यूकेका पूर्वराजकुमार एन्ड्रू सार्वजनिक पदमा रहँदा 'अनुचित व्यवहार' गरेको आशङ्कामा 'पक्राउ'
यूकेका राजा चार्ल्सका भाइ एन्ड्रू माउन्टब्याटन विन्ड्जर सार्वजनिक पदमा रहँदा 'अनुचित व्यवहार' गरेको आशङ्कामा 'पक्राउ' परेको बीबीसीले बुझेको छ।
केही दिनअघि थेम्स भ्याली प्रहरीले पूर्वराजकुमार एन्ड्रूले यौनअपराधी जेफ्री एप्स्टीनसँग केही गोप्य कागजातहरू सङ्कलन गरेको उजुरीबारे अनुसन्धान सुरु गरेको बताएको थियो।
आजै ६६ वर्ष पूरा गरेका एन्ड्रूले बारम्बार त्यस्ता आरोप अस्वीकार गर्दै आएका छन्।
प्रहरीको वक्तव्य
"अनुसन्धानका सिलसिलामा हामीले आज नोर्फोकबाट ६० देखि ७० वर्ष उमेरका एक पुरुषलाई सार्वजनिक पदमा रहँदा अनुचित व्यवहार गरेको आशङ्कामा पक्राउ गरेका छौँ," प्रहरीले भनेको छ, "उनी अहिले प्रहरी हिरासतमा छन्।"
राष्ट्रिय निर्देशिकाबमोजिम पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक नगर्ने भन्दै प्रहरीले अदालतको अवहेलना हुने गरी कुनै सामग्री प्रकाशन नगर्न समेत सचेत गराएको छ।
उपयुक्त समयमा आफूले यस विषयमा थप विवरण उपलब्ध गराउने प्रहरीको भनाइ छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
Liked by: