युट्युबमा रुचाइएका १० गीत, कुटुमा कुटु पहिलो | Hamro Patro

ब्लग - साहित्य / मनोरञ्जन

युट्युबमा रुचाइएका १० गीत, कुटुमा कुटु पहिलो




   मन्दिप गाैतम - Sep 11 2017

अहिलेको समयमा सङ्गीतप्रेमीहरुका लागि युट्युब, गीतका भिडियो हेर्न मात्र नभई सुन्नकै लागि पनि एउटा माध्यम बन्न पुगेको छ । अहिले कुन गीत सफल, कुन गीत असफल भनि ठम्याउन पनि युट्युबबाटै सजिलो रहने गरेको छ । करीब साढे दुइ बर्ष अघि युट्युबमा राखिएको चलचित्र “वडा न ६” को गीत “सुर्के थैली खै”ले लगभग एक वर्षभन्दा बढी समयपछी एउटा इतिहास बनायो, त्यो थियो नेपालको पहिलो गीत जसलाई युट्युबमै १ करोड भन्दा धेरैपटक हेरिएको थियो ।

यो पनि हेर्नुहोस् : चलचित्र "२ रुपैयाँ" समीक्षा

केहि समयपछी उक्त गीतले २ करोडको एतिहासिक आकडापनि पार गर्न सफल रह्यो । तर भनिन्छ नि रेकर्ड यसकारण बन्छन् ताकी ति तोडीउन् । "सुर्के थैली खै" पछी केहि उत्कृष्ट गीतहरुमा पनि १ करोडको आकडा पार गर्ने लहर चल्यो । यसै बर्ष रिलिज भएको 'लूट २"को गीत “ठमेल बजार” ले त झनै २ करोडकै आकडा पार गरेर “सुर्के थैली खै’लार्इ पछ्याउदै छ ।

हुन त नेपाली चलचित्र र नेपाली सङ्गीतले फड्को मारेको छ, कुनैबेला सङ्गीत दिक्दार हुन थालेको हाम्रो उद्योगमा अहिले एकपछी अर्को उत्कृष्ट गीतहरु आउँन थालेका छन् । यस्तै, एउटा उत्कृष्ट गीत बनेर आयो “कुटु मा कुटु" ।

चलचित्र “२ रुपैया”को यो गीत आज भन्दा लगभग ३ महिना अगाडी युट्युब मार्फत सार्वजनिक गरिएको थियो । सबै वर्गका दर्शक श्रोताले मन पराएको यो गीतले एउटा नँया किर्तिमान रच्यो । त्यो हो , यो गीत ३ महिना नपुग्दै युट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत बन्न सफल रह्यो ।

संयोग, सङ्गीतकार राजन राज सिवाकोटीकै रचना रहेको एक गीतले अर्को गीतलार्इ उछिनेको छ । तर जुन बेला “सुर्के थैली खै” ले यो रेकर्ड बनाएको थियो, त्यसबेलाको परिस्थिति छुट्टै थियो । अहिले थुप्रै यस्ता श्रोता दर्शक उदाएका छन् जसलाई त्यसबेला नेपाली सङ्गीतमै खासै रुची थिएन । हाम्रोपात्रो आज यहाँहरुमाझ युट्युबमा अहिले सम्म सर्वाधिक रुचाइएको गीत प्रस्तुत गर्दै राजन राज सिवाकोटी र “कुटु मा कुटु”का सम्पूर्ण टिमलार्इ बधाई ब्यक्त गर्दछ ।

१ . कुटु मा कुटु


२. सुर्के थैली खै


३. ठमेल बजार


४ . साइली


५ . पुर्व पश्चिम रेल


६. काले दाइ


७ . नाइँ मलाई थाहा छैन


८ . सिरैमा सिर्बंदी
  

९ . कम्मर माथि पटुकी


१०.भन्छु आज 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.