स्पेनमा उच्च गतिको रेल कसरी दुर्घटनामा पर्‍यो

स्पेनमा उच्च गतिको रेल कसरी दुर्घटनामा पर्‍यो

bbc.com . ५ घण्टा अघि

दक्षिणी स्पेनमा तीव्र गतिको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा २१ जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

उनीहरूका अनुसार दुर्घटनामा परी ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या अझै बढ्न सक्छ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका ३० जनाभन्दा बढी व्यक्तिको अस्पतालमा उपचार भइरहेको स्पेनका यातायातमन्त्री अस्कर पोएन्टेले बताए।

भारतमा रेलका डब्बा किन बारम्बार ट्र्याकबाहिर जान्छन्?

भारत रेल दुर्घटना: ‘म बाँचेँ तर म वरपरका धेरैले ज्यान गुमाए’

रेल्वे सञ्जाल सञ्चालक अडिफका अनुसार मालेगाबाट मड्रिडतर्फ गइरहेको उच्च गतिको एउटा रेल एडामुस नगरमा उछिट्टिएर अर्को ट्र्याकमा पुग्दा दुर्घटना भएको हो।

त्यसरी उछिट्टिएको रेल मड्रिडबाट ह्युएल्भातर्फ गइरहेको अर्को रेलसँग ठोक्किन पुगेको थियो।

'एकदमै विचित्र'

दुर्घटनामा कुल ७३ जना घाइते भएका आपत्कालीन सेवासम्बन्धी अधिकारीहरूले बताएका छन्।

एउटा सीधा लीकबाट अर्को लीकमा रेल पुगेको भन्दै मन्त्री पोएन्टेले घटना "एकदमै विचित्रको देखिएको बताए।

उनका अनुसार गत वर्षको मे महिनामा उक्त लीकको पुनर्निर्माण गरिएको थियो।

दुर्घटनाको कारणबारे अहिलेसम्म आधिकारिक रूपमा केही भनिएको छैन। कम्तीमा एक महिनाभन्दा पहिले अनुसन्धानको नतिजा आउने अपेक्षा गरिएको छैन।

स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मुलुकले "गहिरो पीडाको रात सहनुपर्ने" प्रतिक्रिया दिएका छन्।

मलागबाट रेल सञ्चालन गरेको निजी कम्पनी इर्‍योका अनुसार लीकबाट उछिट्टिएको रेलमा करिब तीन सयजना यात्रु थिए भने रेन्फे कम्पनीले चलाएको अर्को रेलमा करिब सयजना यात्रु सवार थिए।

दुर्घटनास्थलमा शुरूमै पुग्ने व्यक्तिहरूमध्ये एक एडामुसका मेअर राफाएल मोरेनले त्यसलाई "एउटा डरलाग्दो सपना"को सङ्ज्ञा दिएका छन्।

आपत्कालीन सेवा कार्यदलका अधिकारीहरूका अनुसार रेलको भग्नावशेषका कारण जीवित यात्रीहरूको उद्धारमा कठिनाइ भएको थियो।

दश मिनेटमै दुर्घटना

कोर्डोबाका अग्निनियन्त्रण प्रमुख फ्रान्सिस्को कारमोनाले स्पेनको सार्वजनिक प्रसारक आरटीभीईसँग भनेः "जीवित व्यक्तिसम्म पुग्नलाई हामीले अर्को एउटा शव हटाउनुपरेको थियो। त्यो एकदमै कठिन र पेचिलो काम रह्यो।"

अडिफका अनुसार मलागबाट ६ बजेर ४० मिनेटमा गुडेको रेल त्यसको १० मिनेटमै दुर्घटनामा पर्‍यो।

रेल सञ्चालक कम्पनीले पीडित परिवारका लागि विभिन्न चारवटा स्टेशनमा अस्थायी रूपमा बस्ने ठाउँको प्रबन्ध गर्न लागेको जनाएको छ।

दुर्घटनापछि मड्रिड र एन्डालुसिआबीच सञ्चालन हुने सबै रेल सेवा स्थगित गरिएको र सोमवार बन्द रहने अधिकारीहरूले बतएका छन्।

प्रभावित यात्रुहरूका निम्ति भने टर्मिनलहरू रातभरि खुला राखिने कम्पनीले जनाएको छ।

दुर्घटनामा परेको रेल फ्रेचा १००० हो, जुन प्रतिघण्टा ४०० किलोमिटरको गतिमा गुड्न सक्ने इटालिअन रेल निर्माण कम्पनीका एक प्रवक्ताले समाचार संस्था रोएटर्सलाई बताए।

स्पेनी रेडक्रसले घटनास्थलमा सहायता सेवा सञ्चालन गरेको छ भने नजिकका पीडित परिवारलाई परामर्श सेवा दिइँदै छ।

रेडक्रसका मिगुएल एन्जेल रोड्रिगुएजले आरएनई रेडिओसँग भनेः "पीडित परिवारहरू सूचना अभावका कारण ठूलो तनावबाट गुज्रिरहेका छन्। एकदमै तनावपूर्ण क्षणहरू रहेका छन्।"

स्पेनका राजा फिलिप छैटौँ र महारानी लेटिट्सिआले "गहिरो चासोका साथ" दुर्घटनाको समाचारलाई पछ्याइरहेको बताएका छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
उस्तै समाचारहरू
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.