एकादेशमा चलचित्र महोत्सवमा "रोएर होइन हाँसेर" | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

एकादेशमा चलचित्र महोत्सवमा "रोएर होइन हाँसेर"




आफ्ना श्रीमान बेपत्ता भएको दिन देखि अहिलेसम्म श्रीमानको खोजीमा गर्नु परेको संघर्षको कथामा आधारित "रोएर हैन हासेर"


निर्देशक सुजाता ढुंगानासंगको कुराकानी

द्वन्दकालमा बेपत्ता परेका नागरिकहरु, जो अहिले सम्म बेपत्ता छन्, उनीहरु कहाँ छन् सायदै कसैलाई थाहा होला र सरकारले पनि यो प्रश्न अनुत्तरित नै छाडेको छ । यस्तै त्यतिबेला एकजना बेपत्ता भएका नागरिकको श्रीमती रुबी श्रेष्ठको कथा लिएर निर्देशक सुजाता ढुंगानाले एउटा डकुमेन्ट्री निर्देशन गर्नुभयो ।

यो पनि हेर्नुहोस् : सुरु भयो "एकादेशमा २०७४"को तैयारी

कहिले रेडियो त कहिले एनजीओमा कार्यरत सुजाता, हुन त चलचित्र बनाउन यसअघी त्यति धेरै पारखी हैन, तर समाजमा भएको कुनै लुकेका कथामा चलचित्र मार्फत प्रकाश पार्न एउटा चलचित्रकर्मी नै हुनुपर्छ भन्ने पनि हैन, यहि कुराको उदाहरण दिदै सुजाताले थोरै धेरै ज्ञान बटुलेर निर्देशन गरेको चलचित्र "रोएर हैन हाँसेर" यसपटकको 'एकादेशमा अन्तराष्ट्रिय लघुचलचित्र महोत्सव'मा प्रदर्शनको लागि छनौट भएको छ । एकादेशमाको नारि केन्द्रित नारि शक्ति सेगमेंट अन्तर्गत प्रदर्शन हुने यो चलचित्रले रुबी श्रेष्ठले आफ्नो श्रीमान बेपत्ता भएपछी जीवनमा गरेको संघर्षको कथामा आधारित छ ।

"नेपालमा २०५२ साल देखि २०६३ मंसिर ५ सम्म सशस्त्र द्न्द भयो । अहिले द्वन्द्व सकिएको ११ वर्ष वित्यो तर झन्डै १५सय परिवार छन दोन्दकालका बेला बेपत्ता पारिएका आफ्ना आफन्त आज आउछन कि भोलि भनेर आस गरेर बसिरहेका छन । हामीले यस डकुमेन्ट्रीमा समाबेश गरिएको कथा तिनै एक प्रतिनिधि पात्र हुन्र रुवि जसले आफ्ना श्रीमान बेपत्ता भएको दिन देखि अहिलेसम्म श्रीमानको खोजीमा गर्नु परेको संघर्ष हामीले समेट्ने प्रयास गरेका छौ । तत्कालीन विद्रोही समूह माओबादि र तत्कालीन सरकार बिचको युद्द त सकियो तर अहिले पनि नेपाली महिला घरपरिवार समाज एक्लै लडाइँ लडिरहेका छन । त्यही एक्लो लडाइँको संघर्षको कथा हामीले समाबेश गर्न कोशिस गरेका छौँ ।"निर्देशक सुजाता ढुंगानाले हाम्रो पात्रोसंगको कुराकानीमा बताउनु भयो । "रोएर होइन हाँसेर"को बारेमा वृस्तत जानकारी पाउनको लागि यहाँहरुले हाम्रो पात्रोले निर्देशक सुजाता ढुंगानासंग गरेको कुराकानी हाम्रो अडियो सामग्रीमा सुन्न सक्नुहुनेछ ।

यो चलचित्र राजधानीको कुमारी सिनेमा हलमा १६ नोभेम्बर देखि १९ नोभेम्बरसम्म आयोजना हुन लागेको 'एकादेशमा अन्तराष्ट्रिय लघुचलचित्र महोत्सव'मा प्रदर्शन गरिने छ । "रोएर हैन हासेर"को सम्पूर्ण टिमलार्इ हाम्रो पात्रोको तर्फबाट शुभ कामना । यहाहरुलाई पनि समाजका सानो सानो कथाहरु बोकेका थुप्रै स्वदेशी तथा बिदेशी लघुचलचित्रहरु हेर्ने इच्छा छ भने 'एकादेशमा अन्तराष्ट्रिय लघुचलचित्र महोत्सव'मा आफ्नो सहभागिता अवश्य जनाउनु होला ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.