कांग्रेस सभापति गगन थापाको राजीनामा, अबको प्रक्रिया के?

कांग्रेस सभापति गगन थापाको राजीनामा, अबको प्रक्रिया के?

bbc.com . १ घण्टा अघि

नेपाली कांग्रेसका सभापति गगन थापाले बुधवार पार्टी उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएको कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले पुष्टि गरेका छन्।

"सभापतिको राजीनामा पत्र नेपाली कांग्रेस केन्द्रीय समितिमा आएको छ। राजीनामालाई स्वीकार गर्ने कि अस्वीकार भन्ने विषय अब केन्द्रीय समितिको अधिकार क्षेत्रभित्र आएको छ," रसाइलीले बीबीसीसँग भने।

गत पुस अन्तिम साता आयोजित विशेष महाधिवेशनले गगन थापालाई सभापति बनाएको थियो। लगत्तै टिकट वितरण र चुनावमा होमिएका थापा सर्लाही-४ मा उम्मेदवार बनेका थिए।

जसमा निर्वाचनमा पराजित भएसँगै थापा राजीनामा दिने मनस्थितिमा रहेका खबर सार्वजनिक भएका थिए।

आमचुनावमा कांग्रेसले बेहोरेको नराम्रो हारको नैतिक जिम्मेवारी उनले लिनुपर्ने कांग्रेसभित्र र बाहिरका कैयौँ मानिसको मत रहेको पाइन्छ।

उनका पार्टीका नेता कार्यकर्ताले थापाले राजीनामा दिनुपर्ने र नपर्नेमा सामाजिक सञ्जालमा विविध तर्क प्रस्तुत गर्दै आएका थिए। त्यसबारे सर्वसाधारण तथा विज्ञहरूको मत पनि विभाजित थियो।

कांग्रेसभित्रै कतिपयले पार्टी कमजोर देखिनुमा "एक जनाले मात्र जिम्मेवारी लिन आवश्यक नहुने" बताउँदै आएका छन्।

उनको नेतृत्वमा चुनावमा गएको कांग्रेस समेत पहिलो बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग ठूलो सीट अन्तरसँगै दोस्रो बन्न पुगेको छ।

कांग्रेस महामन्त्री भन्छन्,'गगन थापाको राजीनामाको विषय केन्द्रीय समितिले टुङ्ग्याउँछ'

विशेष महाधिवेशनबाट गगन थापा चुनिए सभापति

अघिल्लो चुनावमा सबैभन्दा ठूलो पार्टी बनेको कांग्रेसको यतिखेर प्रतिनिधिसभामा रास्वपासँगको अन्तर १४४ सीटको बनेको छ।

अघिल्लो चुनावका तुलनामा पुराना मुख्य दलहरू निकै कमजोर बनेको यस चुनावपछि नेतृत्व छाड्न लागेका थापा पहिलो पार्टी प्रमुख हुन्।

केन्द्रीय समितिको अधिकार

पार्टी प्रवक्ता देवराज चालिसेले भने औपचारिक रूपमा आफूले शुक्रवार बस्ने पार्टी केन्द्रीय समितिको बैठकमा औपचारिक एजेन्डाका रूपमा प्रवेश पाएपछि मात्र आफूले त्यसबारे प्रस्ट भन्न सक्ने बताए।

"पार्टी विधान अनुसार सभापतिले राजीनामा गर्नुपर्ने अवस्था आएमा उपसभापतिलाई बुझाउने र त्यसलाई केन्द्रीय कार्यसमितिले स्वीकृत/अस्वीकृत गर्ने भन्ने छ," प्रवक्ता चालिसेले बीबीसीसँग भने।

"दर्ताको रूपमा राजीनामा आएको मलाई थाहा छैन। व्यक्तिगत रूपमा उपसभापतिलाई बुझाउनु भएको भए शुक्रवारको केन्द्रीय समिति वैठकमा ‍औपचारिक रूपमा प्रवेश पाउँछ।"

नयाँ संसद्‌मा 'सङ्कुचित' विपक्षीका भूमिकाबारे उठेका प्रश्नहरू

एमालेको नराम्रो हारपछि अब ओली नेतृत्वमै बस्लान् कि उनको राजीनामा आउला?

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले समेत आफूलाई यसबारे कुनै औपचारिक वा अनौपचारिक जानकारी नआएको बताए।

"बुधवार दिउसो मात्रै सभापतिज्यूसँग केन्द्रीय समिति बैठकको तयारीबारे लामो कुराकानी भएको हो। तर त्यसबेला र त्यसयता मलाई राजीनामाबारे कुनै जानकारी छैन।"

कांग्रेसको त्यो विशेष महाधिवेशन र यो 'विशेष महाधिवेशन', समानता र भिन्नता

इजरेलबारे बीपी कोइरालाको त्यो निर्णय जसले नेपाल ‘साँच्चिकै स्वतन्त्र’ रहेको सन्देश दियो

प्रक्रिया

केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उप–सभापतिमार्फत् केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ।

केन्द्रीय कार्यसमितिले उक्त राजीनामा स्वीकृत गरेमा उप–सभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने पार्टी विधानमा उल्लेख छ।

विशेष महाधिवेशनलाई लिएर नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले गगन थापा पक्षलाई आधिकारिकता प्रदान गरेको थियो।

उक्त निर्णयविरुद्ध शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत पुगेकामा त्यसको टुङ्गो हुन समेत बाँकी रहँदा थापाको राजीनामा आएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Comment
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.