निस्दीमा कक्षा १२ उत्तीर्ण र २० वर्षपछि विवाह गर्ने महिलालाई सम्मान
gorkhapatraonline.com · Sun May 31 04:23:09 GMT 2026

पाल्पाको निस्दी गाउँपालिकाले कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि विवाह गर्ने महिलालाई नगदसहित सम्मान गरेको छ। बालविवाह अन्त्य गर्दै बालमैत्री स्थानीय शासन लागू गर्ने अभियानअन्तर्गत गाउँपालिकाले २७ जना महिलालाई सम्मान गरेको हो।
गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने, कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पूरा भएपछि एक वर्षभित्र विवाह गर्ने महिलालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो। आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा उनीहरूलाई ५ हजार रुपियाँ नगद, दोसल्ला र सम्मानपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।
Read full story at source (gorkhapatraonline.com)