अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोली हमलामा दुई जनाको मृत्यु, हमलाकारीबारे अहिलेसम्म के थाहा छ?

अमेरिकाको ब्राउन विश्वविद्यालयमा भएको गोली हमलामा दुई जनाको मृत्यु, हमलाकारीबारे अहिलेसम्म के थाहा छ?

bbc.com . ५ घण्टा अघि

अमेरिकाको उत्तरपूर्वी राज्य रोड आइल्याण्डको ब्राउन विश्वविद्यालय क्याम्पसमा भएको एक गोली हमलामा कम्तीमा दुई जना विद्यार्थीको मृत्यु भएको छ भने अन्य नौजना गम्भीर घाइते भएका छन्।

अस्पतालमा उपचाररत घाइतेहरूको अवस्था स्थिर रहेको बताइएको छ।

सो हमला भवनको पहिलो तल्लामा रहेको कक्षाकोठामा भएको थियो र त्यसका सबै पीडितहरू विद्यार्थी भएको देखिएको बताइएको छ।

गोली हमलापछि भवनबाट बाहिर निस्किरहेको देखिएका कालो पोसाक लगाएका एक पुरुषको व्यापक कारबाहीबीच खोजी भइरहेको जनाइएको छ।

उक्त हमला स्थानीय समय अनुसार दिउसो चार बजेर पाँच मिनेट जाँदा भएको थियो।

प्रोभिडेन्समा शनिवार भएको पछिल्लो हमलासँगै सन् २०२५ मा अमेरिकामा भएका सामूहिक गोली प्रहारका कुल सङ्ख्या ३८९ पुगेको छ।

अमेरिकामा गोलीकाण्डले कसरी स्कुले बालबालिकालाई असर गरिरहेको छ

अमेरिकामा बन्दुकबारे कडा कानुनको माग गर्दै हजारौँको प्रदर्शन

हमलाकारीको व्यापक खोजी

चार सय प्रहरी अधिकारीहरूले सन्दिग्ध व्यक्तिको खोजी गरिरहेका छन्।

जसक्रममा प्रोभिडेन्स सहरको ब्राउन विश्वविद्यालयको क्याम्पस नजिकैको क्षेत्र सिल गरिएको छ।

प्रहरीले ती सन्दिग्ध व्यक्ति भवनबाट बाहिर निस्कँदै गरेको दृश्य क्यामेरामा कैद भएको जनाउँदै ती व्यक्ति तीस वर्ष उमेर आसपासको देखिने जनाएको छ।

उक्त हमला परीक्षा भइरहेको कक्षा कोठाभित्र भएको थियो। खोजी जारी रहँदा विद्यार्थी र त्यहाँ रहेका अन्य व्यक्तिहरू आ-आफ्नै स्थानमा रोकिएका छन्।

अनुत्तरित प्रश्न

हमलाकारी को हुन् र अहिले कहाँ छन्? के बन्दुकधारी विद्यार्थी थिए र उनको के उद्देश्य थियो? कस्तो प्रकारको हतियार प्रयोग गरिएको थियो र त्यो हतियार कहाँ छ? भन्नेजस्ता प्रश्नको जबाफ अझै आइसकेको छैन।

त्यहाँका प्रहरी प्रमुखलाई उक्त हमलाको सम्बन्ध आतङ्कवादसँग रहे-नरहेको सोधिएकामा उनले त्यसबारे आफूहरूलाई "अझै थाहा नभएको" बताएका थिए।

अनुसन्धानकर्ताहरूलाई ती बन्दुकधारीले अरू कसैबाट मद्दत लिए-नलिएको बारेमा समेत केही थाहा नभएको प्रहरीले जनाएको छ।

गन भ्वायलेन्स अर्काइभ (जीभिए) का अनुसार शनिवार मृत्यु भएका ब्राउन विश्वविद्यालयका दुई विद्यार्थीहरू यस वर्ष अमेरिकामा भएका सामूहिक गोली हमलाका घटनामा ज्यान गुमाउने ३४५औं र ३४६औं व्यक्ति हुन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.