Gorakhkali Puja/World Blood Donor Day | गोरखकाली पूजा/विश्व रक्तदाता दिवस | २०८१ जेठ ३२ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2024
    २०८१ जेठ
    ३२
    शुक्रवार
    Jun 14, 2024
    जेठ शुक्ल अष्टमी
    गोरखकाली पूजा/विश्व रक्तदाता दिवस ( Gorakhkali Puja/World Blood Donor Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    गोरखकाली पूजा/विश्व रक्तदाता दिवस





    गोरखकाली पूजा
    बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ ।बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ ।

    यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ ।

    गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ ।

    यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।

    गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ ।

    गोरख सन्देश
    गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –

    देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
    अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।।

    हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।

    गोरखकाली पूजाको असीम स्नेह ।

    विश्व रक्तदाता दिवस


    पृष्ठभूमि
    मानव रगत समूह पत्ता लगाउने वैज्ञानिक कार्ल ल्याण्डस्टिनरको जन्मदिन १४ जुनको अवसर पारेर हरेक वर्ष १४ जुन मा रक्तदाता दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००४ देखि यो दिवस मनाउन सुरु गरिएको इतिहास छ । यस दिवसलाई रक्तदान दिवस भनेर पनि मनाउने गरिन्छ । रक्तदाता दिवसका अवसरमा रक्तदान कार्यक्रम सहित रक्तदानको महत्त्वबारे जानकारी दिने खालका रयाली, कोणसभा, प्रभात फेरी लगायत चेतनामूलक कार्यक्रमहरू आयोजना गरिंदै आएको छ । रगतको महत्त्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरूको योगदानप्रति कृतज्ञता स्वरूप एक नायक अभियानका रूपमा यो दिवस मनाउने गरिन्छ । रक्तदानको आवश्यकताबारे जागरूकता बढाउन यो दिवस मनाइन्छ । 

    रक्तदान सम्बन्धी सामान्य जानकारी
    मानव रक्तसमुह ८ प्रकारका हुन्छन् र आफ्ना रगत समूह अनुसारका मेल खाने समूहहरूका रगत उनीहरूमा चढाइन्छ । यसरी रगत दिन या चढाउन अगावै दाताहरूको रगतमा कुनै सङ्क्रमण छ या छैन भनेर जाँच गरिन्छ । यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ ।

    रक्तदान नै जीवनदान हो ।
    केही कुराहरू पैसा तिरेर पनि पाँईदैन्, पसलमा बेचिँदैन अनि कतिकुराहरु बेलैमा नपाएमा मान्छेको जीवन जोखिममा पर्दछ । यिनै केही कुराहरूमा पर्न आउँदछ रगत । हरेक मान्छेको शरीरमा नशा नशामा कुदिरहेको, हरेक तन्तुहरूमा आवश्यक कुराहरू पुर्‍याइरहेको, शरीरको तापक्रम सन्तुलन गरिरहेको अनि हाम्रो प्राणतत्वको रक्षा गरिरहेको, रगत एक अपरिहार्य कुरा हो । दुर्घटना वा शल्यक्रिया लगायतका समयमा रक्तदान आवश्यक पर्दछ । स्मरण गरौँ कि आजको विश्वमा हामीहरू मध्य कोही पनि सुरक्षित छैनौ, हामीहरू सबै जना दुर्घटना वा रोगको सिकार हुन सक्दछौ र रगत हामीलाई या हाम्रा आफन्तलाई आवश्यक पर्न सक्दछ ।

    हामीहरूले रक्तदान गरेकै कारणले पनि एउटा आमाबुवाले आफ्ना बच्चा फिर्ता पाउँदछन्, एउटा परिवारले आफ्नो प्रिय सदस्यको जीवन पाउँदछ र समाजले अकालमै कोही सदस्य गुमाउन नपर्ने वातावरण हुन्छ । रक्तदान गर्नाले हाम्रो शरीरमा कुनै हानी गर्दैन र एक हिसाबको ताजगी र आत्मसन्तुष्टि प्रदान गर्दछ । कसैको ज्यान जोगाउन डाक्टर नै हुनपर्दछ भन्ने पनि त छैन, रक्तदाताहरू वास्तवमै भगवान् प्रतिरूपहरू हुन् ।

    नेपालमा पनि पछिल्ला समयमा रक्तदानका लागी स्वयम सेवी संस्थाहरू र सञ्जालहरू बढ्दै गएका छन् । आज हाम्रो पात्रो ती सबै संस्था र सञ्जालहरूलाई पनि सम्झना गर्न चाहन्छ, यूथ फर ब्लड, ब्लड पाल, हेल्थी सिटीजन नेपाल, रेड क्रस लगायत थुप्रै संस्था अनि सञ्जालहरूको रक्तदानलाई सहज पार्ने र जनचेतना फैलाउने कार्य वास्तवमै तारिफयोग्य छ । हामी मध्य केही सुई सँग डराउने या घोच्नुपर्ने भएकाले रक्तदान गर्न डराउँदछौ जुन अत्यन्त हास्यास्पद कुरा हो । रक्तदान अत्यन्तै सरल र सामान्य कुरा हो, जीवनको दान गर्न पाउनु भन्दा गर्वको कुरा के हुन सक्छ र रु

    तपाईँको आफ्नै भाइ या बहिनी या परिवारको सदस्यको ज्यान जोगाउनलाई रगत चाहिएमा के तपाई रक्तदान नगरी बस्नुहुन्छ रु त्यस्तै धेरै दाजुभाइ दिदीबवहिनीहरुलाई रगतको अभाव र आवश्यकता परिरहेको हुन्छ, रक्तदाताहरू वास्तवमै जीवनदाता हुन्, रक्तदान गर्न पछि नपरौँ ।रगत अभाव मुक्त नेपाल बनाउन सबै जना एकजुट हुन जरुरी छ । १८ वर्ष कट्नुभएका तपाईहामी सबैलाई एउटा प्रश्न छाडेर जान्छौ ?

    के रक्तदान गर्नुभएको छ त ? जय होस्

    हाम्रो पात्रोका लागि सुयोग ढकाल




    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.