आइभोरी कोस्टलाई हराउँदै जर्मनी नकआउट चरणमा
kendrabindu.com · Sun Jun 21 00:25:24 GMT 2026
टोरन्टो । एक गोलले पछाडि परेको जर्मनीले उत्कृष्ट पुनरागमन गर्दै शनिबार विश्वकप फुटबल २०२६ मा आइभोरी कोस्टलाई २–१ गोलले पराजित गरेको छ । डेनिज उन्डवले इन्जुरी टाइममा गोल गरेपछि जर्मनीले विजय हात पारेको हो ।
क्यानडाको टोरन्टोमा समूह ‘ई’ को खेलमा आइभोरी कोस्टलाई पराजित गरेपछि जर्मनी नकआउट चरणमा प्रवेश गरेको छ । जर्मनीले पहिलो खेलमा कुरासाओलाई ७–१ ले पराजित गरेको थियो ।
Read full story at source (kendrabindu.com)