विराटनगर फेरी लकडाउनमा, बालुवाटार अगाडिबाट ५२ प्रदर्शनकारी समातिए
DAILY DIGEST
१६ साउन, २०७७-शुक्रवार | July 31, 2020
१६ साउन, २०७७-शुक्रवार | July 31, 2020
विराटनगर फेरी लकडाउनमा, बालुवाटार अगाडिबाट ५२ प्रदर्शनकारी समातिए
ट्राभल हिस्ट्री नभएका थुप्रै व्यक्तिहरुमा कोरोना संक्रमण देखिएपछि विराटनगर महानगरपालिकाले शनिवारदेखि दुई साताको लागि विराटनगरमा लकडाउन लागू गरेको छ । समुदाय स्तरमा नै कोरोनाको जोखिम बढ्न थालेकोले श्रावण ७ गतेबाट खुलेको लकडाउन पुन कडाईका साथ लगाउनु परेको मेयर भिम पराजुलीले बताएका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकामा पनि कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि आएको छ। लकडाउन खुलेपनि अति आवश्यक कार्य भन्दा बाहेक घरबाट ननिस्किन स्वास्थ मन्त्रालयले सबैलाई बारम्बार अनुरोध गर्ने गरेको छ । कोरोना नियन्त्रणको लागि सरकारको भूमिका चित्त बुझ्दो नभएको भन्दै आज ‘इनफ इज इनफ’का अभियान्ताहरुले प्रधानमन्त्री निवास बालुवाटार अगाडी धर्ना दिंदा प्रहरीले उक्त प्रदर्शनमा हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ५२ जनालाई पक्राउ गरेको छ । त्यसरी पक्राउ पर्नेमा विवेकशील नेपालीकी नेतृ रञ्जु दर्शना समेत परेकी छिन्।
Health
विराटनगरमा शनिबारदेखि दुई साताका लागि फेरि लकडाउन
Setopati
National
बालुवाटार अगाडि ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, ५२ जना समातिए
RatoPati
Health
शुक्रबार उपत्यकामा ३८ कोरोना संक्रमित थपिए
स्वास्थ्यखबर
CURATED BY
Mandeep Gautam
Hamro Patro
Liked by
Liked by
0 /600 characters
< GO TO HOMEPAGE
© Hamro Patro 2021, All Rights Reserved | Privacy | Terms of Service