माउण्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
aarthiknews.com

काठमाडौं । माउण्ट एभरेष्ट पावर डेभलपमेण्ट लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज (असार ८ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले असार ३ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख २७ हजार ६०० कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुला गरेको हो। पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार १७ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।
Read full story at source (aarthiknews.com)