पिर्केढुंगाको काखमा गुञ्जियो कविता
nepalnews.com · Sun May 24 16:31:45 GMT 2026

काभ्रे। ‘काव्य-कम्पनी’ले काभ्रेको नालामाथिको पहाडी मनोरम स्थल पिर्के ढुङ्गामा राष्ट्रिय र स्थानीय कविहरूको सहभागितामा कविता-उत्सव सम्पन्न गरेको छ।
कार्यक्रममा १८ कविले कविता, मुक्तक तथा गजल सुनाएका थिए। कवि हरिहर तिमल्सिनाले ‘घर फिर्ने बाटो’, श्रीराम दाहालले ‘वैराग्य’, नवराज उत्साहीले केही गजलका शेर, रामसुन्दर देउजाले ‘खोयाको फिलिङ्गो’, केशव ज्ञवाली ‘आगत’ले ‘समतुल्य’, नवराज रायमाझीले ‘ट्रान्जिट’, शकुन्तला जोशीले ‘वरको बोट’, उपेन्द्र दाहालले ‘अनुभूति र धर्तीमाता’, दियेशरत्न शाक्यले ‘नालन्द’, हरिप्रसाद चौलागाईंले ‘जून उदाए’, रञ्जु दाहालले ‘आमा मरेको दिन’ शिव आर्यले ‘दोरदोर’, जुमन किरणले केही मुक्तक, प्रकाश दाहालले अभिनयसहितको कविता, दिनेश खरेलले ‘हराएको कवि’, विश्व सिग्देलले ‘जङ्गल गइरहेको मान्छेलाई’ तथा प्रोल्लास सिन्धुलीयले ‘शहरको वृद्धालय’ कविता सुनाएर कार्यक्रममा रौनक ल्याएका थिए।
Read full story at source (nepalnews.com)