Mokshada Ekadashi/Gita Jayanti/World AIDS Day | मोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस | २०८२ मंसिर १५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Nov/Dec 2025
    २०८२ मंसिर
    १५
    सोमवार
    Dec 01, 2025
    मंसिर शुक्ल एकादशी
    मोक्षदा एकादशी/गीता जयन्ती/विश्व एड्स दिवस ( Mokshada Ekadashi/Gita Jayanti/World AIDS Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    मोक्षदा एकादशी

    मोक्षदा एकादशी

    विशेष अडियो सामग्री

    श्रीकृष्ण उवाच:

    मार्गशीर्षे मासे कृष्ण पक्षे य: पिबेद्व्रतं।

    मोक्षदा नाम सा ज्ञेया सर्वपापप्रणाशिनी॥

    मार्गशीर्ष महिनामा कृष्ण पक्षको एकादशीका दिन मोक्षदा एकादशीको व्रत पालन गर्दा सबै पाप नाश हुन्छ। यस वर्षको पुण्य गीता जयन्ती र मोक्षदा एकादशीको अनेक शुभकामना ।

    आजको तिथिमा नै भगवान कृष्णले अर्जुनलाई गीताको ब्याख्या गर्न सुरु गर्नुभएको थियो ।

    मङ्सिर शुक्ल पक्षको एकादशीलाई किन गीता जयन्तीका रुपमा पनि मनाइन्छ ?

    श्रीमद्भागवत गीता महापुराणअनुसार मङ्सिर शुक्ल पक्षको एकादशीलाई मोक्षदा एकादशी भनिन्छ । महाभारत युद्धमा अर्जुनले आजकै दिन भगवान् श्रीकृष्णबाट गीताको उपदेश पाउनु भएको विश्वास गरिन्छ । मानवताको परिभाषालाई पुनर्व्याख्या गरेको गीताको उपदेश अर्जुनले पाएकाले यो दिनलाई गीता जयन्तीका रूपमा पनि लिने गरिन्छ ।

    एकादशीमा के के गरिन्छ ?


    हामीले यसअघि हाम्रो पात्रोमा एकादशीको महिमाहरूबारे चर्चा गरिसकेका छौँ । तपाईंहरुलाई पनि पक्कै थाहा छ, एकादशीमा विशेष भगवान विष्णुको पूजा गरिन्छ । आज विष्णु प्रतिमा स्थापना गरेर धूप, दीप, नैवेद्य चढाउने परम्परा रहेको छ । त्यस्तै, ब्राह्मणलाई भोजन गराएर दक्षिणा दिनाले धार्मिक फल प्राप्त हुने पनि विश्वास गरिन्छ ।

    धार्मिक दृष्टिकोणअनुसार एकादशीमा व्रत लिनाले सबै पापहरूबाट समेत मोक्ष प्राप्ति हुन्छ । अनि पापबाट मोक्ष प्राप्त हुने भएकाले आजको एकादशीलाई मोक्षदा एकादशी भनिएको विश्वास गरिन्छ । आजको दिन शुद्ध मनले व्रत बस्नाले पूर्वजहरूले समेत पापबाट मुक्ति पाउने र उनीहरूको स्वर्गको बास हुने धार्मिक मान्यता रहेको छ ।


    मोक्षदा एकादशीको व्रत कथा

    पौराणिक कथाअनुसार द्वापर युगमा गोकुल नगरमा वैखानस नाम गरेका राजा थिए । राजा वैखानसले एक पटक सपनामा आफ्ना पिता नर्कमा परेको र उद्धारका लागि आफूलाई अनुनय गरेको देखे । यस्तो सपना देखेपछि उनी चिन्तित भए, बिहानै उठेपछि राज्यसभाका गुरु पुरोहित तथा ब्राम्हणहरुलाई बोलाएर सपनामा देखेको कुरा उनले सविस्तार सुनाए । राजाको कुरा सुनेपछि गुरु पुरोहितहरूले पर्वत नाम गरेका एक तपस्वी ऋषिमुनिलाई भेटे र उद्धारको तरिका सिक्न खोजे ।

    ती ऋषिले वैखानसलाई उनका पिताले पूर्व जन्ममा गरेको पापबारे बताए, त्यसका कारण नर्क भोग्नु परेको सविस्तार वर्णन गरे । अनि यसबाट पितालाई मुक्त गर्न मङ्सिर शुक्ल एकादशी अर्थात् मोक्षदा एकादशीको व्रत लिनु पर्ने बताए । ती ऋषिको अनुसार वैखानसले मोक्षदा एकादशीको व्रत बसे, पितालाई नर्कबाट उद्धार गरे ।


    त्यही बेलादेखि भक्तालुहरूले आफ्ना पितृको उद्धारका लागि मोक्षदा एकादशीमा व्रत बस्ने गरेको मानिन्छ ।

    गीता जयन्ती

    गीता जयन्ती

    विशेष अडियो सामग्री

    कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

    मा कर्मफलहेतुर्भूर्मा ते संगोअस्त्वकर्मणि

    श्रीमद्भागवत अध्याय २ श्लोक ४७०


    अर्थात् काम गर्नुस् तर फलको अपेक्षा नराख्नुस् । तपाईँले जति फल पाउनु पर्ने हो, त्यति नै पाउनु हुन्छ । कहिले नै हार नमान्नुहोस् र सदैव अगाडि बढ्नुहोस् ।


    आज गीता जयन्ती । गीता जयन्तीको अवसरमा सनातन हिन्दु दर्शनको एउटा अनुपम ग्रन्थ गीताको अनुग्रह र ज्ञान सबैलाई मिलोस् भन्ने हाम्रो पात्रो परिवार कामना गर्दछ । गीताको महत्त्व र यसको दार्शनिकबारे विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले पनि स्वीकार गरेको विषयमा यदाकदा चर्चा हुने गरेको छ । यसको महत्त्वलाई थप प्रभावशाली बनाउन र थप वृहत् बनाउन आज गीता जयन्ती मनाउने गरिएको हो ।

    ५ हजार वर्ष अगाडिको पवित्र ग्रन्थ गीता

    आजभन्दा ५ हजार वर्ष पहिले अर्थात् कलियुगको आरम्भमा आजकै दिन भगवान् श्रीकृष्णले अर्जुनलाई गीताको सार सुनाउनु भएको विश्वास गरिन्छ । अनि यसैले गर्दा विश्वमा अहिले पनि गीताका उपदेश र सन्दर्भका कारण मानवीयताका परिभाषाहरूले अझ उच्चतम विश्वास पाउँदै गएका छन् ।


    मोक्षदा एकादशीको आजको दिनलाई गीता जयन्ती किन मानिएको पनि हुनसक्छ भने गीताले मानिसलाई मोक्ष प्राप्त गर्ने बाटोमा अग्रसर बनाउँछ भन्ने विश्वास गरिन्छ । सम भाव, अन्याय, अत्याचाररहित समाजको कल्पना गराउने, यसको विशिष्टताको व्याख्या गर्ने विश्वकै पुरानो ग्रन्थमध्ये एक गीताको पृष्ठभूमि पनि महाभारतको युद्ध नै हो ।

    आजभन्दा झन्डै ५ हजार वर्ष पहिले सुनाइएको गीताको यो सार र सन्देश आज कलियुगमा पनि उत्तिकै सान्दर्भिक छ, उत्तिकै महत्त्व राख्छ र यसले संसारका सबै चेतनशील प्राणीले मनन गर्नु पर्ने शिक्षा दिन्छ । मानिसको आत्माले न जन्म लिन्छ न मर्छ, जे हुन्छ, त्यो सबै कुराका लागि राम्रो हुन्छ भन्ने भाव गीताले बोकेको छ ।


    हो, गीता हिन्दु धर्मावलम्बीहरूको ग्रन्थका रूपमा पनि लिइन्छ । तर, यसको शिक्षाले कुनै एउटा विशेष धर्मलाई मात्र संरक्षण र प्रोत्साहन गर्दैन, यसले त मानव जीवनको सुन्दर पक्षलाई व्याख्या गर्छ । गीता ज्ञानको सबैभन्दा ठुलो भण्डारण हो, हामी सबैको सम्पत्ति र अटुट ज्ञानको स्रोत हो । गीता जयन्तीको उपलक्ष्यमा हाम्रो पात्रो परिवारको तर्फबाट सबैलाई शुभकामना ।

    विश्व एड्स दिवस

    विश्व एड्स दिवस

    विशेष अडियो सामग्री

    एड्सको महामारीलाई अन्त हुन नदिने असमानताहरूलाई अन्त गर्न जरुरी छ । हामी तिनी असमानताहरूलाई सामना गर्न सक्छौँ भन्ने विश्वास हामी सबैमा आवश्यक छ । यो विश्व एड्स दिवस, १ डिसेम्बरमा यूएनएड्सले हामी सबैलाई असमानताहरूलाई सम्बोधन गर्दै एड्सलाई रोक्न आग्रह गरेको छ ।

    एचआइभी एड्सका बारेमा जनचेतना

    विश्व एड्स दिवसले हामीलाई प्रथमतः यौन स्वास्थ्य अनि प्रजनन अधिकार एवं प्रजनन स्वास्थ्यका कुराहरू खुलेर गर्न आव्हान गर्दछ, रातो रिबन राखिएको विभिन्न ब्यानरहरू, चिह्नहरू अनि प्रवर्द्धनात्मक साम्रगीहरु बोकेर विभिन्न र्‍याली, भेला, गोष्ठीहरू आयोजना गर्दै एचआइभी एड्सका बारेमा जनचेतना फैलाइन्छ । एचआइभी र एड्स दुइटा भिन्न कुराहरू हुन्, एचआइभी एउटा भाइरस हो जसको कारणले एड्सको अवस्थामा पुर्‍याउँदछ । एचआइभीलाई अहिले संसार भरिनै एउटा रोग भन्दा पनि सङ्क्रमणका रूपमा हेरिन्छ । हरेक एचआइभी सङ्क्रमितहरू एड्स लागेका होइनन् । आजभोलि विभिन्न सरकारी स्वास्थ्य संस्थाहरूमा निःशुल्क पाइने ओखतीको नियमित सेवन र स्वास्थ्य जीवनशैली अपनाएर एचआइभी सङ्क्रमितहरू अन्य सरह सहज र लामो जीवनको सुनिश्चितता प्राप्त गरिरहेकाछन् ।

    नेपालमा आप्रवासन र एड्सको सङ्क्रमण

    नेपाल र भारतको खुल्ला सीमा अनि मौसमी कामका लागी भारत तथा वैदेशिक रोजगारीका लागि जाने नेपाली युवाहरूको लस्कर लामै हुने भएकाले अनि ती यूवाहहरुलाई यौनजन्य सङ्क्रमण लगायत एचआइभीको बारेमा जानकारी दिन नसकेकाले पनि उनीहरू यस्ता जोखिमपूर्ण यौन क्रियाकलापमा संलग्न हुन्थे । फर्कँदा रगतमा एचआइभी सङ्क्रमण लिएर फर्कने यो जमातले आफ्ना श्रीमतीहरूमा यो सङ्क्रमण जानअञ्जानमा सार्न पुग्दथे । त्यसपश्चात् जन्मेका धेरै एचआइभी सङ्क्रमित बालबालिकाहरू आज पनि हामीमाझ समाजभित्रै छन् । उनीहरूमध्ये अधिकांश अनाथ छन् र उनीहरूको उचित शिक्षा अनि सहज जीवनयापन अझै पनि सुनिश्चित गर्न नसकिएकोमा आजको यो दिन अर्थात् विश्व एड्स दिवसमा थप पैरवी अनि प्रभावकारी सकारात्मक कदमप्रतिको ऐक्यबद्धता जरुरी छ ।

    थ्री जिरो

    एचआइभीका कुरा गर्दा संसार भरिनै तिन वटा शून्य अर्थात् थ्री जिरोको अवधारणा अत्यन्त चर्चित छ:

    प्रथम शून्यले एचआइभी सङ्क्रमितको मृत्युदर शून्यमा पूर्याउने

    दोस्रो शून्यले नयाँ एचआइभी सङ्क्रमण दर शून्यमा पूर्याउने

    तेस्रोले एचआइभी संक्रमित प्रतिको भेदभाव दर शून्यमा पूर्याउने कटिबद्धता जनाउँदछ ।

    नेपालमा एक दशक अगाडी सम्म एचआइभी एउटा महामारीका रूपमा थियो, महामारी अर्थात् एपिडेमिक भनेको यस्तो सङ्क्रमण जुन जो कोहीलाई पनि हुन सक्दछ । बिस्तारै सरकारी अनि गैरसरकारी संस्थाहरूको सहयोग अनि लगानीका कारणले नेपालीहरूमा एचआइभीको ज्ञान र जनचेतनामा अभिवृद्धि हुँदै गएर आजका मितिमा एचआइभी एउटा केन्द्रित महामारी अर्थात् कन्सन्ट्रेड एपिडेमिक भएको छ । यो भन्नाले केही निश्चित समूहमा मात्र यो सङ्क्रमणको सम्भावना रहने र कूल जनसङ्ख्याको १ प्रतिशतभन्दा कमलाई मात्र महामारी भएको भन्ने बुझिन्छ, नेपालमा यसरी एचआइभीको जोखिममा धेरै भएका समूहहरूमा मुख्यतः

    १। वैदेशिक रोजगारीका क्रममा विदेश जाने कामदार र तिनका परिवारहरू

    २। पुरुषसँग शारीरिक सम्पर्क गर्ने पुरुषहरू

    ३। सुई द्वारा नशा सेवन गर्ने व्यक्तिहरू

    ४। असुरक्षित यौन कर्म गर्ने महिला यौनकर्मी र तिनका सेवाग्राहीहरू रहेका छन् ।

    एचआइभीसँग नजिकका मुद्दाहरू अनि यसका बहु आयामिक प्रभावलाई कम गर्न नेपाल सरकारले टेकुमा विशेष रूपमा एचआइभी र यौन रोगका मुद्दाहरूमा काम गर्न राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र स्थापना गरेको छ । एचआइभी सङ्क्रमितहरूलाई निःशुल्क रूपमा एआरभी भाइरस ओखती खान पाउने सुविधा धेरैजसो जिल्ला अस्पताल र अन्य स्वास्थ्यकेन्द्रहरुमा गरेको छ ।

    सुरक्षित यौन जीवनका लागि हरेक स्वास्थ्य चौकी र ओखती पसलमा कन्डम पाइन्छ भने बिस्तारै यौन, प्रजनन स्वास्थ्य, अधिकार तथा यौनजन्य सङ्क्रमणहरूमा खुल्लमखुल्ला कुरा हुन थालेको छ । स्कुलका पाठ्यक्रममा पनि यौनजन्य सङ्क्रमण र एचआइभीका कुराहरू पढाइनाले आउँदा पुस्ताहरू यस्ता जोखिमपूर्ण क्रियाकलापविरुद्ध समयमै सचेत गराउँदछ । आजको दिन विशेषतः एचआईभीका बारेमा धेरै जानकारी फैलाउने दिन भएकाले हाम्रो पात्रोमार्फत हामीले यी महत्त्वपूर्ण जानकारी प्रस्तुत गर्‍यौँ, यौनजन्य सङ्क्रमणबाट सबै सुरक्षित रहौँ ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.