धेरैको ध्यानाकर्षण गर्न सफल नेपाल रहेको समूहमा अरू टोली कस्तो अवस्थामा छन्
जारी टी२० पुरुष विश्वकपमा निकै कठिन मानिएको समूह 'सी'का खेलहरू भइरहेका छन्।
दुई पटकको विजेता वेस्ट इन्डिजका सिमरन हेट्मायरले स्कटल्यान्डविरुद्ध ३६ बलमा ६४ रन बनाएर विश्वकपमा आफ्नो टोलीको लक्ष्य ठूलो रहेको सङ्केत गरेका छन्।
जारी विश्वकपका एकमात्र नयाँ टोली इटलीले आफ्नो पहिलो खेलमा पराजय खेप्नुपर्यो। बाङ्ग्लादेशको स्थानमा अन्तिम समयमा विश्वकपमा सहभागी हुने अनपेक्षित अवसर पाएको स्कटल्यान्ड उक्त खेलमा विजयी भयो।
पाकिस्तान टी२० विश्वकपमा भारतसँग खेल्न सहमत, बहिष्कार गर्ने निर्णय कसरी फिर्ता भयो
कहाँ चुक्यो नेपाल? इङ्ग्ल्यान्डसँगको खेलपछि उठेका प्रश्नको सम्भाव्य उत्तर
निकै रोमाञ्चक खेलमा नेपालले इङ्ग्ल्यान्डलाई कडा चुनौती दियो। अन्तिम बलसम्म नेपालले खेलको नतिजा आफ्नो पोल्टामा पर्ने सम्भावना कायम राखेको थियो।
मङ्गलवारको खेलमा दुई पटकको विश्वविजेतालाई दुई अङ्क बटुल्न त्यति सहज भएन। उक्त खेलमा देखाएको आत्मविश्वास र कौशलका कारण नेपाली खेलाडीहरूको सर्वत्र प्रशंसा भएको छ। नेपाली टोलीले धेरै खेलप्रशंसक र विश्लेषकहरूको ध्यानाकर्षण गर्न सफल भएको छ।
केही महिनाअघि नेपालले यूएईमा आयोजित तीन खेलको टी२० शृङ्खलामा वेस्ट इन्डिजलाई हराएको थियो। तर अहिले विश्वकपमा पूर्ण आत्मविश्वाससहित सहभागी भएको टोली अर्कै हो।
नेपालसँग पराजित टोलीमा भएका दुई खेलाडी मात्र अहिले वेस्ट इन्डिजको राष्ट्रिय टोलीमा छन्।
पहिलो खेलबाट हेट्मयारको विस्फोटक ब्याटिङ र रोमारियो शेफर्डको घातक बलिङ विपक्षी टोलीका लागि चुनौती बन्न सङ्केत देखिएको छ। शेफर्डले स्कटल्यान्डका पाँच खेलाडीको विकेट लिएका थिए।
टी२० विश्वकपको 'टाई शीट' नेपालका लागि कति सहज वा कठिन
टी२० विश्वकपमा नेपाल सुपर ८ मा पुग्ने प्रशंसकहरूको आशापछाडिका कारण
बाङ्ग्लादेशले प्रतियोगिता परित्याग गरेपछि भाग्यमानी टोलीका रूपमा विश्वकप खेल्ने अवसर पाएको स्कटल्यान्ड पनि उच्च मनोबलसहित मैदानमा ओर्लिएको देखिएको छ।
वेस्ट इन्डिजसँगको खेल गुमाएको भए पनि टोलीले इटलीलाई हराएर जितको मिठो स्वाद चाख्यो। स्मरणीय छ विश्वकपको युरोपेली छनोटमा इटलीसँग पराजित हुँदा स्कटल्यान्डको विश्वकपयात्रामा पूर्णविराम लागेको थियो।
सन् २०१६,२०२१, २०२४ र यसपालि गरी चौथो पटक विश्वकप खेल्दै गरेका ३२ वर्षीय जोर्ज मन्जीले इटलीविरुद्ध ५४ बलमा ८४ रन प्रहार गरेका थिए।
इटलीविरुद्ध २०० भन्दा बढी रन बनाउने क्रममा ब्र्यान्डम मक्मलनले १८ बलमा ४१ जोड्ने गरी विस्फोटक ब्याटिङ गरेका थिए।
घाइते इटली
इटली विश्वकपमा पहिलो पटक सहभागी भएको हो। उसका लागि मुम्बईयात्राको भावनात्मक महत्त्व पनि छ।
कोलकाताको ईडन गार्डनमा इटलीको राष्ट्रिय धुन बज्दा मैदानमा खेलाडी र रङ्गशालामा तिनका परिवारजन, अन्य अधिकारी र प्रशंसकहरूसँगै इटलीको राष्ट्रिय टोलीका प्रथम कप्तान फ्रान्सिस अल्फोन्सुस जयराजा पनि उभिएका थिए।
तर पहिलो खेलमै ४२ वर्षीय कप्तान बेयन म्याड्सन घाइते हुँदा टोली अप्ठेरोमा परेको छ। फील्डिङका क्रममा चौथो ओभरमा उनको बायाँ काँधमा चोट लागेपछि उनी मैदानबाट बाहिरिन बाध्य भए।
प्रतिस्पर्धात्मक खेलमा नेपाल इङ्ग्ल्यान्डसँग चार रनले पराजित
विश्वकप क्रिकेट पछ्याउँदै मुम्बईको माहौलमा रातो-नीलो जर्सी
आशावादी नेपाल
नेपालको दोस्रो खेल बिहीवार फेब्रुअरी १२ मा इटलीसँग हुने छ।
युरोपेली समूहमा स्कटल्यान्डजस्तो बलियो टोलीलाई पन्छाउन सफल इटली कमजोर पक्कै छैन। उक्त टोलीका खेलाडीहरू इङ्ग्ल्यान्ड र युरोपमा व्यावसायिक क्रिकेट खेल्ने गरेकोले अनुभवी छन्।
नेपाल र इटली दुवै असोसिएट राष्ट्र हुन् र अहिलेसम्म दुवै टोली अङ्कविहीन छन्।
नेपाली खेलाडी नन्दन यादवले इङ्ग्ल्यान्डसँ पराजित भएपछि आयोजित पत्रकार सम्मेलनमा नेपाल सूपर ८ को सम्भावना कायम रहेको बताएका थिए।
टी२० विश्वकपमा नेपालले टेस्ट राष्ट्रहरूलाई समेत हराउन सक्ने एन्ड्रू लिओनार्डको दाबी
भारतीय क्रिकेट कप्तान रोहितले नेपाली कप्तान रोहितलाई के भने?
"अङ्क जोड्न नसके पनि हामीसँग राम्रो रन रेट छ। यसले हामीलाई सूपर ८ मा पुग्न सहयोग गर्ने छ," आशावादी हुँदै उनले भनेका थिए।
रन रेटकै आधारमा इटली (-३.६५०) पुछारमा र नेपाल (-०.२००) चौथो स्थानमा छन्।
यद्यपि सूपर ८ को सम्भावना कायम राख्नका लागि नेपालले इटलीलाई जित्नु अनिवार्य छ।
अनि मात्र वेस्ट इन्डिजसँग खेल्दा नेपालसँग सम्भावनाको अङ्कगणित कायम रहने छ।
क्रिकेट असोसिएशन नेपाल (क्यान) का उपाध्यक्ष रोशन सिंह भन्छन्, "क्यानको लामो तयारी र खेलाडीहरूमा देखिएको सकारात्मक क्रिकेट शैलीले बाँकी खेलमा जित्ने मलाई विश्वास छ।"
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: