्यसम्पादनमा उल्झन, बेलाबेलामा मनमा दुबिधा उत्पन्न हुनेछ अत: मिश्रित फल पाइनेछ ।

व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अत: बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । कृषि, पशु, इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । जग्गाजमिनको काममा भने विवाद बढ्न सक्छ, सेयर बजार अन्तर्गत बीमा क्षेत्र पनि त्यति राम्रो नहोला । आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।

प्रेम / सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । दाम्पत्य जीवन तथा प्रेमी / प्रेमिकाका सम्बन्धमा सामान्य उतारचढाव आउनसक्छ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन्, तर जन्मकुण्डलीमा सप्तम भाव बलियो भएका व्यक्तिहरूलाई भने कुनैपनि सम्बन्ध नराम्रो हुँदैन ।

शिक्षा
यो वर्ष मकर राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पढाई लेखाइको लागि विदेश जाने योग पनि छ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । चिकित्सा र डिजाइनका विद्यार्थीहरूलाई बढी सफलता मिल्ने देखिन्छ । भाषा र गणित विषय भने कमजोर रहनसक्छ ।

पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । अपजसको सामना गर्नुपर्ला । लगानी गरेको ठाउँबाट त्यति लाभ नमिल्ला, अत: लगानी गर्नु पूर्व विचार गर्नु पर्छ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । केतु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।
स्वास्थ्य
यो वर्ष शनि र केतुको कारणले स्वास्थ्यमा समस्या बढ्न सक्नेछ । प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । वायु विकारका साथै रक्त सम्बन्धी समस्या बढ्ने भएकाले आफ्नो खानपिन र स्वास्थ्यको विशेष ख्याल गर्नुहोला । अत: खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्ग
सेतो, पर्पल, रातो, र निलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ४, ६ र ८ शुभ अङ्क हो ।

दर्शन / पूजा / उपाय
ग्रह पीडा कमगर्न शनि र केतु सहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले राम्रो हुन्छ । प्रत्येक शनिबार असहायलाई सहयोग गर्दा पनि राम्रो हुनेछ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक सफलता मिल्नेछ ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.