विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे- हल्याण्ड -यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत
kalakarmi.com · Tue Jun 23 05:08:26 GMT 2026
काठमाडौं- जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् ।
मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २-० जितमा उनको दुई गोलले टोलीलाई समूह ‘बी’ मा शीर्ष स्थानमा पुर्याउँदै नकआउट चरणमा पुर्याएको छ । ३९ वर्ष नजिक पुगे पनि मेस्सी अझै पनि मैदानमा अर्जेन्टिनाको मुख्य शक्ति बनेका छन, जसले विपक्षी टोलीहरूलाई लगातार दवावमा राखिरहेको छ ।
Read full story at source (kalakarmi.com)