दिब्यदेब बने "रुदाने"-फर्स्ट लुक पोष्टर | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

दिब्यदेब बने "रुदाने"-फर्स्ट लुक पोष्टर





दार्शनिक तथा राजनीतिज्ञ रुपचन्द्र विष्टको १८ औ स्मृति दिवसको दिन बुधवार रुपचन्द्र विष्टको जीवनीमा आधारित चलचित्र रुदाने :विद्रोहको नेपाली नामको फष्ट लुक सार्वजनिक गरिएको छ । चलचित्रको आकर्षक पोष्टर भने आनन्द महर्जनले बनाएका हुन् । चलचित्रमा रुपचन्द्र विष्टको सिङगो जीवन र थाहा दर्शनका विविध पाटाहरु समेटिएका छन् । रुदाने अमित किसोर सुवेदि र विकास ढकालले संयुक्त लेखन तथा निर्देशन गरेका हुन् । दावनल क्रियसनले थाहा यात्रा सँगको सहकार्यमा निर्माण गरेको चलचित्रका निमार्ता जागृत रायमाझि रहेका छन् । 

यो पनि हेर्नुहोस् : 'विश्व सङ्गीत दिवस' विशेष सङ्गीत समर्पण

चलचित्रमा मुख्य चरित्र रुपचन्द्र विष्टको भूमिकामा दिब्यदेबले अभिनय गरेका छन् । त्यसै गरि चलचित्रमा नम्रता श्रेष्ठ,रवि गिरि ,सुभाष गजुरेल,अमर सुवेदि लगायतका एक सय भन्दा बढि कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा वलिउडका सान्ता राओको छायाङकन , निमेष श्रेष्ठको सम्पादन र जेशन कुँवरको संगित रहेको छ । 

निर्देशक द्वयले चार वर्ष सम्म रुचपन्द्र विष्ट माथि गहिरो अध्ययन अनुसन्धान गरि रुदाने :विद्रोहको नेपाली नाम तयार पारेका हुन् । आज एक प्रेस विज्ञप्ति जारि गर्दै निमार्ण पक्षले चलचित्रको फष्ट लुक सार्वजनिक गरेको छ । रुदाने यसै वर्ष भित्र प्रर्दशनमा ल्याउने गरि अन्तिम चरणको सुटिङ भइरहेको निमार्ण पक्षले जनाएको छ ।

जीवनीमा आधारित चलचित्र कमै मात्र बन्ने नेपालमा आफू रुपचन्द्रको सिष्य भएको र धेरै हिसाबले रुपचन्द्रको जीवन सँग पनि जोडिएकाले यो फिल्म बनाउन तम्सिएको निमार्ता जागृत रायमाझिको भनाइ छ । फिल्म मार्फत पुरानो पुस्ताले बिर्सि सकेको र नयाँ पुस्ता माझ किंबदन्ति बनेको रुपचन्द्र विष्टको जीवन र थाहा दर्शनसँग सम्बन्धित अनेकौ पाटाहरु उजागर गर्ने प्रयास गरिएको निर्देशकहरुले बताए । आफू सधै सत्य बोल्ने र ठिक काम मात्र गर्ने रुपचन्द्रको जीवन सबैका लागी उत्प्रेरणाको स्रोत बन्न सकोस् भन्ने नै फिल्म निमार्णको मूल हेतु हो । 



मकवानपुरलाई आफ्नो कर्म भूमि बनाई नेपालमै मौलिक नेपाली दर्शन थाहा जन्माइ जनमुखि राजनीति मार्फत सम्पूृर्ण जीवन जनता जगाउने काममा समर्पित रुपचन्द्र विष्ट नेपालको इतिहासमा कहि कतै पनि दर्ज नभएको नाम हो । २०४०को दशकमा देशमा लोकप्रियताको शिखरमा रहेको रुपचन्द्रले प्रतिपादन गरेको थाहा दर्शन आज पनि उत्तिकै सान्दर्भिक छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.