इरानसँग अमेरिका–इजरेल युद्धको तेस्रो दिन, अहिलेसम्म के जानकारी छ

इरानसँग अमेरिका–इजरेल युद्धको तेस्रो दिन, अहिलेसम्म के जानकारी छ

bbc.com . २ घण्टा अघि

अमेरिका–इजरेल र इरानबीचको युद्ध तेस्रो दिनमा प्रवेश गरेको छ र सबै पक्षबाट ठूलो मात्रामा हवाई आक्रमण भएको छ।

विकसित भएका पछिल्ला घटनाक्रम:

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भिडियो सम्बोधनमा 'आफ्ना सबै उद्देश्य पूरा नभएसम्म' इरानविरुद्ध "सैन्य कारबाही" जारी रहने बताएका छन्।

अमेरिकी सेन्ट्रल कमान्डले इरानमाथिको आक्रमणका क्रममा ३ जना अमेरिकी सैनिकको मृत्यु भएको र ५ जना गम्भीर घाइते भएको पुष्टि गरेको छ र राष्ट्रपति ट्रम्पले अमेरिकी सैनिक 'थप हताहत' हुन सक्ने बताएका छन्।

सोमबार बिहानै इजरेलले लेबनानमा हिजबुल्लाहको निशानाहरूमाथि आक्रमण गर्न सुरु गरेको जनाएको छ, उक्त लडाकु समूहले इजरेलमाथि रकेट प्रहार गरेपछि त्यस्तो कदम चालिएको उसको भनाइ छ।

इरानी अधिकारीहरूले छात्राहरूको विद्यालयमा भएको अमेरिकी हमलामा १५३ जना मारिएको जनाएका छन्। इरानका राष्ट्रपति मसुद पेजेस्कियनले उक्त घटनालाई 'बर्बर कार्य' को संज्ञा दिएका छन्।

इरानी क्षेप्यास्त्र प्रहारमा कम्तीमा ९ जनाको मृत्यु भएको इजरेलको आपत्कालीन स्वास्थ्य सेवा मेगन डेभिड अडोमले जनाएको छ। युद्ध सुरु भएयता इजरेलमाथि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण हो।

संयुक्त अरब इमिरेट्स (यूएई) ले शनिवारदेखि इरानको जबाफी आक्रमणमा ३ जना मारिएको जनाएको छ भने बहरिन, इराकी सहर इरबिल र जोर्डनमा पनि विस्फोटनको जानकारी प्राप्त भएको छ।

सोमबार बिहान एसियामा बजार खुलेसँगै विश्वव्यापी रूपमा तेलको मूल्य वृद्धि भएको छ

ब्रिटेनका प्रधानमन्त्री सर किअर स्टार्मरले ब्रिटेनले अमेरिकालाई ब्रिटिश सैन्य आधारबाट प्रतिरक्षात्मक कारबाही गर्न अनुमति दिने तर 'अहिले आक्रामक कारबाहीमा सामेल नहुने' बताएका छन्।

आरएएफले साइप्रसस्थित आफ्नो आधारमा भएको 'शङ्कास्पद' ड्रोन आक्रमणको जबाफ दिइरहेको पुष्टि गरेको छ

हिजबुल्लाहले इरानको तर्फबाट प्रहार गरिरहेको आईडीएफको आरोप

बेरुतबाट बीबीसीकी सामन्था ग्रानभिलका अनुसार इजरेलतर्फ गरिएका प्रहारको जवाफमा लेबनानमा रहेका हिजबुल्लाहका आधारहरूमा आक्रमण थालेको इजरेली सेनाले घोषणा गरेको छ।

इजरेली डिफेन्स फोर्स (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै हिजबुल्लाहले इरानको तर्फबाट कदम चाल्दै इजरेली नागरिकलाई निशाना बनाएको आरोप लगाएको छ।

"कारबाही इजरेलप्रति 'हिजबुल्लाहले गरेको प्रहारको जबाफमा" गरिएको विज्ञप्तिमा उल्लेख छ।

इरानी आक्रमणको मार अमेरिकाका खाडी सहयोगी राष्ट्रहरूमाथि

यूएईमा इरानी ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन विदेशीको मृत्यु

उसले उक्त समूहको "अभियानमा सामेल हुने निर्णय" विरुद्ध कदम चाल्ने र हिजबुल्लाहलाई उत्तरी इजरेलको लागि खतरा सृजना गर्न नदिने बताएको छ।

आईडीएफले हिजबुल्लाहको कामले लेबनानमा थप विनाश निम्त्याउने जोखिम रहेको र निरन्तर आक्रमणको जोडदार जबाफ दिने बताएको छ।

प्रत्यक्षदर्शीहरूले बेरुतको दक्षिणी भागमा आक्रमण भएको जानकारी दिएको रोएटर्स समाचार संस्थाले जनाएको छ।

विस्फोटको आवाजसँगै ब्युँझिए बेरुतका बासिन्दा

इजरेली सेनाले हिजबुल्लाहका आधारहरूमा आक्रमण थालेपछि स्थानीय समयअनुसार बिहान ३ बजेभन्दा केहीअघि सहरमा विस्फोटको शृङ्खलाले त्यहाँका बासिन्दाहरूलाई ब्युँझाइदिएको छ।

हिजबुल्लाहले एक विज्ञप्ति जारी गरी इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्याको बदलामा आफूले कारबाही गरेको र त्यसलाई 'आत्मरक्षाको वैधानिक कदम' भनेको छ।

लीज डूसेट: एक असाधारण समय जसका निम्ति इरानले गरेको थियो तयारी

'विस्फोट भएको सुन्दा डर लाग्छ': लडाइँ चर्किएपछि खाडीमा रहेका नेपालीहरू चिन्तित

उसले उत्तरी इजरेलमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा स्थल लक्षित गरेर 'रकेट र ड्रोन समूहको सटीक' प्रक्षेपण गरेको बताएको छ।

इजरेल र लेबनान सन् २०२४ मा अमेरिकी मध्यस्थतामा युद्ध विरामका निम्ति सहमत भएका थिए, जसले हिजबुल्लाहसँग एक वर्षभन्दा लामो समयदेखिको लडाइँ अन्त्य गरिदिएको भयो।

त्यसयता दुवै पक्षले एक अर्कालाई युद्ध विरामको उल्लङ्घन गरेको आरोप लगाउँदै आएका छन्।

बेरुतको दक्षिणी नगर छोड्दा ट्राफिक जाम

सामाजिक सञ्जालका भिडिओमा बेरुतको दक्षिणी उपनगरमा धुवाँको मुस्लो निस्किरहेको देखिन्छ।

एअरपोर्टको बाटो र उत्तरतिर जाने मुख्य राजमार्गहरूमा सवारी साधनको लामो जाम देखिन्छ।

विस्फोटको आवाजलाई सवारी साधनको हर्नको आवाजले प्रतिस्थापन गरेको छ।

खामेनेई को थिए, उनको अनुपस्थितिमा अहिले इरानको सत्ता कसले चलाउने छन्?

आँखाबाट आँसु निकाल्दै इरानी टीभी प्रस्तोताले यसरी गरे खामेनेईको मृत्यु भएको घोषणा

अन्य तस्बिरहरूमा पनि विमानस्थलतर्फ जाने मुख्य सडकमा प्रभाव देखिन्छ।

फुटेका सिसाहरूसहित क्षतिग्रस्त कारहरूको लाइन सडकमा छ तर यो क्षतिको आकार स्पष्ट छैन।

'ब्रिटेनको आधारमा सन्दिग्ध ड्रोन आक्रमणको जबाफ'

साइप्रसस्थित ब्रिटिश रोयल एअर फोर्स (आरएएफ) को आधार स्थलमा आइवार राति 'शङ्कास्पद ड्रोन आक्रमण' गरिएको ब्रिटेनको रक्षा मन्त्रालयले जनाएको छ।

आफ्नो सुरक्षा फौजले स्थानीय समयअनुसार मध्यरातमा साइप्रसको आरएएफ अक्रोटिरीमा भएको आक्रमणको जबाफ दिइरहेको रक्षा मन्त्रालयको बताएको छ।

इरान हमला: अमेरिका र इजरेलको 'रोजाइको युद्ध'

'कडा प्रतिक्रिया जनाउने' इरानको चेतावनीका माझ कतारको दोहा अनि अन्य स्थानमा विस्फोटनको आवाज

बीबीसीले सन्दिग्ध आक्रमणमा कुनै मानवीय क्षति नभएको थाहा पाएको छ।

मन्त्रालयले भनेको छ, "यस क्षेत्रमा हाम्रो फौजको सुरक्षा उच्च स्तरको छ र उक्त आधारले हाम्रा जनताको सुरक्षाको लागि प्रतिक्रिया जनाएको छ।"

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.