धनुषामा बोलेरो गाडी दुर्घटना हुँदा ११ दिने शिशुको मृत्यु
dekhapadhi.com · Sun Nov 06 10:35:00 GMT 2022
काठमाडौं। धनुषामा बोलेरो गाडी दुर्घटना हुँदा एक नवजात शिशुको घटनास्थलमै मृत्यु भएको छ। घटनामा ६ जना गम्भीर घाइते भएका छन्। मृत्यु भएका शिशु ११ दिनको मात्र रहेको जनाइएको छ। जनकपुरबाट ढल्केबरतर्फ जाँदै गरेको ना ३ च ३५७५ नम्बरको बोलेरो लक्ष्मीनियामा दुर्घटना भएको हो। बोलेरो आफैँ अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
Read full story at source (dekhapadhi.com)