लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, विभिन्न स्थान बाढीपहिरो र डुबानमा
DAILY DIGEST
६ साउन, २०७७-मंगलवार | July 21, 2020
६ साउन, २०७७-मंगलवार | July 21, 2020
लगातारको वर्षाले देशभरको जनजीवन प्रभावित, विभिन्न स्थान बाढीपहिरो र डुबानमा
केहि दिनयताको अविरल बर्षाले देशभरका विभिन्न स्थान बाढीपहिरो र डुबानमा परेका छन् । उपत्यका भित्र ललितपुरको टीकाथली, भक्तपुरको बालकोट र उपत्यका बाहिर वीरगंज–पथलैया औद्योगिक कोरिडोर, जाजरकोटको बारेकोट, झापा गाउँपालिका लगायत अन्य बिभिन्न क्षेत्र डुबानमा परेको छ भने पहिरोको कारण पृथ्वी राजमार्ग, हेटौंडा-कुलेखानी, सिद्धार्थ राजमार्ग लगायत देशभरका विभिन्न सडक खण्डहरु अवरुद्द भएका छन् । आइतबारदेखि देशभर लगातार वर्षा भइरहँदा जनधनको क्षति सहित देशभरको जनजीवन प्रभावित भएको छ । मौसम विज्ञान विभागले भने नेपालमा विहीबारसम्म यसरी नै वर्षा हुने अनुमान गरेको छ । यातायात व्यवसायी संघले आज साउन ८ गतेदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । नेपाल सरकारले असार २६ गतेदेखि नै सार्वजनिक यातायात सञ्चालन गर्न निर्देशन दिएता पनि अहिलेको समय उपयुक्त नभएको भन्दै यातायात व्यवसायी संघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको थियो ।
National
कुन कुन सडक अवरुद्ध ?
Ujyaalo Online
National
कन्काईको बाढीले बाँध फुट्यो, झापाका १०५ घर डुबानमा
Nepal Live
National
सार्वजनिक यातायात साउन ८ गतेदेखि सञ्चालन गर्ने व्यवसायीको निर्णय
News 24
National
दार्चुलामा सेनाले बनाउँदैछ छाङरु जाने बाटो, भारतको बाटो प्रयोग गर्ने बाध्यता हट्ने
देश सञ्चार
National
सुदूरपश्चिमका मन्त्रालय र प्रदेशसभा भवन अगाडि फेला परेका बम सेनाबाट डिस्पोज
Setopati
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service