नेपाल–चीन सीमा बैठक : सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा
shilapatra.com · Sun May 24 04:17:00 GMT 2026

नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित जिल्ला प्रशासन कार्यालयमा सम्पन्न भएको छ । बैठकमा नेपालीपक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले गरेका थिए भने चिनियाँपक्षको नेतृत्व चिनियाँ अधिकारी चु जिनसाउनले गरेका थिए ।
दुई देशका अधिकारीबीच शनिबार भएको छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको बताइएको छ ।
Read full story at source (shilapatra.com)