विज्ञहरू भन्छन्- बजेट कार्यान्वयन र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय आवश्यक छ
ajakoartha.com · Sun Jun 21 06:54:00 GMT 2026

काठमाडौं- नेपाल जन-प्रशासन सङ्घ (PAAN) द्वारा आयोजित PAAN Policy Dialogue अन्तर्गत “बजेट कार्यान्वयन र मौद्रिक नीति” विषयक उच्चस्तरीय नीति संवाद कार्यक्रममा सहभागी विज्ञ, पूर्व प्रशासक, अर्थविद् तथा निजी क्षेत्रका प्रतिनिधिहरूले बजेट कार्यान्वयन, आर्थिक सुधार र मौद्रिक नीतिबीच प्रभावकारी समन्वय कायम गर्दै आर्थिक गतिविधिलाई चलायमान बनाउनुपर्नेमा जोड दिएका छन्। कार्यक्रमको सूचना PAAN ले सार्वजनिक रूपमा जारी गरेको थियो।
ललितपुरको पुल्चोकस्थित संस्कार फाइन डाइनमा आयोजित कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा.प्रकाशकुमार श्रेष्ठले नेपालको अर्थतन्त्रमा पर्याप्त तरलता हुँदाहुँदै पनि निजी क्षेत्रतर्फ कर्जा विस्तार हुन नसकेको, आर्थिक वृद्धिदर अपेक्षाभन्दा कम रहेको तथा मौद्रिक नीतिको प्रसारण संयन्त्र प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको उल्लेख गरे । उनले उत्पादन, लगानी र रोजगारी अभिवृद्धिलाई केन्द्रमा राखी वित्तीय तथा मौद्रिक नीति सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
Read full story at source (ajakoartha.com)