छोटो दूरीको सार्वजनिक यातायात खोल्ने, सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित
Make Kundali | Buy Tickets | Live Video Call
छोटो दूरीको सार्वजनिक यातायात खोल्ने, सरिता गिरी समाजवादी पार्टीबाट निष्काशित
आज सरकारले जिल्ला भित्र र उपत्यकामा छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय गरेको छ । अर्थ /सञ्चार तथा सूचना तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले आज आवश्यक सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी सञ्चालनमा आउने जानकारी दिएका छन् । एता नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले यातायात खोल्ने सम्बन्धमा आफूलाई केहि थाहा नभएको भन्दै सरकारको निर्णय आउने बित्तिकै आज आकस्मिक बैठक बोलाएको थियो। सरकारको निर्णयबारे आफुहरुसँग कुनै छलफल नगरिएकोमा महासंघले असन्तुष्टि जनाएको छ । पार्टीको नीतिविपरीत काम गरेको भन्दै समाजवादी पार्टीले नेत्री सरिता गिरीलाई आज समाजवादी पार्टीले निष्काशित गरेको छ । सरिता गिरीले भने पार्टीको उक्त निर्णय विरुद्ध अदालतमा जाने फैसला गरेकी छिन् ।
पूरा पढनुहोस
प्रधानमन्त्री ओलीको समर्थनमा देशभर प्रदर्शन, विवाद मिलाउन ओली र प्रचण्डबीच दुई घण्टा छलफल
नेकपा भित्रको आन्तरिक विवाद चर्कीन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा देशभर प्रदर्शन हुन थालेको छ। आज उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन, लगनेखल क्षेत्र लगायत देशभरका अन्य विभिन्न स्थानहरुमा प्रदर्शन भएको हो । त्यसरी, भिडमा उबिएका प्रदर्शनकारीहरु कुनै पार्टीसँग सम्बन्धित नभई देशको राष्ट्रियताको पक्षमा रहेको बताउछन् । आज बालुवाटारमा सोहि विवादको टुङ्गो लगाउन ओली र प्रचण्डबीच दुई घण्टा “वान टु वान” छलफल भएको छ ।
पूरा पढनुहोस
हुलाकी राजमार्ग निर्माणमा भारतीय अवरोध
कञ्चनपुरदेखि पूर्व झापा जोड्ने राष्ट्रिय हुलाकी राजमार्ग निर्माणमा आज भारतीय पक्षले अवरोध गरेको छ । आज भारतीय सुरक्षाकर्मी, प्रशासनिक अधिकारी र सर्वसाधारणको टोली फिल्मी शैलीमा आएर निर्माण कार्य रोकेर गएका छन् । उक्त भूमि भारतमा पर्ने दाबी गर्दै भारतीयले सडक निर्माण कार्यमा अवरोध गरेको स्थानीयले बताए ।
पूरा पढनुहोस
नेकपा विवाद मिलाउन चिनियाँ राजदूत याङ्छीको सक्रियताको चर्चा, पाँच हप्तामा सबैभन्दा कम सङ्क्रमित आज
नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले हिजो साँझ माधवकुमार नेपालसँग गरेको भेटघाट पछि नेपालको राजनीतिक दलभित्र विदेशी हस्तक्षेप भएको भन्दै सामाजिक सञ्जालमा धेरैले यसको विरोध गरेका छन्। याङ्छीले यसअघिको नेकपा विवादमा पनि सक्रियता देखाएकी थिइन् । त्यसबाहेक, आज नेपालमा पछिल्लो पाँच हप्ता एता सबैभन्दा कम कोरोना सङ्क्रमित भेटिएका छन् । आज थपिएका १८० जना मध्ये उपत्यकामा मात्र ५४ जना कोरोना संक्रमित थपिएका हुन्। काठमाडौँको ढलमा कोरोना भाइरस देखिनु र पछिल्लो दिनहरुमा उपत्यका भित्र संक्रमित बढ्नुले काठमाडौँ उपत्यकालाई कोरोनाको उच्च जोखिममा भएको बुझ्न सकिन्छ । त्यस्तै, विदेशबाट नेपालीहरुको उद्दार गर्ने उडानमा सहभागी भएका नेपाल वायुसेवा निगमका तीन पाइलट सहित १४ जनालाई आज कोरोना संक्रमणको पुष्टि भएको छ ।
पूरा पढनुहोस
ओली र प्रचण्ड आ-आफ्नै अडानमा, नेकपाको टुङ्गो लागेन
आज नेकपाको विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाको अर्का अध्यक्ष प्रचण्डबीचको छलफल निष्कर्ष विहिन रहेको र दुवै पक्षका नेताहरु आ-आफ्नो अडानबाट पछि नहटेको कारण अब बैठक भोलिको लागि स्थगित भएको छ । त्यसबाहेक, आज डोटीमा गएको पहिरोमा च्यापिएर ६ महिने शिशुको ज्यान गएको छ । मृतक शिशुकी आमा भने उक्त पहिरोमा परेर घाइते भएकी छन् ।
पूरा पढनुहोस
पहिरोको उद्दारमा गएको सेनाको गाडी दुर्घटनामा, गोरखा र ललितपुरको खोकनामा प्रहरीद्वारा अश्रुग्यास प्रहार
गएराति बझाङको मल्लेसीमा पहिरोले १७ घर बगाएको छ भने यो रिपोर्ट तयार गर्दासम्म ६ जनाको शव फेला परेको र एकजना अझ बेपत्ता नै रहेका छन् । पहिरोमा पुरिएकाहरूको उद्धार गर्न गएको सेनाको गाडी नै आज दिउसो दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा परी तीनजना घाइते भएका थिए । त्यसबाहेक, आज गोरखामा ४४ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएपछि शव व्यवस्थापन गर्न खोज्दा स्थानीयले अवरोध गरेको कारण प्रहरीले अश्रुग्यास समेत प्रहार गर्नु परेको थियो। स्थानीयले १० घण्टासम्म शव व्यवस्थापन गर्न नदिने भनेर विरोध गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको हो। त्यसैगरी, आज ललितपुरको खोकना क्षेत्रमा किसान र प्रहरी बीच दोहोरो झडप हुँदा प्रहरीले त्यहाँपनि अश्रुग्यासको प्रयोग गर्नुपरेको थियो । सामूहिक रोपाइँ कार्यक्रमको लागि तयार खोकना बासिलाई प्रहरीले रोपाइँ गर्न रोकेपछि विकासका बाहानामा सरकारले पुर्ख्यौली थलो कब्जा गर्न खोजेको भन्दै त्यहाँका स्थानीयले विरोध गरेपछि झडप भएको हो। उक्त झडपमा केहि प्रहरी र स्थानीय घाइते भएका छन् भने यसअघि असार १५ गतेपनि यहि कारण त्यहाँ झडप भएको थियो।
पूरा पढनुहोस
विवाद मिलाउन बसेको ओली-प्रचण्डको बैठक सकारात्मक, मोदी लद्दाख पुगे
नेकपाको आन्तरिक विवाद मिलाउन बसेको ओली-प्रचण्डको आजको बैठक सकारात्मक ढंगमा टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको दुई अध्यक्षबीचको बैठकमा पार्टी एकताको मर्मअनुरुप अघि बढ्ने समझदारी भएको छ । त्यस्तै, भारत–चीन सीमा क्षेत्रमा भएको झडपपछि त्यहाँको अवस्थाबारे अध्ययन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयम् लद्दाख पुगेका छन् । मोदीले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढाउन उपस्थित भएको ठूलो खबर आजको चर्चाको विषय बन्यो। नेपालमा भने एकदिनमा अहिलेसम्मकै धेरै कोरोना संक्रमित आज थपिएका छन् । आजमात्र ७४० जना नयाँ संक्रमित थपिएका छन् भने ८२३ जना कोरोना जितेर घर फर्किएका छन् ।
पूरा पढनुहोस
नेपालमा ग्रेट वाल निर्माण हुँदै, ओली अनुपस्थित भएपछि बैठक स्थगित
पर्यटकीय स्थल हेलम्बुलाई लक्षित गर्दै नेपालको ग्रेट वाल निर्माण गरिने भएको छ। उक्त ग्रेट वाल ६० किलोमिटर लामो हुनेछ। हिमाल अवलोकनका साथै रेडपान्डा जस्तो बन्यजन्तु हेर्न पाइने यस ग्रेट वालको विशेषता हुनेछ । त्यसैगरी, बिहीबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मकाे लागि स्थगित भएको छ । राजिनामाको मागमा दवाव दिने शंखा लागेको भएर ओली अनुपस्थित भएको पार्टीका नेताहरुले टिप्पणी गरेका छन् ।
पूरा पढनुहोस
एकैदिन १ हजार ४६२ ले जिते कोरोना, सांसद ज्ञानकुमारी छन्त्यालको निधन
आजमात्र नेपालमा १४६२ जनाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म नेपालमा ४ हजार ६५६ जना कोरोनामुक्त भइसकेका छन् भने कुल संक्रमितको सङ्ख्या १४,०४६ पुगेको छ । त्यसैगरी आज नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ । मुटु सम्बन्धी समस्याले पीडित सांसद छन्त्यालको निधनको शोकमा बिहिवार नेपाली कांग्रेसको झण्डा आधा झुकाउने र कार्यालय बन्द राखिने नेपाली कांग्रेसले निर्णय गरेको छ।
पूरा पढनुहोस
प्रचण्डले मागे ओलीको राजिनामा
आज बालुवाटारमा बसेको पार्टीको स्थायी कमिटी बैठकमा नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष प्रधानमन्त्री के पी शर्मा ओलीको राजीनामा माग गरेका छन् । बैठकमा प्रचण्डले ओलीको “भारतले मलाई पदबाट हटाउन खोजेको” तर्कले पार्टीको प्रतिष्ठा गिरेको र आफूले नै ओलीको राजिनामा माग गरेको टिप्पणी समेत गरे ।
पूरा पढनुहोस
कोरोना र सलहको त्रासबीच रोपाइँको उत्साह, खोकनामा प्रहरीको अवरोध
आज राष्ट्रिय धान दिवसको विशेष अवसरमा देशका विभिन्न स्थानका किसान दाजुभाइ तथा दिदीबहिनीहरुले रोपाइँ गरेका छन् । यसवर्षको रोपाइँ कोरोना महामारी र सलह प्रकोपको कारण कतै थोरै चुनौतीपूर्ण रह्यो भने अर्कोतर्फ कोरोनाकै कारण गाउँ फर्किएका थुप्रै युवाहरु रोपाइँमा व्यस्त देखिए । ललितपुरको खोकनाका बासिन्दाहरुलाई भने प्रहरीले बिहानै धान रोप्न अवरोध गरेको थियो । फास्ट ट्र्याकको ‘जिरो किलोमिटर’ क्षेत्र पर्ने भएकाले रोपाइँ गर्न नदिंदा त्यहाँका स्थानीय र प्रहरी बीच घम्साघम्सी नै परेको थियो।
पूरा पढनुहोस
“मलाई प्रधानमन्त्री पदबाट हटाउन खोजियो”: प्रधानमन्त्री ओली
जननेता मदन भण्डारीको ६९ औं जन्मजयन्तीको अवसरमा आइतबार बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले नयाँ नक्सा जारी गरेको कारण भारतले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन खोजेको दाबी गरेका छन् । आफूलाई पदबाट हटाउन नेपालकै नेताहरू पनि लागेको उनले आज बताए । त्यसैगरी आज काठमाडौँ उपत्यकामा पनि सलह किरा देखिएको खबर आएको छ । कृषि तथा पशुपक्षी विज्ञहरु भने सलहले पार्न सक्ने प्रभाव र यसको रोकथामको रणनीति तयार पार्न आज बैठक बसेका छन् ।
पूरा पढनुहोस
नेपालमा भित्रियो सलह कीरा, माधव नेपालको कोरोना बुटी
आज प्रदेश २ को बारा र सर्लाही जिल्लामा सलह देखिएको ठूलो खबर आएको छ । नेपालमा सलह कीराको प्रभाव नपर्ने कृषि विज्ञहरुले दाबी गर्दै आएका थिए तर अहिले तराईका अधिकांश जिल्लामा सलह कीरा आइसकेको आशंका विज्ञहरु गर्दैछन् । वरिष्ठ नेता माधव नेपालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकमा कोरोना डिजिटल बुटी भन्दै सहभागी पार्टीका नेताहरुलाई 'लकेट' बाँडे । चीनबाट ल्याएको उक्त कार्डले थुप्रै समाचार बनाएपछि स्थायी कमिटीमा शीर्ष नेताहरुले कोरोना भगाउने बुटी फुकालेका छन्। तर, माधव नेपाल भने आजको बैठकमा पनि उक्त कार्ड लगाएर उपस्थित भएका थिए ।
पूरा पढनुहोस
परराष्ट्र मन्त्रालय: चीनसँग सीमा विवाद छैन, भारत वार्ताका लागि सकारात्मक छैन
आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सीमा विवाद समाधान गर्न भारत अहिलेसम्म वार्ताका लागि सकारात्मक नभएको बताएका छन् । त्यसैगरी, चीनसँगको सिमा विवादको बारेमा भने परराष्ट्र मन्त्रालयले हिजो मात्र विज्ञप्ति जारी गर्दै चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्टीकरण दिएको थियो । आज केन्द्रीय तथ्याङ्क विभागका अनुसार नेपालको जनसङ्ख्या तीन करोड नाघेको छ ।
पूरा पढनुहोस
कोरोना संक्रमितको शव वयवस्थापन गर्ने बेला झडप
कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जा एक पुरुषको शव व्यवस्थापन गर्ने बेलामा शव व्यवस्थापन गर्न नदिने भन्दै घाट नजिकै स्थानीयले टायर बालेर विरोध प्रदर्शन गर्दै अवरोध गरेपछि प्रहरी टोली र स्थानीयको झडप भएको छ।यो लगायत आजका अन्य विभिन्न घटनाहरु यहाँहरु माझ प्रस्तुत गर्दैछौं ।
पूरा पढनुहोस
तोकिएको समयमा एमसीसी पारित नहुने, नागकिरता विधेयकको विरोधमा जसपाद्वारा आन्दोलन घोषणा
एमसीसी (मिलेनियम च्यालेञ्ज कर्पोरेशन) परियोजनाको सम्झौता संसदबाट असार १६ गतेभित्र पारित हुने समझदारी भएता पनि अब यो मितिमा एमसीसी पारित नहुने भएको छ। प्रतिनिधि सभाको अर्को बैठक असार १७ गतेलाई तोकिएपछि १६ गते भित्र एमसीसी संसदबाट पारित नहुने देखिएको हो। आज काठमाडौं महानगरपालिकाले सडक तथा गल्लीलाई आधार बनाएर आनाका हिसाबले जग्गाको मूल्य कायम गरेको छ । नागरिकता विधयेकमा असन्तुष्टि जनाउदै जसपा नेपालले विरोधका कार्यक्रम घोषणा गरेको हो ।
पूरा पढनुहोस
शिक्षा मन्त्रालय भन्छ विद्यालय शुल्क नतिर्नु, भारतका रक्षामन्त्री किन निस्किए रुस भ्रमणमा ?
सरकारले विद्यार्थीसँग शुल्क नलिन निर्देशन जारी गरिसकेपनि निजी स्कूलहरूले विद्यार्थीसँग शुल्क असुल्न ताकेता गर्न थालेपछि शिक्षा मन्त्रालयले अहिले शुल्क ‘नतिर्नु’ भनेको छ । स्कूलहरूले असारबाट अनलाइन कक्षाको माध्यमबाट बिद्यार्थीहरुलाई पढाउन थालेका छन् भने बिद्यार्थी स्कुल गएर पढ्न पाउँने कहिले हो ? यो अझ अनिश्चित नै छ । सीमा क्षेत्रमा चीनसँग भारतको झडप भएको केही दिनमै भारतका रक्षामन्त्री रक्षा र रणनीतिक साझेदारीको लागि तिन दिने रुस भ्रमणमा निस्किएका छन्। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार नाघेको छ ।
पूरा पढनुहोस
कोरोना जित्ने पनि बढिरहेका छन्, सांसद दीपक मनाङेलाई अर्थ तथा विकास समितिमा असन्तुष्टि
दिनानुदिन बढ्दै गएको कोरोना भाइरस संक्रमितको ठूलो सङ्ख्या सुन्दा हामीमाझ त्रासको अवस्था बढ्दै गएको छ । तर, संक्रमितको सङ्ख्या सँगसँगै कोरोना जितेर स्वस्थ्य भइ घर फर्कने व्यक्तिहरुपनि उतिक्कै बढिरहेको खबरले आफ्नो मनोबललाई हामीले उच्च बनाउनुपर्ने छ । विश्वभर अहिलेसम्म ९० लाख नजिकै संक्रमितको सङ्ख्या पुगेको छ जसमध्ये लगभग ४५ लाख मानिसले कोरोना भाइरसलाई जितेका छन् । त्यसबाहेक सांसद दीपक मनाङेले अर्थ तथा विकास समितिबाट राजीनामा दिएको खबरमा आज देश विदेश बस्ने नेपालीहरुको व्यापक चासो बढेको छ ।
पूरा पढनुहोस
विभिन्न देशहरुबाट देखियो आजको सूर्यग्रहण, भारत-चीन युद्द रोक्ने प्रयासमा ट्रम्प
आज लागेको खण्डग्रास सूर्यग्रहणको विभिन्न देशहरुबाट देखिएको छ । काठमाडौँबाट भने बादल लागेर पानी परेको कारण ग्रहण अवलोकन गर्न केहि समयको लागि अवरोध भएको थियो। त्यसैगरी केहि दिन देखि चर्किरहेको भारत-चीन विवादलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्हाल्ने प्रयास गरिरहेको बताएका छन्। ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारसँगको कुराकानीमा भारत र चीनको विवाद सुल्झाउन अमेरिकाले दुवै देशसँग कुराकानी गरिरहेको बताएका छन् ।
पूरा पढनुहोस
७ वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता, भारत–चीन विवादबारे बोल्यो नेपाल
आज बसेको नेकपा सचिवालयको बैठकले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने निर्णय गरेको छ । नेकपाको यो निर्णय महिला र मधेश विरोधी भएको भन्दै प्रदेश २ मा विरोध समेत भयो। त्यसैगरी, भारत र चीन बीचको विवादमा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै दुई छिमेकी देशले यो समस्याको समाधान खोज्ने विश्वास व्यक्त गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार पानी खान दिएको सल्लाहलाई व्यंग्य गर्दै युवाहरुले आज शहिदगेट–सुन्धारा क्षेत्रमा जिउमा बेसार दलेर र सुतेर विरोध गरेको खबरपनि आज निक्कै चर्चामा रह्यो।
पूरा पढनुहोस
विदेशमा भएका नेपालीहरुको स्वदेश आउँने क्रम जारी, साउदीबाट आज १५३ जना आइपुगे काठमाडौं
कोरोना भाइरसको महामारीले गर्दा विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु घर फर्कने क्रम आज पनि जारी नै रह्यो । आज साउदीबाट १५३ जना नेपाली काठमाडौं आइपुगेका छन् । एकतर्फ विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरु नेपाल फर्कदैछन् भने अर्कोतर्फ चीन-भारत बीच तनाव बढ्न थालेपछि भारतले गोर्खा रेजिमेन्टका सैनिकलाई तत्काल बोलाएका कारण नेपाली सैनिक लर्को लागेर पल्टन जान थालेका छन्।
पूरा पढनुहोस
प्रधानमन्त्री ओली भन्छन् "फाल्गुणमा कोरोना सम्भवतः नियन्त्रण हुन्छ"
आफ्नो बोल्ने शैलीको कारण सधैँ चर्चामा रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै ‘फागुनको महिना सम्भवत: कोरोना नियन्त्रणको महिना हुन्छ’ भनेर आँकलन गर्नुभयो। त्यस्तै उहाले अमेरिकी सहयोग नियोगकाे मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) को विरोध नपढेकाहरुले मात्र गरेको टिप्पणी समेत गर्नुभयो। नेपालमा कोरोनाको ग्राफ भने दिन प्रतिदिन बढ्दै गरेको अवस्था छ, आज मात्र काठमाडौँ उपत्यकामा ६ जना सहित देशभर ६७१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ।
पूरा पढनुहोस
सुरक्षित रहनुहोस् : आज मात्र ५८६ जना कोरोना संक्रमित, प्रदेश २ मा मात्र ३४८ जना
आज नेपालमा एकैदिन सबैभन्दा बढी ५८६ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको छ जसमध्ये प्रदेश २ मा मात्र ३४८ जना संक्रमित देखिएका छन् । त्यसबाहेक, कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग गर्ने भनिएको 'डेक्सामिथासोन स्टेरोयड' नेपालमा पनि सहज र सुलभ रूपमा उपलब्ध भएको खबरले आज निक्कै चर्चा बटुलेको छ ।
पूरा पढनुहोस
सागर थापा लागायत ६ जनाले सर्वोच्चबाट पाए न्याय, सरिता गिरीले भारत प्रवेश गर्न पाइनन्
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान सागर थापा लगायतका ६ जनाले म्याच फिक्सिङ आरोपमा सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । २०७२ सालमा खेलाडीहरुलाई म्याच फिक्सिङको आरोप लागेको दिनले खेलप्रेमीहरुलाई निक्कै दुखित बनाएको थियो। त्यसबाहेक आज जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरी भारत जान लाग्दा सिराहा प्रहरीले सीमामा रोकेको छ। भारतको लद्दाखमा भारतीय र चिनिया सेनाबीच सोमबार राति भएको भिडन्तमा भारतीय सैनिकहरूले सीमा रेखा नाघेर चिनियाँ सेनामाथि आक्रमण गरेको चिनले दावी गरेको छ ।
पूरा पढनुहोस
आज सातै प्रदेशआर्थिक वर्षको बजेट विनियोजन गरेको छ
आज सातै प्रदेशले आर्थिक वर्षको बजेट विनियोजन गरेको छ, जसमध्ये कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको रु ३३ अर्ब ७४ करोड बजेट मध्ये कोरोना केन्द्रित कार्यक्रमको लागि १ अर्ब ५० करोड रुपैयाँको कोष परिचालन गर्ने खबरले आज सबैलाई आकर्षित गरेको छ। आज मात्रै नेपालमा थप ४५१ जना कोरोना संक्रमित थपिएका छन् । त्यसबाहेक, रुकुम हत्याकाण्डमा जनप्रतिनिधीनै योजनाकार भएको अप्रत्याशित खबरले सबैलाई दुखित बनाएको छ ।
पूरा पढनुहोस
आज थप ४२५ जनामा कोरोना भाइरस, एमसीसीबारे नेकपा सचिवालय बैठक स्थगित
आज एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको नेकपा सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ । त्यसबाहेक आज सरकारले तोकेको लकडाउनको औपचारिक अन्तिम दिन ४२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि र थप एकको निधन भएको छ । शनिबार साँझ पहिरोमा पुरिएका दुई परिवारका आठ शव भेटिएको छ तर एकजना अझै बेपत्ता भएको खबरले सबैलाई दुखी बनाएको छ भने हिन्दी चलचित्र अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेको खबरले पनि आज सम्पूर्ण चलचित्रप्रेमीहरुलाई निरास बनाएको छ ।
पूरा पढनुहोस
आज नयाँ नक्सा संसदबाट सर्वसम्मत पारित र सरकारद्वारा कोरोना खर्च विवरण सार्वजनिक
शनिवार लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास भएको छ। सांसद सरिता गिरीको संशोधन भने सभामुख अग्नि सापकोटाले अस्वीकृत गरेका छन् । काेराेना नियन्त्रणामा सरकार असफल भएकाे र भ्रष्टचार गरेकाे भन्दै युवाहरूले माइतीघर मण्डला आसपासको क्षेत्रमा प्रदर्शन गरेका छन् भने आज सरकारले अहिलेसम्म कोरोना रोकथाम, नियन्त्रण र उपचारमा तीनै तहमा गरी जम्मा ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैयाँ खर्च भएको विवरण समेत सार्वजनिक गरेको छ । नेपालमा आज मात्रै थप २७३ जना कोरोना संक्रमित भेटिएका छन् भने थप दुई जनाको मृत्यु भएको छ ।
पूरा पढनुहोस
लकडाउन खुकुलो भएकै दिन थपिए ४४८ संक्रमित
नेपालमा आज एकदिनमा नै ४४८ जना अर्थात् अहिलेसम्म कै धेरै कोरोना संक्रमित देखा परे भने आजैदेखि मोडालिटी परिवर्तन गरेर लकडाउन खुकुलो हुँदा राजधानीका सडकहरुमा धेरै समयपछि यतिको घुइचो देखियो। त्यसबाहेक, संविधान संशोधन विधेयक भोलि पारित गर्ने निर्णय समेत आज भएको छ। के छ त अन्य विशेष खबर आजको दिनको, यहाँ हेर्नुहोस् :
पूरा पढनुहोस
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.