महिलामय निर्वाचन स्थल: अधिकृतदेखि सहायकसम्म सबै महिला

महिलामय निर्वाचन स्थल: अधिकृतदेखि सहायकसम्म सबै महिला

bbc.com . २ घण्टा अघि

जिल्ला सरकारी वकिलको कार्यालय दोलखाकी जिल्ला न्यायाधिवक्ता राधिका सुवाल भक्तपुर–२ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतका रूपमा खटाइएकी छन्।

कुल मतदाता सङ्ख्या ९८ हजार ३२६ रहेको भक्तपुर क्षेत्र नम्बर २ मा ३९ वटा मतदान स्थलमा ११४ वटा मतदान केन्द्र छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि भक्तपुरको क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको जिम्मेवारी सम्हालिरहेकी सुवालले मध्यपुर थिमी नगरपालिका वडा नं ९ स्थित कृषि विकास ब्याङ्कको तालिम केन्द्रमा रहेको मतदान स्थल अन्तर्गत रहेका ४ वटै मतदान केन्द्रमा मतदान अधिकृतदेखि कार्यालय सहयोगी र स्वयंसेवकसमेत सबै महिला चयन गरेको बताएकी छन्।

नेपाल निर्वाचन २०८२: मतदान कसरी गर्ने

प्रतिनिधिसभा पुग्न प्रत्यक्ष प्रतिस्पर्धामा रहेका उम्मेदवारबारे हामीलाई जे थाहा छ

सुरक्षाकर्मी पनि महिला नै रहने उनले खुलाइन्। जनपथ प्रहरीबाट २६ जनाको टोली उक्त निर्वाचन क्षेत्रको लागि छुट्याइएकोमा सबै महिला नै छन्।

सब इन्स्पेक्टर भवानी केसीले सो टोलीको नेतृत्व गर्ने बताइएको छ। सशस्त्र प्रहरीको टोलीलाई पनि महिला कमान्डरले नै नेतृत्व गर्ने निर्वाचन अधिकृत सुवालले बताइन्।

"मैले एउटा मतदान स्थल अन्तरगतका सम्पूर्ण मतदान केन्द्रहरू नै महिलामय बनाउन खोजेकी हुँ। यो स्थलमा ४ वटा मतदान केन्द्रहरू छन्। हरेक केन्द्रमा मतदान अधिकृत महिला छन्। सहायक मतदान अधिकृत पनि महिला नै हुन्। त्यस्तै प्रत्येक केन्द्रमा ३ जना सहायक कर्मचारी पनि महिला नै हुन्। कार्यालय सहयोगीको भूमिकामा महिला नै छन्। यो नमुना निर्वाचन स्थल बन्ने छ।"

चार मतदान केन्द्रहरूमध्ये 'क' केन्द्रको मतदान अधिकृतमा शिक्षक सेवा आयोगकी उपसचिव तारा पाण्डे तिवारी, 'ख' केन्द्रमा भक्तपुर जिल्ला अदालतकी शाखा अधिकृत सङ्गीता शेर्पा, 'ग' केन्द्रमा शैक्षिक गुणस्तर प्रशिक्षण केन्द्रकी शाखा अधिकृत निशा वली र 'घ' केन्द्रमा राष्ट्रिय कला सङ्ग्रहालयकी शाखा अधिकृत यमुना महर्जन गरी सबै केन्द्रहरूमा महिलाले नै नेतृत्व गरिरहेको बताइएको छ।

"४ जना मतदान अधिकृतहरू नियमित सम्पर्कमा हुनुहुन्छ। उहाँहरूले निष्पक्ष रूपमा सर्वदलीय बैठक पनि सम्पन्न गरिसक्नु भएको छ। अहिलेसम्म उहाँहरूको काम कर्तव्यबारे कुनै गुनासो आएको छैन।"

नेपालमा 'शक्ति सन्तुलन फेरिन सक्ने' भारतीय आकलन, दिल्लीको नेपालनीति के होला

भोट दिन जाँदा मतदाताले के गर्न पाउँछन्, के गर्न पाउँदैनन्

यस्तो अभ्यासले महिलाहरूलाई आफ्नो क्षमता अभिवृद्धिमा बलियो टेवा पुग्ने उनको विश्वास छ।

यस्तो अभ्यास यस अघिका निर्वाचनहरूमा पनि भएको निर्वाचन आयोगकी सहायक प्रवक्ता सीता पुन बताउँछिन्।

विगतको स्थानीय निर्वाचन जुन उनको शब्दमा 'जटिल' थियो त्यसमा पनि कतिपय स्थानमा महिलाहरूले आफ्नो होसियारी र क्षमता प्रदर्शन गरिसकेको उनी सम्झन्छिन्।

चुनावमा हुन सक्ने धाँधली रोक्न निर्वाचन आयोगले के गर्दै छ?

'चार मतदाताका लागि २० कर्मचारी': दुर्गम ठाउँमा यस्तो छ चुनावी तयारी

फागुन २१ मा हुने निर्वाचनका लागि पनि कतिपय मतदान स्थल वा केन्द्रहरूको व्यवस्थापन र सञ्चालनको बागडोर महिलाले नै लिएको अप्रत्यक्ष जानकारी प्राप्त भएको उनले बताइन्।

"मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउने निर्वाचन आयोगले हो। यसरी खटाइएका निर्वाचन अधिकृतले निर्वाचन आयोगले तोके बमोजिमको सङ्ख्यामा सहायक निर्वाचन अधिकृत र अन्य कर्मचारी नियुक्त गर्न सक्ने छ।"

महिलाहरूको क्षमतामाथि शङ्का गर्ने परिपाटीको अन्त्य हुन पर्ने सुवाल बताउँछिन्।

आफूले यस्तो संवेदनशील समयमा संवेदनशील कार्यको लागि महिलाहरूलाई विश्वास गरेको उनी बताउँछिन्।

उनीहरूले गर्न सक्छन् भन्ने कुरा विगतका निर्वाचनहरूबाट प्रमाणित भइसकेको उनको ठम्याइ छ।

३९ मतदान स्थलमा ११४ मतदान केन्द्रमध्ये ४० वटा केन्द्रमा महिला मतदान अधिकृत छन् भने सहायक मतदान अधिकृतको सङ्ख्या ६४ रहेको भक्तपुर क्षेत्र नम्बर २ की निर्वाचन अधिकृत सुवालले बताइन्।

देशभरि मतदानको 'तयारी पूरा', प्रधानमन्त्री कार्कीले बोलाइन् सुरक्षा परिषद्को बैठक

प्रत्येक मतदानकेन्द्रमा प्रयोग हुने छन् ५१ वटा निर्वाचन सामग्री

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.