सुरु भयो "एकादेशमा २०७४"को तैयारी | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

सुरु भयो "एकादेशमा २०७४"को तैयारी





चलचित्र भन्ने बित्तिकै हामि सबैको आआफ्नो धारणा छ, कसैलाई चलचित्र मनोरञ्जनको साधनमात्र हो भने कसैलाई चलचित्र समाजको दर्पण हो, कसैलाई चलचित्र पेशा हो भने कसैलाई चलचित्र सपना, तर जसकालागि चलचित्र जे भएतापनि हरेक चलचित्र आफैमा एउटा कथा हो, कथाबिना चलचित्र हुँदैन अनि यो संसार कथाले भरिएको छ ।

यो पनि हेर्नुहोस् : "एकादेशमा" चौथौ संस्करणका बिजेता चलचित्रहरु

हामीसबैजना आ-आफ्नै प्रकार र प्रकृतीका कथावाचक हौ र यस्तै तपाइँ हामिसंग भएका कथालार्इ थुप्रै स्वदेशी तथा बिदेशी दर्शक सामु प्रस्तुत गर्ने एउटा माध्यम बनेर सुरु भएको छ 'एकादेशमा अन्तराष्ट्रिय लघुचलचित्र महोत्सव' को पाचौ संस्करण । यस अघिका चार संस्करणमा थुप्रै स्वदेशी तथा विदेशी चलचित्रहरु नेपाली दर्शक सामु प्रर्दशन गरिसकेको यो 'एकादेशमा'को यस पटक को लघु चलचित्रहरुमा भेटिने मुख्य बिषय भने "Let There Be Light" अर्थात त्यहाँ प्रकाश पार भन्ने रहेको छ । त्यसबाहेक Power, changing perspective र future of cinema गरि चलचित्रको बिषयबस्तुलार्इ चार किसिमले बर्गिकरण गरिएको छ । जसमध्य changing perspective र future of cinema यस अघिको बर्षमा पनि थिए भने नँया विधा "पावर" चाही नारिशक्ति केन्द्रित लघु चलचित्रहरुको लागि रहेको छ ।

यसवर्ष प्रदर्शन हुने लघु चलचित्रहरु :


लघु चलचित्रहरु धेरैजसो व्यवसायीक प्रयोजनले भन्दा समाजको सानो भन्दा सानो मुद्दा, समस्या, धारणा, घटना या परिघटनाको विषयमा बन्दछन् । सामान्यतया कथानक चलचित्रहरूभन्दा यी लघु चलचित्रहरु धेरै स्वतन्त्र र खुल्ला हुन्छन् । देश र बिदेशमा रहेका सम्पूर्ण इन्डीपेन्डेन्ट चलचित्रकर्मीहरुको लागी एकदेशमा लघुचलचित्र महोत्सव आफ्नो काम देखाउने माध्यम हो । स्वदेशी र अन्तराष्ट्रीय दर्शक र हस्तीहरुको सामु आफ्नो चलचित्र देखाएर उनिहरुबाट सल्लाह सुझाव पाउनु फिल्ममेकरले पछी गर्ने कामको लागी पनि प्रभावकारी हुने भएकाले पनि एकदेशमा चलचित्र महोत्सव महत्वपुर्ण छ ।  यस महोत्सवमा चार दिनसम्म विभिन्न स्वदेशी तथा विदेशी चलचित्रहरु प्रर्दशन गरिनेछ ।

त्यसबाहेक एकादेशमाले सधैझै यसपटक पनि ओपन डोर्स लोकार्नोसंग सहकार्य गरेर स्क्रिप्ट राइटिंगको कार्यशाला गर्ने भएको छ । यो कार्यशाला पनि यसपटकको एकादेशमाको मुख्य आकर्षण बन्नेछ ।

  
त्यसबाहेक यसपटक ज्युरी प्यानलमा मनिशा कोइरालाको उपस्थितिले यो महोत्सवको थप शोभा बढाउनेछ । तपाइँहरु पनि स्वदेशी तथा बिदेशी लघु चलचित्रहरु हेर्न तैयार हुनुहुन्छ हैन त ? यो लघु चलचित्र महोत्सव १६ देखि १९ नोभेम्बर सम्म कुमारी सिनेमा हलमा चल्नेछ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.