तालिवान र अमेरिका बिचको तनाव | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

तालिवान र अमेरिका बिचको तनाव




ट्रम्पको थप सैनिक पठाउने निर्णय



केही हप्ता अगाडी अमेरिकी राष्ट्रपती ट्रम्पले अफगानीस्तानमा थप सैन्य दस्ता पठाउने निर्णय गरेका छन्। अलास्कामा अवस्थित अमेरिकी सैन्य दस्ता चौंथो ब्रिगेड कमब्याट टीमको २५औं ईन्फ्यान्ट्री डिभिजनले आफ्ना ४०० मध्य १००० कुशल योद्धाहरु अमेरिकी शानको रक्षार्थ तालिवानको प्रतिकारमा पठाउने भएको छ ।

यो पनि हेर्नुहोस् : म्यानमारका मुसलमानहरुका पीडा : रोनिगिया

सन् २००१ को सेप्टेम्बर ११ को आततायी घटना पछि अमेरिका र अफगानीस्तान र पाकिस्तानमा आधार बनाएर बसेका तालिवान बिद्रोहीहरु बिच दशकौं सम्म द्धन्द चलिरहेको छ । हजारौंले ज्यान गुमाएका छन्, लाखौं बम अनि बारुदका गोला बिष्फोट भएको छ भनें करौंडोको भविष्य यूद्धले अन्धकारमा धकेलेको छ ।

अब त यूद्ध सकियो भन्ने अभिब्यक्ति आउन खोज्दै गर्दा अमेरिकी राष्ट्रपतीको कदमले यूद्धलाई अर्को एक कदम दशक सम्म ठेलेर लिएर जाने पक्का देखिएको छ । उतापटि अमेरिकी सुरक्षा बिभागका प्रवक्ताले पेन्टागन मार्फत राष्ट्रपतीको कदम बमोजिम चल्न आफूहरु तयार नभएको पनि बताएका छन् ।

उता तालिवानी प्रवक्ता जबिउल्लाह मुजाहिदले भनें तालिवानलाई हराउन असंभव भएकाले अमेरिकी सैन्यदस्तालाई घर फर्किन धम्की पनि दिएका छन् । यसवर्षको मार्च महिनामा जारी गरिएको एउटा तठस्त प्रतिवेदन अनुसार २११ वता अफगानिस्तानका प्रशासनीक जिल्लाहरु तालिवानको नियन्त्रणमा रहेको छ ।

पूनः अर्को सरकारी प्रतिवेदन जारी गरियो जसलाई अफगानीस्तानको पूर्ननिर्माण समितीले गरेको अध्यननका आधारमा जारी गरिएको थियो । उक्त प्रतिवेदनका अनुसार पनि करिब १७१ जिल्लाहरु तालिवानको नियन्त्रणमा रहेको छ । अधिकांश जिल्लाहरु तालिवानको नियन्त्रणमा रहेकोमा गएको १६ बर्षदेखि अमेरिकी सैनिकको उपस्थिती र करिब ८४० बिलियन अमेरिकी डलरको यूद्ध खर्चको असर उत्ति प्रभावशाली देखिँदैन ।

तथापि केही कदसम्म ईस्लामीक कट्टरवादीहरुको ज्याजती अनि प्रजातान्त्रिक अभ्यास भनें अमेरिकाको
उपस्थितीले कायम गरेको धारणा पनि धेरै को छ । बिश्व समुदायको एउटा धारण भनें पक्का छ, शान्ति र अमन चैनको वकालत गर्नेहरुका लागि अमेरिका र तालिवानको यो यूद्धमा बारुदको गोला हैन शान्तिको परेवा उडाउने भावना रहेको छ । अफगानी जनताको धारणा भनें अमेरिकी पूर्व राष्ट्रपती ओवामा र छिमेकी राष्ट्र पाकिस्तान बिरोधी छ ।

अर्कोतर्फ ओसामा बिन लादेन मारिइसेको तथ्यका साथ अमेरिकाको अफगानीस्थानमा उपस्थितीलाई कसरी न्यायोचीत भन्ने कुरा पनि आफ्नो ठाँउमा छ । ज्ञानी केटाहरुका रुपमा अमेरिकी सैनिकलाई अफगानीस्तान र ईराकमा हतियार र बख्तरबन्द गाडी सहित पठाइएको छ, प्रजातन्त्र स्थापना, सबिंधान कार्यान्वयन अनि बिधीको शाषनका लागि भनेंर ।

पहिलेको अफगानीस्तान र अमेरिकी उपस्थिती पछिको अवस्थामा बैदेशीक लगानी, शिक्षाको स्तर, मानवीय बिकास सूचकाकं अनि केही हदसम्म राजनैतिक स्थिरता पनि आएको छ तर त्यसको स्थाहीत्वका लागि अमेरिका भन्दा पनि अफगानी जनता र बहुमतको कदर गरिन जरुरी छ । अमेरिकी सैन्य नितीले भनें अफगानी धर्तीमा अझै सैनिक दल बढाउन गरेको निर्णय कत्तिको अफगान मैत्री छ, बुझ्न जरुरी छ ।

बिश्व समुदायले १६ बर्ष देखि देखिरहेको अनि भोगीरहेको अमेरिकी र तालिवानी यूद्धमा साँढेगोरुको जुधाई बाख्राको मिचाईका रुपमा लाखौं करोडौं अफ्गानीले दुख्ख पाएका छन् ।
यूद्धको अन्त्य के होला ?
कहिले होला ?

शान्तिको देश नेपालवाट शान्तिको कामना ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.