हङ्कङ अपार्ट्मेन्टमा कम्तीमा ४४ को मृत्यु, अहिलेसम्म जे थाहा छ

हङ्कङ अपार्ट्मेन्टमा कम्तीमा ४४ को मृत्यु, अहिलेसम्म जे थाहा छ

bbc.com . १ घण्टा अघि

हङ्कङमा कैयन् अग्ला भवनहरूमा फैलिएको विनाशकारी आगलागीका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ।

विगत ६० वर्ष यता यहाँ भएको आगलागीमध्ये यो नै सबभन्दा भीषण भनिएको छ।

२७० जनाभन्दा धेरै मानिसहरू हराइरहेका अनि हजारौँ मानिस आश्रयस्थलमा बसिरहेको विवरण आएका छन्।

तस्बिरहरूमा कैयन भवन जलिरहेको अनि धुवाँका बाक्लो मुस्लो निस्किरहेको देखिन्छ।

आगो लाग्न सुरु भएको घण्टौँ पछि रात परेपछि समेत आगो दन्किरहेको थियो। करिब ७६० अग्निनियन्त्रकहरू खटाइएका छन्।

हालसम्म उक्त आगलागीलाई लिएर ३ जना मानिस पक्राउ परेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनाको अनुसन्धान थालिएको छ।

चिनियाँ राष्ट्रपति सी जिन्पिङ्ले 'आगो निभाउन खटिएका एकजना अग्निनियन्त्रक' सहित पीडितहरूप्रति समवेदना प्रकट गरेका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

ढाकामा व्यापारिक भवनमा आगलागी, कम्तीमा ४५ जनाको मृत्यु

रोहिन्ज्या शिविरमा भीषण आगलागी, हजारौँ शरणार्थीले गुमाए घर

कसरी लाग्यो आगो?

बुधवार स्थानीय समय दिउँसो २ बजेर ५१ मिनेट जाँदा ताइ पो इलाकास्थित वाङ् फुक कोर्ट नामक विशाल हाउजिङ् कम्प्लेक्समा आगो लाग्न सुरु भएको थियो।

वाङ् फुक कोर्टमा ८ वटा ३१-३१ तलाका अग्ला भवनहरू थिए। तीमध्ये आगलागीका कारण ७ वटा भवन प्रभावित भइसकेको ताइ पो डिस्ट्रिक्ट काउन्सिलर मुइ सिउ-फुङ्ले बीबीसी चाइनीजलाई बताए।

सन् २०२१ को जनगणनाअनुसार ती बहुतले भवनहरूमा १,९८४ वटा अपार्ट्मेन्ट रहेका थिए जहाँ ४,६०० मानिसहरू बस्थे।

सन् १९८३ मा बनाइएका ती भवनहरूमा मर्मत चलिरहेको थियो। भवनका बाहिरपट्टि बाँसका स्काफोल्डिङ् थिए अनि हरियो नेटले छोपिएका थिए। भिडिओ फुटेजहरूमा बाँसहरूबाट आगो चाँडो फैलिरहेको देखिन्छ।

केही सञ्चारमाध्यमहरूले त्यहाँका निवासीहरूलाई उद्धृत गर्दै जनाएअनुसार आगो लाग्नासाथ बज्नु पर्ने फायर अलार्म बजेको थिएन।

एक प्रारम्भिक अनुसन्धानमा त्यसरी द्रुत गतिमा आगो फैलनु अस्वाभाविक भनिएको हङ्कङका सुरक्षा अधिकारीले बिहीवार बिहान बताए। झ्यालहरूमा पोलिस्टिरिनको प्रयोग – जुन निकै ज्वलनशील हुन्छ – पनि यसको कारण भएको बताइएको छ।

हङ्कङको उत्तरी भागमा रहेको ताइ पो इलाका चिनियाँ मूलभूमिको सेन्जेन सहर नजिकै पर्छ।

आगो कति गम्भीर?

हङ्कङको अग्निनियन्त्रक विभागले उक्त आगलागीलाई 'लेभल फाइभ' स्तरको भनेको छ – जुन भनेको गम्भीरताको स्तरमा सबभन्दा उच्च हो।

आगो लागेको पहिलो सूचना आएको ४० मिनेटभित्र नै त्यसलाई 'लेभल फोर' घोषणा गरिएको थियो भने साँझ साढे ६ बजेतिर उक्त स्तर झन् माथि उक्लियो।

हङ्कङमा 'लेभल फाइभ'को आगलागी योभन्दा पहिला १७ वर्ष अघि भएको थियो।

भवनहरूभित्र विस्फोटका आवाजहरू आएको अनि अग्ला भवनका माथिल्ला तलासम्म आगो निभाउने पाइप सहजै पुर्‍याउन नसकिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अत्यधिक तापका कारण अग्निनियन्त्रकहरूलाई भवनमा पसेर उद्धार गर्न कठिनाइ भएको अग्निनियन्त्रक कार्यालयका उपनिर्देशक डेरेक आर्मस्ट्रङ् चानले स्थानीय सञ्चारमाध्यमलाई बताए।

"भवनबाट वस्तुहरू अनि त्यहाँ राखिएका स्काफोल्डिङ् खसिरहेकाले अग्रमोर्चामा खटिएका उद्धार कर्मचारीलाई थप खतरा भइरहेको छ," उनले भने।

कहिलेसम्म आगो पूर्ण नियन्त्रण हुन्छ भन्न नसकिने उनले बताए।

करिब ७६७ अग्निनियन्त्रकका साथै १२८ दमकल, ५७ एम्बुलेन्स तथा करिब ४०० प्रहरी त्यहाँ खटाइएका छन्।

प्रहरीले तीनजना पुरुषहरूलाई यो घटनाको सिलसिलामा पक्राउ गरेको छ। तीमध्ये दुईजना चाहिँ एक निर्माण कम्पनीका निर्देशकहरू हुन् भने अर्का चाहिँ इन्जिनियरिङ् कन्सल्ट्यान्ट हुन्।

आगलागीको यकीन कारण अझै स्पष्ट भइसकेको छैन।

निजी क्षेत्रमा अत्यासलाग्दो क्षति, कानुन व्यवस्था बहालीको आशमा व्यवसायी

सिंहदरबार, सर्वोच्च अदालत, संसद् र राष्ट्रपति कार्यालयमा आगजनीपछि सेनामाथि उठेको 'प्रश्न'

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.