युनाइटेड मेवाखोला हाइड्रोपावरको विद्युत परीक्षण उत्पादन सुरु
gorkhapatraonline.com · Fri Jun 05 14:43:50 GMT 2026

ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा निर्माण भएको युनाइटेड मेवाखोला हाइड्रोपावर लिमिटेडले विद्युत परीक्षण उत्पादन सुरु गरेको छ । उत्पादन भएकामध्ये जिल्लाकै दोश्रो ठुलो ५० मेगावट क्षमता भएको युनाइटेड मेवाखोलाले परीक्षण उत्पादनको कार्य सुरु गरेको हो ।
गत चैतमा नै परीक्षण उत्पादन सुरु गरिएपनि असफल भएपछि पुन मर्मत गरिएको हो । मर्मतपछि गत जेठ १३ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजनाका जनसम्पर्क अधिकृत आशलाल केदेम ९आशिष०ले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाबाट उत्पादित विद्युत मैवाखोला गाउँपालिकाको ढुङगेसाँघुमा रहेको सबस्टेसनबाट केन्द्रीय प्रसारण लाइनमा समाहित गरिएको छ ।
Read full story at source (gorkhapatraonline.com)