ब्लग - साहित्य / हाम्रो लेख

हो मेरो ब्यांकमा पैसा छैन्, के म खराब हुँ ?




   Suyog Dhakal - Nov 13 2017

मेरो दिमागमा केवल एउटा प्रश्न छ, आजका लागि । छन त अरु थुप्रै छ तर आज एउटा प्रश्नको चिरफार गर्न मन छ । म मात्र हैन हामीमध्य धेरैलाई यो प्रश्नले पिरोलेको छ, आउनुहोस् कुरा गरौं । मेरो पैसा, मेरो हात या ब्याकंको पैसा । एटीएम घोटेपछि या चेक साटेपछि निस्कने नोटहरु, यि पैसाहरुसंग किन म आँफै पनि भजिन्छु ? ब्याकंमा टन्न पैसा हुने सही अनि म जस्ता कम या थोरै पैसा हुनेहरु खराब ?

यो पनि हेर्नुहोस् : बिश्वमै प्रथम पटक रोवोटलाई नागरीक्ता दिने देश साउदी अरब

हो म त हरेक महिना नांगीन्छु , तलब आँउछ अनि घरको भाँडा र पसलको उधारो तिरेरै सकिन्छ । एक प्लेट मोमो खान १० पटक सोच्न पर्दछ, कहिलेकाँही खाई हाले भनेपनि दशवटा डल्लाहरुलाई दश पटक ओल्टाई पोल्टाई झोल थपेर सिनित्त पार्दछु । के म गलत भए ?

मसंग पर्याप्त ब्याकंमा सन्तुलन अर्थात ब्यालेन्स रहन पाँउदैन तसर्थ मलाई खराब भनिन्छ ।  तलब आएपछि साथीहरु पोखरा घुम्न जाने कुरा गरिरहँदा म २३ रुपैयाँको लुगाधुने साबुनले २३ पटक रगडेर मेरो दुई बर्ष पुरानो सर्टलाई धोइरहेको हुन्छु, आइरन लगाँउने ठाँउमा क्रिज बिग्रेर च्यातिन आँटेको छ । पोखरा जान नपाएर म प्लाष्टिकको भाँडोमा पानी हालेर पोखरी बनाएर लुगा धोइरहेको हुन्छु, शायद खराब भनेको यही हो ।

मेरो कोठाको परतिर छिमेकी परिवार अर्को कोठा लिएर बसेका छन्, ४ जनाको । बुवा सुरक्षा गार्डको काम गर्दछन् अनि आमा यता उता कोठाहरुमा लुगा धोइदिने र भाँडा मोलिदिने काम गर्दछिन् । मलाई नि भाई एक्लै हुनुहुन्छ भाँडा मोल्न अनि लुगा धुन परेमा भन्नुहोला भन्दै थिइन, मैले त्यो आँट्न सकिन । राती अबेर आएर खाली भाँडा ठटाउनु मेरो नियती जस्तो लाग्न थालिसक्यो तर सत्य कुरा के हो भने मैले चित्त बुझाउने यदि कोही छन भने यिनै परिवारलाई हेरेर बुझाउने गर्दछु ।

जिन्दगीमा यदि केही भए भने म यो परिवारलाई थोरै भए नि अवसर दिन्छु भन्ने मैले ठानेको छु । यस परिवारको १३ बर्षको कान्छो छोराले अहिलेसम्म पिज्जा खाएको छैन्, उसको मुखमा पिज्जा परेको छैन् । आमालाई डर छ, यदि छोराको मुखमा पिच्जाको टुक्रो परिगयो र भोली पिज्जा मनपरायोे भने कहाँबाट ल्याउने। पुराना भित्ताहरुले आवाज छान्न सक्दैनन्, छोरीलाई साथीहरुलेझैं लेहेगां लाउन मन परेको कुराले झगडा परिरहन्छ, अर्को दशैंको भाका हुन पर्छ शायद किनकि यसपाला दशैंमा सामान्य झलमले कुर्ता किनेर ल्याएको देखेको छु । शायद मध्यमवग परिवार भनेको यस्तै हो, न्यून मध्यम वर्ग भन्छन् क्यार ।

अब फेरि म प्रश्न सोध्छु, के तिनीहरु पनि म जस्तै खराब छन् ?  के पैसा नहुनु खराब हो ?

बिर गोर्खालीका गाँथाहरु १३ बर्षको भाईले पुस्तकमा पढ्ने गर्दछ, एउटा देशभक्ती कविताको पश्नोत्तर घोकिरहेको थियो बिहान । शौचालय जाने समयमा उनिहरुको ढोका खुल्लै भएर मैले सुने, मनमनै सोचे गोर्खालीको देश अनि विरताका गाँथाहरु त छन्, बग्रेल्ति छन् । तर यो सैनिक अनि बलले हामीलाई शत्रुबाट त जोगाउन सक्ला तर भोक अनि अभावबाट ति सैनिकहरुले हामीलाई जोगाउन सक्दैनन्, सिमा भित्र भएका सबैभन्दा ठूला शत्रुहरु नै भोक अनि अभाव हो । पछि म आफ्नै काममा लागे, भाई पनि पाठ घोकि सकेर स्कूल गयो शायद ।

थोरबहुत त अर्थशस्त्र मैले नि पढ्या छु, लगभग १ प्रतिशत भन्दा कम नेपालका सभ्रान्त जनसख्याँले ६० प्रतिशत भन्दा धेरै सम्पती र श्रोतमा स्वामीत्व राखेका छन् । मेरो सपना उनिहरुलाई टुटाउने त हैन तर न्यूनतम जिवनको प्रत्याभूति दिलाउन सके हुन्थ्यो भन्ने छ ।

घरमा दाईले तँ ठूलो कुरा गर्छस भनेर गाली गर्छ । उ सानो कुरा गरेरै होला गाँउमा पशुको डाक्टर भएको छ ।  अस्ती कुसुमी काकीको गाई ब्याउन नसक्दा हातै हालेर दाईले बाच्छो निकाल्न उक्ति लायो, मेरो दाईले कुरा सानै गरेपनि बिगौती र दुध भने प्रशस्त खान पाउने भयो, मैले सोचे । दशैंमा टीका लाँउदा पनि उसको हात गनाँयो कि भन्ने तर्कना थियो, हाहा । काममा सानो ठूलो हुन्न, दाईले गरेको काममा सम्मान गर्दछु ।

तर मलाई ठूलो गर्न छ, सानो कोठामा बस्छु अनि सानै तलब छ तर सपना ठूलै छ । पुरा पनि गरेरै छाड्छु तर कसैले पैसा नभएकै कारणले खराब भन्दा दुख्ख लाग्छ । यदि म खराब हो भने म जस्ता धेरै खराबहरु देशमा छन् ।  धनी मात्र सही हो भने यो देश गरिबहरुले भरिएको छ, बहुमतको कदर हुन्छ तसर्थ यो खराबहरुको देश हो ।

बसोवासको मुद्धाहरु, निशुल्क स्वास्थ अनि निशुल्क शिक्षा जस्ता मुद्धाहरु सदनमा बिवाद हुने बिषय बनेको छ, घिन लाग्छ मलाई । जनताको लागि चाहीने मुलभूत बिषयमा बिबाद गर्ने सदन अनि संसदमा म कसरी बिश्वास गरौं, मलाई त एकदिन सदननै उल्टाउन पनि मन लागेको छ ।

मेरा मुद्धाहरु लैजाने मान्छेहरु चाहीएको छ । छेउको भाईलाई डाक्टर बन्न मन छ, मैले नि जिस्क्याँउछु उसलाई डाक्टर भाई भनेर ।  तर फेरि मलाई थाहा छ, डाक्टरको सेतो कोट उसको आगंमा पर्न कत्ति अफ्ठेरो छ भनेर ?  यहाँ पैसा बोल्छ त्यसैले होला, पैसा नहुने हामी खराब भएका छौं । खाना कम अनि बाटाको धुलो धेरै ले हामी अघाएका छौं, मलाई त धुलो पनि सरकारको गरिब जनताका लागि ल्याएको निशुल्क भोजन जस्तो लाग्न थालिसक्यो ।

उपचार अभावमा धादिगंका एकजना तामागं दाईले प्राण त्यागे । रगत दिन जाँदा चिनजान भएको थियो, क्यान्सर पीडित उनीसंग केमो गर्ने पैसो थिएन् । त्यो दिन म मुर्दाघरसम्म लाश हेर्न गएँ, खराब मान्छेहरुको नियती शायद यस्तै हुन्छ यो देशमा । म पनि कुनै दिन त्यसै गरि उपचार नपाएर लड्छु भन्ने तर्कना आयो ।

पैसा नहुँदैमा खराब भइने रहेछ, म पनि खराब छु ।  मेरो सपना ठूलो छ, पुरा गरेरै छाड्छु । शुन्यबाट शुरु गरेको छु, गुमाउने कुरा केही छैन् । म पर्खिरहेको छु एक दिन, शायद गंगा उल्टो बग्नेछ अनि खराबहरुको कुरा सुनुवाई हुनेछ । मलाई किन किन खराब नै राम्रो लाग्न थालेको छ ।

सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम